प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 १/१ pp. १२-१३
  • परमेश्‍वरको राज्य के हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको राज्य के हो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको राज्य के हो?
    परमेश्‍वरबाट आएको सुसमाचार!
  • परमेश्‍वरको राज्य के हो?
    परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
  • परमेश्‍वरको राज्य के हो?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • परमेश्‍वरको राज्य के हो?
    बाइबलले वास्तवमा के सिकाउँछ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 १/१ pp. १२-१३

पवित्र शास्त्रबाट सिक्नुहोस्‌

परमेश्‍वरको राज्य के हो?

यस लेखमा तपाईंको मनमा उठ्‌न सक्ने प्रश्‍नहरूको छलफल गरिएको छ। साथै ती प्रश्‍नहरूको जवाफ बाइबलमा कहाँ पाउन सक्नुहुन्छ भनेर पनि यसमा बताइएको छ। यहोवाका साक्षीहरू यी प्रश्‍नका जवाफहरू तपाईंसित छलफल गर्न खुसी हुनेछन्‌।

१. परमेश्‍वरको राज्य के हो?

परमेश्‍वरको राज्य स्वर्गमा स्थापित सरकार हो। यसले अरू सम्पूर्ण सरकारलाई हटाएर स्वर्ग र पृथ्वीमा परमेश्‍वरको इच्छा पूरा गर्नेछ। हामीलाई चाहिने असल सरकारको आवश्‍यकता परमेश्‍वरको राज्यले मात्र पूरा गर्नेछ।—दानियल २:४४; मत्ती ६:९, १० पढ्‌नुहोस्‌।

कुनै पनि राज्यको एउटा राजा हुनै पर्छ। यहोवाले आफ्नो राज्यको राजा हुन आफ्नो छोरा, येशूलाई नियुक्‍त गर्नुभएको छ।—लूका १:३०-३३ पढ्‌नुहोस्‌।

२. शासक हुन येशू किन उपयुक्‍त हुनुहुन्छ?

परमेश्‍वरको छोरा, येशू राजा हुन उपयुक्‍त हुनुहुन्छ किनभने उहाँ दयालु, सही कुराको लागि दृढ अनि मानिसहरूलाई मदत गर्न शक्‍तिशाली हुनुहुन्छ। (मत्ती ११:२८-३०) येशू पुनर्जीवित भएपछि स्वर्गमा जानुभयो अनि यहोवाको दाहिने हाततर्फ पर्खेर बस्नुभयो। (हिब्रू १०:१२, १३) केही समयपछि यहोवाले उहाँलाई स्वर्गबाट शासन सुरु गर्ने अधिकार दिनुभयो।—दानियल ७:१३, १४ पढ्‌नुहोस्‌।

३. येशूसँगै अरू कसले शासन गर्नेछ?

येशूसँगै स्वर्गबाट शासन गर्न परमेश्‍वरले “पवित्र जनहरू”-को एउटा समूहलाई छान्‍नुभएको छ। (दानियल ७:२७) पवित्र जनहरूमध्येको हुन सुरुमा छानिएका व्यक्‍तिहरू येशूका विश्‍वासी प्रेषितहरू थिए। यहोवाले पवित्र जनहरूमध्येको हुन विश्‍वासी पुरुष तथा स्त्रीहरूलाई अहिले पनि छानिरहनुभएको छ। येशूजस्तै तिनीहरू पनि अदृश्‍य शरीरमा पुनर्जीवित हुन्छन्‌।—यूहन्‍ना १४:१-३; १ कोरिन्थी १५:४२-४५ पढ्‌नुहोस्‌।

स्वर्गमा कति जना जानेछन्‌? येशूले तिनीहरूलाई “सानो बगाल” भन्‍नुभयो। (लूका १२:३२) अन्तमा तिनीहरूको संख्या १,४४,००० हुनेछ अनि तिनीहरूले येशूसँगै स्वर्गबाट पृथ्वीमा शासन गर्नेछन्‌।—प्रकाश ५:९, १०; १४:१ पढ्‌नुहोस्‌।

४. परमेश्‍वरको राज्यले कहिलेदेखि शासन गर्न सुरु गऱ्‍यो?

येशू सन्‌ १९१४ मा राजा हुनुभयो।a त्यसको लगत्तै उहाँले सैतान र त्यसका स्वर्गदूतहरूलाई तल पृथ्वीमा फ्याँक्नुभयो। (प्रकाश १२:७-१०, १२) त्यसबेलादेखि मानव समस्याहरू एकदमै बढेको छ। युद्ध, भूकम्प, अनिकाल, रोगबिमार अनि दुष्टता अहिले अन्तको दिन हो भनेर चिनाउने चिन्हका केही पक्ष हुन्‌। (२ तिमोथी ३:१-५) परमेश्‍वरको राज्यबाट लाभ उठाउन चाहने जति सबैले राजा येशूका चेलाहरू हुन के गर्नुपर्छ, त्यसबारे सिक्नु आवश्‍यक छ।—लूका २१:७, १०, ११, ३१, ३४, ३५ पढ्‌नुहोस्‌।

५. परमेश्‍वरको राज्यले के गर्नेछ?

विश्‍वव्यापी प्रचारकार्यद्वारा परमेश्‍वरको राज्यले अहिल्यै पनि सम्पूर्ण राष्ट्रका लाखौं मानिसहरूलाई उहाँको स्तरबारे सिक्न मदत गरिरहेको छ। (मत्ती २४:१४) परमेश्‍वरको राज्यले वर्तमान दुष्ट युगको नाश गर्दा येशूका वफादार प्रजाको “ठूलो भीड” भने बच्नेछ।—प्रकाश ७:९, १०, १३-१७ पढ्‌नुहोस्‌।

हजार वर्षीय समयावधिको दौडान यस राज्यले पृथ्वीलाई क्रमिक रूपमा प्रमोदवन बनाउनेछ। अन्तमा येशूले यो राज्य आफ्नो बुबालाई सुम्पनुहुनेछ। (१ कोरिन्थी १५:२४-२६) परमेश्‍वरको यस राज्यबारे तपाईं क-कसलाई सुनाउन चाहनुहुन्छ?—भजन ३७:१०, ११, २९ पढ्‌नुहोस्‌। (w11-E 07/01)

थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? भन्‍ने यस किताबको अध्याय ८ र ९ हेर्नुहोस्‌।

[फुटनोट]

a बाइबल भविष्यवाणीमा सन्‌ १९१४ लाई एउटा महत्त्वपूर्ण वर्ष मानिएको छ। त्यसबारे थप जानकारी पाउन यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको पृष्ठ २१५-२१८ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने