प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 १/१५ pp. ३१-३२
  • विगतका बहुमूल्य रत्नहरूको संरक्षण गर्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विगतका बहुमूल्य रत्नहरूको संरक्षण गर्ने
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • उपशीर्षकहरू
  • हाम्रो “पारिवारिक एल्बम” र “पुर्ख्यौली सम्पत्ति”
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 १/१५ pp. ३१-३२

हाम्रो अभिलेखालयबाट

विगतका बहुमूल्य रत्नहरूको संरक्षण गर्ने

यहोवाका जनहरूसित उहाँको सेवा गरेको लामो र रोचक इतिहास छ। त्यो इतिहासको रोचक विवरण हाम्रा प्रकाशनहरूबाट मात्र होइन तर हाम्रो उपासना, प्रचारकार्य अनि हाम्रो इतिहाससित सम्बन्धित फोटो, चिठी, व्यक्‍तिगत विवरण अनि कलाकृतिबाट पनि पाउन सक्छौं। तर विगतका यस्ता सामग्रीहरूको संरक्षण गर्नु अनि विगतलाई खोतल्नुमा के फाइदा छ? पुरातन समयमा इस्राएली परिवारका शिरहरूले आफ्ना छोराहरूलाई यहोवाको व्यवस्था र उहाँका अद्‌भुत कार्यहरूबारे जानकारी दिनुपर्थ्यो जसले गर्दा तिनीहरूले ‘आफ्नो आशा परमेश्‍वरमा राख्न’ सक्थे।—भज. ७८:१-७.

ऐतिहासिक स्रोतले यहोवाको उद्देश्‍य पूरा गर्न लामो समयदेखि योगदान पुऱ्‍याएको छ। उदाहरणको लागि, एकपटक विरोधीहरूले यरूशलेमको मन्दिर पुनर्निर्माण गर्ने कामलाई रोक्न खोजेका थिए। त्यसबेला मादी प्रान्तको राजधानी एक्बातानामा ऐतिहासिक विवरणको खोजतलास गरियो। फलस्वरूप राजा कोरेसले मन्दिरको पुनर्निर्माण गर्ने उर्दी जारी गरेको कागजात फेला पऱ्‍यो। (एज्रा ६:१-४, १२) त्यसैले यहोवाको इच्छाअनुरूपै मन्दिरको पुनर्निर्माण गरियो। सुसमाचारका लेखक लूकाले पनि ऐतिहासिक अभिलेखहरूको प्रयोग गरे अनि “सुरुदेखिका सबै घटना ठीक-ठीक पत्ता लगाए।”—लूका १:१-४.

परिचालक निकाय पनि हाम्रो ईश्‍वरतान्त्रिक इतिहासमा गहिरो चासो राख्छ। हाम्रा पवित्र सम्पदाहरूलाई सुरक्षित राख्नु, यसको विस्तृत रेकर्ड राख्नु र आउँदो पिंढीलाई यो हस्तान्तरण गर्नु कत्तिको महत्त्वपूर्ण छ भन्‍ने कुरालाई जोड दिंदै परिचालक निकायका एक सदस्यले यस्तो टिप्पणी गरे: “हामी कहाँ जाँदैछौं भनेर थाह पाउन हामी कहाँबाट आयौं भनेर थाह पाउनु जरुरी छ।” यही उद्देश्‍यका साथ न्यु योर्कको ब्रूक्लिनस्थित विश्‍व मुख्यालयमा हालै “अभिलेख विभाग” स्थापना गरिएको छ। यस विभागले लेखन समितिको मातहतमा रहेर काम गर्नेछ।

हाम्रो “पारिवारिक एल्बम” र “पुर्ख्यौली सम्पत्ति”

समय बित्दै जाँदा विगत झनझनै टाढिदै जान्छ अनि हामीमध्ये धेरैलाई यस्तो लाग्न सक्छ: “मैले पनि परिवारबारे विस्तृत रेकर्ड राखेको भए हुने रहेछ।” हामीसँग प्रशस्त सम्पदा छन्‌ र ती दिनदिनै वृद्धि हुँदैछन्‌। अभिलेख विभागले अहिले ती सम्पदाहरूको संरक्षण गर्ने र तिनको बारेमा विस्तृत रेकर्ड राख्ने काम गरिरहेको छ। यसरी रेकर्डमा राखिएका फोटोहरूलाई हामी आफ्नो “पारिवारिक एल्बम” भन्‍न सक्छौं। हाम्रा सुरु-सुरुका प्रकाशनहरू, रोमाञ्चकारी आत्मकथाहरू र सङ्‌कलन गरेर राखिएका अमूल्य चिजबीजहरू हाम्रो अभिलेखालयमा भएका रत्नजस्तै हुन्‌। ती चिजबीजहरूलाई हामी आफ्नो “पुर्ख्यौली सम्पत्ति” पनि भन्‍न सक्छौं। ती कुराहरूले हामीलाई आफ्नो ईश्‍वरतान्त्रिक सम्पदाहरूबारे जानकारी प्रदान गर्नुका साथै हाम्रो विश्‍वव्यापी ख्रीष्टियन परिवारको भविष्यलाई ढुक्क भई हेर्न मदत गर्छ।

“हाम्रो अभिलेखालयबाट” शीर्षकको यो नयाँ शृङ्‌खलामार्फत तपाईंहरूलाई अभिलेख विभागबारे बुझ्न निम्तो दिन्छौं। प्रहरीधरहरा-को अध्ययन संस्करणमा यो शृङ्‌खला समय-समयमा प्रकाशित हुनेछ। जस्तै:- आउने अङ्‌कमा तस्विरसहितको एउटा लेख प्रकाशित गर्ने योजना बनाएका छौं, जसमा यी प्रश्‍नहरूको जवाफ दिइनेछ: प्रभात घुम्ती के थियो? यसलाई कसले प्रयोग गरे? यो कहिले प्रयोग गरिएको थियो अनि कुन उद्देश्‍यको लागि?

सम्झनाले भरिएका पारिवारिक फोटो एल्बमले जस्तै हाम्रा अभिलेखहरूका सङ्‌कलनले हामीबारे अनि परमेश्‍वरसित असल सम्बन्ध राखेका हाम्रा पुर्खाहरूबारे थुप्रै कुरा बताउँछ। जस्तै:- हामीभन्दा अघिका व्यक्‍तिहरूको विश्‍वास र साहस, स्वर्गमा बस्ने हाम्रो मायालु बुबाको सेवा गर्दा पाइने आनन्द र आइपर्ने चुनौती अनि परमेश्‍वरको डोऱ्‍याइ र आफ्ना जनहरूलाई उहाँले अटुट रूपमा गर्नुभएको मदत। (व्यव. ३३:२७) सङ्‌गठनको इतिहास जोगाउन हामीले जारी राखेको प्रयासलाई यहोवाले आशिष्‌ दिनुहुनेछ भनी हामी ढुक्क छौं जसले गर्दा उहाँको इच्छा पूरा गर्न हामी पहिलेभन्दा अझै एकत्रित अनि बलियो हुन सक्छौं।

[पृष्ठ ३१-मा भएको पेटी/चित्र]

नजिकबाट नियाल्दा

ख्रीष्टियन साहित्य, डी भी डी र बाइबलआधारित अन्य सामग्री तयार पार्दा हाम्रा लेखक, चित्रकार, अनुसन्धानकर्ता र अरूले यस्ता ऐतिहासिक सङ्‌कलनहरू प्रयोग गर्छन्‌। त्यसकारण शाखा कार्यालय, बेथेलका विभागहरू, मण्डलीहरू, व्यक्‍तिविशेष र अन्य सङ्‌गठनहरूबाट विभिन्‍न किसिमका ऐतिहासिक सामग्रीहरू सङ्‌कलन गर्न र तिनको संरक्षण गर्न अभिलेख विभागले निकै ध्यान दिनुका साथै व्यावहारिक कदमहरू चाल्छ। यी कामहरू कसरी भइरहेका छन्‌, विचार गर्नुहोस्‌:

सङ्‌कलन गर्ने र जाँच्ने: दिनदिनै थुप्रै विशेष सामग्रीहरू यस अभिलेखालयमा सङ्‌कलन भइरहेका छन्‌। यीमध्ये थुप्रै सामग्री लामो समयसम्म वफादार भएर यहोवाको सेवा गरेका परिवारका सदस्यहरूले अनुदान दिएका वा सापटी दिएका हुन्‌। यस्ता सामग्रीहरू जाँच्दा र आपसमा तुलना गर्दा हामीलाई इतिहासबारे अनि त्यसबेला जीवित मानिसहरूबारे धेरै कुरा थाह हुन्छ।

सूचीबद्ध गर्ने: अभिलेख विभागमा हजारौं सामग्री छन्‌ जसमध्ये केही त सय वर्षभन्दा पुराना छन्‌। ती सामग्रीहरू विभिन्‍न आकार-प्रकारका छन्‌ र अनुसन्धानका लागि भविष्यमा पनि प्रयोग गर्न सकियोस्‌ भनेर तिनीहरूलाई होसियारीपूर्वक सूचीबद्ध गर्नु आवश्‍यक छ।

पुनर्स्थापना र संरक्षण गर्ने: जीर्ण अवस्थामा रहेका किताब तथा कलाकृतिहरूलाई अत्याधुनिक विधि अपनाएर मर्मत र संरक्षण गरिन्छ। कागजपत्र, तस्विर, अखबारबाट काटेका टुक्रा, फिल्म र रेकर्डिङहरूलाई कम्प्युटरमा हेर्न मिल्ने किसिमको बनाइन्छ। यसो गर्दा त्यस्ता सामग्रीहरूलाई कम्प्युटरबाटै पढ्‌न अनि हेर्न सकिन्छ र ऐतिहासिक महत्त्व भएका सक्कली वस्तुलाई छुनु वा चलाउनु आवश्‍यक पर्दैन।

सञ्चय गर्ने र निकाल्ने: ऐतिहासिक सामग्रीहरूलाई हराउन नदिन अनि घामपानीबाट जोगाउन व्यवस्थित र सुरक्षित ढङ्‌गमा सञ्चय गरिन्छ। विगतका यी अमूल्य रत्नहरूबारे अनुसन्धान गर्न अनि आवश्‍यक परेमा यसलाई फेरि निकाल्न सजिलो होस्‌ भनेर यसबारे कम्प्युटरमा जानकारी सङ्‌कलन गरिंदैछ।

[पृष्ठ ३२-मा भएको चित्र]

१. “फोटो-ड्रामा अफ क्रिएसन”-को पोस्टर। २. ग्राहक खाता। ३. ध्वनि यन्त्र जोडिएको मोटरगाडी। ४. अप्रिल १५, १९१२ को प्रहरीधरहरा-को आवरण। ५. जे. एफ. रदरफोर्डको थुना-पत्र। ६. डब्ल्यु बि बि आर माइक्रोफोन। ७. फोनोग्राफ। ८. किताब बोक्ने सुटकेस। ९. व्यक्‍तिगत टिपोट। १०. जे. एफ. रदरफोर्डलाई पठाइएको टेलिग्राम।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने