आवरण लेख | एक्कासि समस्या आउँदा—कसरी सामना गर्ने?
एक्कासि समस्या आउँदा
ढिलो होस् वा चाँडो, सबै मानिसको जीवनमा समस्याहरू आउँछन्। सुखी र सम्पन्न जीवन बिताइरहेका मानिसहरू पनि यसबाट अछुतो छैनन्।
बाइबल यसो भन्छ:
“वेग कुदाइले दौड जित्नसक्तैन, औ शक्तिले लडाइँ जित्नसक्तैन। भोजन बुद्धिमानको निम्ति, धन-सम्पत्ति समझदारको निम्ति, सफलता निपुण मानिसको निम्ति हुँदैन। समय र अवसरले नै सबैलाई अधीन गरेको हुन्छ।”—उपदेशक ९:११.
त्यसकारण तपाईंको जीवनमा पनि समस्याहरू त अवश्य आउँछन्। तर समस्याहरू आउँदा तपाईं कस्तो प्रतिक्रिया देखाउनुहुन्छ? उदाहरणको लागि:
प्राकृतिक प्रकोपमा तपाईंले आफ्नो सारा सरसम्पत्ति गुमाउनुपऱ्यो भने तपाईं के गर्नुहुन्छ?
तपाईंलाई कहिल्यै निको नहुने रोग लाग्यो भने नि?
तपाईंले माया गर्ने व्यक्तिको मृत्यु भयो भने?
बाइबलले समस्याहरू आउँदा सहन मदत गर्नुका साथै भविष्यको लागि साँचो आशा पनि दिन्छ भनी यस पत्रिकाका प्रकाशक यहोवाका साक्षीहरू विश्वास गर्छन्। (रोमी १५:४) तिनीहरूले यस्तो विश्वास गर्नुको कारण के हो? तीनवटा अनुभव विचार गर्नुहोस्। (g14-E 07)