प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w08 ३/१ pp. ४-५
  • हामी कहाँबाट आयौं?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामी कहाँबाट आयौं?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबल के भन्छ?
  • बाइबलको जवाफले कसरी साँचो मनोशान्ति दिन्छ
  • हामीहरू यहाँ किन छौं
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • जीवनमा अझ बढी केही छ!
    जीवनमा अझ बढी केही छ!
  • “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु”
    “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु”
  • सृष्टि गर्न परमेश्‍वरले क्रमविकासको सहारा लिनुभएको थियो?
    ब्यूँझनुहोस्‌!—२००६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
w08 ३/१ pp. ४-५

हामी कहाँबाट आयौं?

यसको जवाफ किन पाउने? पृथ्वीमा जीवन संयोगले आयो भनी थुप्रै मानिसलाई सिकाइएको छ। पत्याउनै नसकिने र संयोगवश घटेका शृङ्‌खलाबद्ध घटनाद्वारा क्रमविकासले मानिसजातिलाई भावनात्मक, बौद्धिक र आध्यात्मिक क्षमतासहित अस्तित्वमा ल्यायो भनी तिनीहरूलाई सिकाइएको छ।

तर विचार गर्नुहोस्‌: यदि हामी साँच्चै नै क्रमविकासको उपज हौं र सृष्टिकर्ता छैन भने मानवजाति एक अर्थमा टुहुरो हुनेथियो। राय-सल्लाह लिनको लागि मानिसजातिसँग सर्वोच्च बुद्धिको कुनै स्रोत हुने थिएन। समस्याहरूको समाधान गर्न हामीलाई मदत गर्ने कोही हुने थिएन। वातावरणीय विनाश, राजनैतिक द्वन्द्व र हाम्रा अन्य व्यक्‍तिगत समस्याहरूको हल गर्न हामीले मानव बुद्धिको मुख ताक्नुपर्थ्यो।

के यस्ता कुराहरूले तपाईंलाई मनोशान्ति दिन्छ? दिंदैन भने अर्को विकल्पबारे सोच्नुहोस्‌। यो विकल्प आकर्षक मात्र होइन तर तार्किक पनि छ।

बाइबल के भन्छ?

बाइबल भन्छ कि मानिसजाति परमेश्‍वरकै हातका सृष्टि हुन्‌। हामी चासो नै नराख्ने र सोचविचारै नभएको क्रमविकासको उपज होइनौं। बरु हामी मायालु र बुद्धिमान्‌ पिताका सन्तान हौं। बाइबलमा लेखिएका यी स्पष्ट कथनहरूलाई ध्यान दिनुहोस्‌।

उत्पत्ति १:२७. “परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्‍वरकै स्वरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। नर र नारीनै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो।”

भजन १३९:१४. “म तपाईंलाई धन्यवाद दिनेछु। किनकि म भयानक र आश्‍चर्य रीतिले बनिएको छु। तपाईंका कार्यहरू आश्‍चर्यका छन्‌। र ती कुरा मेरो आत्माले राम्ररी जान्दछ।”

मत्ती १९:४-६. “के तिमीहरूले पढेका छैनौ, कि जसले बनाउनुभयो, उहाँले तिनलाई शुरूदेखिनै नर र नारी गरी बनाउनुभयो, र भन्‍नुभयो, यही कारण मानिसले आफ्ना आमा-बाबुलाई छोडेर आफ्नी स्वास्नीसँग मिलिरहन्छ, र ती दुई जना एक शरीर हुनेछन्‌। र ती अब दुई होइन तर एउटै शरीर हुन्छन्‌। यसकारण जसलाई परमेश्‍वरले एक साथ जोड्‌नुभएको छ, त्यसलाई मानिसले नछुट्याओस्‌।”

प्रेरित १७:२४, २५. “जुन परमेश्‍वरले संसार र त्यसमा भएका यावत्‌ थोक बनाउनुभयो, उहाँ स्वर्ग र पृथ्वीका परमप्रभु भईकन हातले बनाएको मन्दिरमा बास गर्नुहुन्‍न, नता मानिसहरूका हातबाट, उहाँलाई केही थोकको खाँचो भएझैं पूजा लिनुहुन्छ। किनभने उहाँलेनै सबैलाई जीवन, सास र सबै चीज दिनुहुन्छ।”

प्रकाश ४:११. “हे हाम्रा प्रभु र परमेश्‍वर, तपाईं महिमा, आदर र शक्‍ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ, किनभने सबै कुरा तपाईंलेनै सृष्टि गर्नुभएको हो, र तपाईंकै इच्छाबमोजिम ती भए, र सृजिए।”

बाइबलको जवाफले कसरी साँचो मनोशान्ति दिन्छ

परमेश्‍वरबाट नै “पृथ्वीमा हरेक परिवारको नाउँ राखिएको छ” भन्‍ने कुरा जान्दा अरू मानिसलाई हेर्ने हाम्रो तरिकामा परिवर्तन आउँछ। (एफिसी ३:१५) यस्तो ज्ञानले, हामी आफू र आफ्ना समस्यालाई कसरी हेर्छौं भन्‍ने कुरामा पनि प्रभाव पार्छ। निम्न तरिकामा हाम्रो सोचाइ प्रभावित हुनेछन्‌:

गाह्रा निर्णयहरू गर्नुपर्दा मानिसका एकआपसमा बाझिने विचारधाराबारे हामी अनावश्‍यक फिक्री गर्नेछैनौं। त्यसको सट्टा निर्धक्क भएर हामी बाइबलका सल्लाहमा भर पर्नेछौं। किन? किनभने “परमेश्‍वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्र जो छ, सो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, उचित जीवन यापन गर्नलाई उपयोगी हुन्छ, र परमेश्‍वरको जन हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित भई सिद्ध भएको” हुन्छ।—२ तिमोथी ३:१६, १७.

यो कुरा साँचो हो, बाइबलका सल्लाहहरू लागू गर्न आफूलाई अनुशासनमा राख्नुपर्छ र प्रयत्न चाहिन्छ। कहिलेकाहीं यसको डोऱ्‍याइ र हाम्रो झुकाव मेल नखाने समेत हुन सक्छ। (उत्पत्ति ८:२१) आफूलाई स्वर्गमा बस्नुहुने मायालु पिताद्वारा सृष्टि गरिएको हो भनी स्वीकार्छौं भने हामीलाई के गर्दा राम्रो हुन्छ त्यो उहाँलाई सबैभन्दा राम्ररी थाह छ भन्‍ने निष्कर्षमा पुग्नुको अर्थ रहन्छ। (यशैया ५५:९) त्यसैले उहाँको वचन हामीलाई यस्तो आश्‍वासन दिन्छ: “तेरो सारा भरोसा परमेश्‍वरमा राख्‌, र तेरो आफ्नै समझ-शक्‍तिमा भरोसा नगर्‌। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।” (हितोपदेश ३:५, ६) यदि हामीले यो सल्लाह लागू गऱ्‍यौं भने समस्याहरू भोग्दा तथा निर्णयहरू गर्दा आइपर्ने प्रायः फिक्रीबाट जोगिनेछौं।

पूर्वाग्रहको सिकार हुँदा अर्को जात वा भिन्‍नै सांस्कृतिक पृष्ठभूमिका व्यक्‍तिभन्दा हामी तुच्छ छौं भन्‍ने भावनाले हामीलाई थिच्ने छैन। त्यसको साटो, हामीले सन्तुलित आत्म-सम्मानको भाव विकास गर्न सक्नेछौं। किन? किनभने हाम्रा पिता यहोवा परमेश्‍वर “मानिसहरूको पक्षपात गर्नुहुन्‍न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।”—प्रेरित १०:३४, ३५.

यो कुरो जान्दा, पूर्वाग्रहको कारण अरूप्रति टेढो सोचाइ राख्नबाट समेत हामी बच्न सक्नेछौं। अरू जातभन्दा आफूलाई ठूलो ठान्‍नुपर्ने वैध कारणै छैन भनी हामीले बुझ्न सक्नेछौं किनकि “पृथ्वीको सतहमाथि बास गर्नलाई उहाँले [अर्थात्‌ परमेश्‍वरले] एउटै मानिसबाट हरेक जातिलाई बनाउनुभयो।”—प्रेरित १७:२६.

निश्‍चय नै, हामी सृष्टि गरिएका हौं र सृष्टिकर्ता हाम्रो चासो राख्नुहुन्छ भनी जान्दा साँचो मनोशान्ति पाउँछौं। तर त्यस्तो मनोशान्तिलाई कायमै राख्ने हो भने अझै बढी केही चाहिन्छ। (w08 2/1)

[पृष्ठ ४-मा भएको ठूलो अक्षरको क्याप्सन]

के मानवजाति क्रमविकासको उपज हो?

[पृष्ठ ५-मा भएको चित्र]

सृष्टिकर्ता हाम्रो चासो राख्नुहुन्छ भनी जान्दा साँचो मनोशान्ति पाउँछौं

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने