प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ५/१ पृ. ३
  • दुःख प्रहार हुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दुःख प्रहार हुन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • मिल्दोजुल्दो सामग्री
  • एक्कासि समस्या आउँदा
    ब्यूँझनुहोस्‌!—२०१४
  • पुनरुत्थान एउटा महिमित प्रत्याशा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • परिचय
    ब्यूँझनुहोस्‌!—२०२०
  • “ईश्‍वर कहाँ हुनुहुन्थ्यो?”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ५/१ पृ. ३

दुःख प्रहार हुन्छ

साढे दुई वर्षको बालक ओवेन आफ्नो घरको बाथरूममा खेलिरहेको थियो। खेल्दाखेल्दै ऊ औषधी राख्ने दराजमा चढेछ, जुन दराजलाई उसका आमाबाबुले उसले भेट्टाउन नसक्ने ठाउँमा राखेका थिए। दराजमा भएका औषधीहरूमध्ये एउटा बोतलमा उसको आँखा पऱ्‍यो। उसले त्यो बोतल खोलेर बोतलभित्रको झोल पियो। नभन्दै दुःख प्रहार भयो।

त्यस बोतलमा घातक एसिड थियो र अफसोसको कुरा बालक ओवेनको मृत्यु भयो। उसका आमाबुबाको मुटु छियाछिया भयो। उसको बुबा पर्सीले आफू जाने गरेको चर्चबाट सान्त्वनाको आशा गरे। “यस्तो किन भयो?” भनी तिनले सोद्धा पादरीले यस्तो जवाफ दिए, “परमेश्‍वरलाई स्वर्गमा अर्को एउटा सानो स्वर्गदूत चाहियो।” घायल मन भएका शोकाकुल आमाबाबुलाई यो त सरासर अन्याय भएजस्तो लाग्यो। यस्तो दुःख आइपरोस्‌ भन्‍ने के परमेश्‍वर साँच्चै चाहनुहुन्थ्यो? अत्यन्त निराश पर्सीले अबदेखि चर्चसित संगतै नगर्ने निधो गरे।

जे भयो त्यस घटनालाई सोच्दा पर्सीको मनमा यस्तो कुरा खेलिरह्‍यो: ‘के मेरो सानो छोरोले दुःख पाइरहेको छ? के म उसलाई फेरि भेट्‌न पाउँछु?’

मरेपछि के हुन्छ र भविष्यमा आफ्ना मृतजनहरूसित फेरि भेट्‌न सम्भव हुनेछ कि छैन भन्‍ने विषयमा तपाईंको मनमा पनि प्रश्‍नहरू उठेका होलान्‌। परमेश्‍वरको वचन बाइबलले यी प्रश्‍नहरूको जवाफ दिन्छ। यस्तै दुःख अनुभव गरेका व्यक्‍तिहरूको लागि बाइबलमा स्पष्ट तथा सान्त्वनादायी जवाफ छ। योभन्दा पनि महत्त्वपूर्ण कुरा त, परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको महिमित प्रत्याशा अर्थात्‌ पुनरुत्थानबारे बाइबलमा चर्चा गरिएको छ।

यस अद्‌भुत आशाबारे अझ बढी जान्‍नको लागि कृपया अर्को लेख पढ्‌नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने