प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • brwp120301 पृ. ५
  • “यस संसारका होइनन्‌”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “यस संसारका होइनन्‌”
  • प्रहरीधरहरा: साँचो ख्रिष्टियनको चिनारी के हो?
  • मिल्दोजुल्दो सामग्री
  • मसीहीहरू र आजको मानव समाज
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • यहोवाका साक्षीहरू र नरसंहार—यसबारे बाइबल के भन्छ?
    थप लेखहरू
  • नाजी नरसंहार किन भयो? परमेश्‍वरले किन त्यसलाई रोक्नुभएन?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • “तिनीहरू पनि संसारका होइनन्‌”
    एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा: साँचो ख्रिष्टियनको चिनारी के हो?
brwp120301 पृ. ५

“यस संसारका होइनन्‌”

“संसारले तिनीहरूलाई घृणा गरेको छ किनकि . . . तिनीहरू पनि यस संसारका होइनन्‌।”—युहन्‍ना १७:१४.

यसको अर्थ के हो? येसु संसारको भाग हुनुहुन्‍न थियो। त्यसैले उहाँ त्यतिबेलाको सामाजिक र राजनैतिक विवादहरूमा तटस्थ रहनुभयो। उहाँले भन्‍नुभयो: “यदि मेरो राज्य यस संसारको हुँदो हो त म यहुदीहरूको हातमा नपरूँ भनेर मेरा सेवकहरूले लडाइँ गर्ने थिए। तर वास्तवमा मेरो राज्य यस संसारको होइन।” (युहन्‍ना १८:३६) साथै उहाँले चेलाहरूलाई परमेश्‍वरको वचनसित मेल नखाने मनोभाव, बोली र आचरण विकास नगर्नू भन्‍नुभयो।—मत्ति २०:२५-२७.

सुरु-सुरुका चेलाहरूले आफू साँचो ख्रिष्टियन भएको कसरी देखाए? धर्मसम्बन्धी लेखक जोनाथन डायमन्डले बताएअनुसार “सुरु-सुरुका ख्रिष्टियनहरूले [युद्धमा] भाग लिन इन्कार गरे, चाहे त्यसको लागि तिनीहरूले बदनामी, जेल सजाय वा मृत्यु नै भोग्नु किन नपरोस्‌।” तिनीहरू तटस्थ रहने आफ्नो अडानमा सम्झौता गर्नभन्दा त दुःख भोग्न नै राजी भए। तिनीहरूको नैतिक स्तरले गर्दा पनि तिनीहरू अरूभन्दा फरक देखिन्थे। ख्रिष्टियनहरूलाई यसो भनिएको थियो: “तिमीहरूले तिनीहरूसित यस्तो दुराचारको मार्गमा हिँड्‌न छोडिदिएको हुनाले तिनीहरू चकित भएका छन्‌, त्यसैले तिमीहरूको विषयमा दुर्वचन बोल्छन्‌।” (१ पत्रुस ४:४) इतिहासकार विल डुरान्टले लेखे: “ख्रिष्टियनहरूको भक्‍ति र असल आचरणले गर्दा त्यतिबेलाका विलासी जीवन बिताउने गैर-ख्रिष्टियनहरूलाई निकै अप्ठ्यारो परेको थियो।”

आज साँचो ख्रिष्टियनहरूको चिनारी कसले दिइरहेका छन्‌? ख्रिष्टियनहरूको तटस्थताबारे न्यु क्याथोलिक इन्साइक्लोपीडिया-ले बताएअनुसार “हतियार उठाउन इन्कार गर्नु सरासर गलत हो।” रिफोर्मेरटे प्रेसे पत्रिकाको एउटा लेखमा अफ्रिकन राइट्‌स नामको मानवअधिकार सङ्‌गठनको रिपोर्ट समावेश गरिएको थियो। त्यस रिपोर्टअनुसार सन्‌ १९९४ मा रूवाण्डामा भएको नरसंहारमा “यहोवाका साक्षीहरूबाहेक” सबै चर्चले भाग लिएका थिए।

हाइस्कुलमा पढाउने एक जना शिक्षकले नाजीहरूले गरेको नरसंहारबारे यसरी दुःख व्यक्‍त गरे: “त्यतिबेला फैलाइएको झूट, क्रूरता र अत्याचारविरुद्ध आम मानिसहरूको कुनै पनि समूह वा सङ्‌गठनले आवाज उठाएन।” अमेरिकास्थित नाजी नरसंहारसम्बन्धी एउटा सङ्‌ग्रहालयबाट सही जानकारी पाएपछि तिनले भने: “बल्ल मैले आफ्नो प्रश्‍नको जवाफ पाएँ।” त्यतिबेला यहोवाका साक्षीहरूले क्रूर सतावट भोग्नुपरे तापनि आफ्नो विश्‍वासमा अडिग रहे भनेर तिनले थाह पाए।

तिनीहरूको नैतिक मूल्यमान्यता कस्तो छ? अमेरिकाको क्याथोलिक धर्मसम्बन्धी एउटा पत्रिका भन्छ: “आज क्याथोलिक धर्म मान्‍ने थुप्रै युवा विवाह नगरी सँगै बस्ने वा विवाहपूर्व यौनसम्बन्ध राख्ने विषयमा चर्चको शिक्षा स्विकार्दैनन्‌।” त्यही पत्रिकामा एक जना पादरीले भनेको यो कुरा लेखिएको थियो: “मलाई लाग्छ, धेरै मानिस, भनौँ भने ५० प्रतिशतभन्दा पनि बढी, चर्चमा विवाह गर्न आउँदा सँगै बस्न थालिसकेका हुन्छन्‌।” द न्यु इन्साइक्लोपीडिया ब्रिटानिका-ले बताएअनुसार यहोवाका साक्षीहरू “उच्च मूल्यमान्यताअनुसार चल्न दृढ छन्‌।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने