प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 २/१ pp. २-४
  • आध्यात्मिकता र तपाईंको हित

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आध्यात्मिकता र तपाईंको हित
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्रत्यक्ष सम्बन्ध
  • तपाईंको विश्‍वास र अध्यात्मिक स्वास्थ्यलाई कायम राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०१९
  • आध्यात्मिकताको खोजीमा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • तपाईं आफ्नो आध्यात्मिक आवश्‍यकता कसरी पूरा गर्न सक्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 २/१ pp. २-४

आध्यात्मिकता र तपाईंको हित

तपाईं सम्भवतः आफ्नो समयको सबैभन्दा बढी अंश, आफ्नो शारीरिक स्वास्थ्यको ख्याल राख्न खर्च गर्नुहुन्छ होला। प्रत्येक दिन, तपाईं सुत्न लगभग आठ घण्टा अनि खाना पकाउन र खान केही घण्टा र गाँस तथा बासको प्रबन्धको लागि आठ वा त्योभन्दा बढी समय बिताउनुहुन्छ होला। बिरामी पर्नुभयो भने सम्भवतः तपाईं डाक्टरलाई जचाउन वा परम्परागत उपचार गर्न आफ्नो समय र पैसा खर्च गर्नुहुन्छ। तपाईं घर सफा गर्नुहुन्छ, नुहाउनुहुन्छ र नियमित रूपमा कसरत पनि गर्नुहुन्छ होला र यी सबै तपाईं आफ्नो सुस्वास्थ्यको लागि गर्नुहुन्छ।

तथापि, सुस्वास्थ्य कायम गर्न शारीरिक आवश्‍यकताहरू पूरा गर्नु मात्र पर्याप्त छैन। तपाईंको हितमा अर्को एउटा कुराले पनि गहन भूमिका खेल्छ। चिकित्सासम्बन्धी अनुसन्धानहरूले तपाईंको शारीरिक स्वास्थ्य र आध्यात्मिक स्वास्थ्यबीच नजिकको सम्बन्ध छ भनी देखाएको छ— आध्यात्मिकता हुनु र नहुनुले पनि फरक पार्छ।

प्रत्यक्ष सम्बन्ध

“यस विषयमा सबैभन्दा मौलिक अनुसन्धान लेखहरूले पनि आध्यात्मिकतामा वृद्धि र राम्रो स्वास्थ्यबीच प्रत्यक्ष सम्बन्ध भएको स्वीकारेको छ” भनी अस्ट्रेलियाको युनिभर्सिटी अफ मेल्बर्नका प्राध्यापक हेड्‌ले जि. पिच बताउँछन्‌। यी पत्ता लगाएका कुराहरूबारे द मेडिकल जर्नल अफ अस्ट्रेलिया (अंग्रेजी) यस्तो उल्लेख गर्छ: “धर्मपरायण हुँदा . . . कम रक्‍तचाप, कम कोलेस्टरोल . . . र पेटको क्यान्सरको खतरा समेत कम भएको पाइएको छ।”

त्यसै गरी, बर्क्लीस्थित युनिभर्सिटि अफ क्यालिफोर्नियाद्वारा २००२ मा संयुक्‍त राज्य अमेरिकामा ६,५४५ व्यक्‍तिहरूसित गरिएको अध्ययनबाट के पत्ता लाग्यो भने, “कहिलेकाहीं वा कहिल्यै धार्मिक सभाहरूमा नजाने मानिसहरूको तुलनामा हप्ताको एक चोटि धार्मिक सभाहरूमा उपस्थिति हुने मानिसहरूमा मृत्युको खतरा उल्लेखनीय दरमा कमी भएको देखियो।” यस अध्ययनका प्रमुख र युनिभर्सिटि अफ क्यालिफोर्निया बर्क्लीको स्कूल अफ पब्लिक हेल्थका उपप्राध्यापक डग ओमानले यस्तो भने: “हामीले सामाजिक सम्पर्क, धूम्रपान र कसरत गर्नेलगायत अन्य स्वास्थ्यसम्बन्धी बानीहरूलाई विचार गर्दा पनि यो भिन्‍नता पायौं।”

आध्यात्मिक मनोभाव भएकाहरूले जीवनमा अनुभव गर्ने अन्य फाइदाहरू पनि पत्ता लगाउँदै मेडिकल जर्नल अस्ट्रेलिया (अंग्रेजी) यसो भन्छ: “अस्ट्रेलियाली अध्ययनले धर्मपरायण व्यक्‍तिहरूमा वैवाहिक स्थायित्व बढी भएको, मद्यव्यसन र लागू पदार्थको दुर्व्यसनमा कमी, आत्महत्याको संख्यामा कमी र आत्महत्याप्रति नकारात्मक मनोवृत्ति कम भएको, चिन्ता र निराशा पनि कम अनि निःस्वार्थ भाव बढी पाइयो।” यसबाहेक, बि एम जे (अंग्रेजी) (पहिला द ब्रिटिश मेडिकल जर्नल भनी चिनिने) यस्तो रिपोर्ट गर्छ: “कुनै पनि आध्यात्मिक विश्‍वास नभएका मानिसहरूको तुलनामा बलियो आध्यात्मिक विश्‍वास भएका मानिसहरूले प्रियजनको मृत्यु हुँदा शोकका भावनाहरूसित चाँडै र पूर्णतया सामना गर्न सक्छन्‌।”

साँचो आध्यात्मिकता भनेको के हो भन्‍ने सन्दर्भमा थुप्रै विचारहरू छन्‌। यद्यपि, तपाईंको आध्यात्मिक अवस्थाले तपाईंको शारीरिक र मानसिक स्वास्थ्यमा प्रभाव पार्छ। यो कुरा येशू ख्रीष्टले झन्डै २,००० वर्षअघि भन्‍नुभएको कुरासँग मिल्दोजुल्दो छ। उहाँले भन्‍नुभयो: “धन्य आत्मामा दरिद्र हुनेहरू।” (मत्ती ५:३) तपाईंको स्वास्थ्य र आनन्दलाई तपाईंको आध्यात्मिक अवस्थाले प्रभाव पार्नेहुँदा यस्तो प्रश्‍न गर्नु मनासिब हुनेछ: ‘मैले भरपर्दो आध्यात्मिक डोऱ्‍याइ कहाँ पाउन सक्छु? अनि आध्यात्मिक व्यक्‍ति हुनुमा के समावेश छ?’

[पृष्ठ २-म भएका क्रेडिट लाइनहरू]

Photo Credits: Page 18: Mao Tse-tung and Golda Meir: Hulton/Archive by Getty Images; Francis Ferdinand: From the book The War of the Nations; Hirohito, Lindbergh, & Einstein: U.S. National Archives photo; Stalin: U.S. Army photo; Roosevelt: Franklin D. Roosevelt Library; Churchill: The Trustees of the Imperial War Museum (MH 26392)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने