प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • brwp120301 पृ. ४
  • ‘तिमीहरू मेरो वचनमा रहो’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘तिमीहरू मेरो वचनमा रहो’
  • प्रहरीधरहरा: साँचो ख्रिष्टियनको चिनारी के हो?
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईं बाइबलमाथि विश्‍वास गर्न सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • मसीहीहरूले आत्मा र सत्यतामा उपासना गर्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • सत्य भेट्टाएको कुरामा पूर्णतया विश्‍वस्त हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • मसीहीहरू र आजको मानव समाज
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
थप हेर्नुहोस्
प्रहरीधरहरा: साँचो ख्रिष्टियनको चिनारी के हो?
brwp120301 पृ. ४

‘तिमीहरू मेरो वचनमा रहो’

“तिमीहरू मेरो वचनमा रह्‍यौ भने तिमीहरू साँच्चै मेरा चेलाहरू हौ अनि तिमीहरूले सत्य थाह पाउनेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र बनाउनेछ।”—युहन्‍ना ८:३१, ३२.

यसको अर्थ के हो? येसुको “वचन” भनेको उहाँको शिक्षा हो, जुन उच्च स्रोतबाट आएको हो। येसुले भन्‍नुभयो: “मेरो बुबा, जसले मलाई पठाउनुभयो, उहाँले नै के भन्‍ने र के सिकाउने भनी मलाई आज्ञा दिनुभएको छ।” (युहन्‍ना १२:४९) स्वर्गमा बस्नुहुने आफ्नो बुबा यहोवा परमेश्‍वरलाई प्रार्थना गर्नुहुँदा उहाँले भन्‍नुभयो: “तपाईँको वचन सत्य हो।” अरूलाई सिकाउँदा येसु अक्सर परमेश्‍वरको वचनबाट उद्धरण गर्नुहुन्थ्यो। (युहन्‍ना १७:१७; मत्ति ४:४, ७, १०) त्यसैले साँचो ख्रिष्टियनहरू ‘उहाँको वचनमा रहन्छन्‌।’ मतलब, तिनीहरू परमेश्‍वरको वचन बाइबल “सत्य” हो भनेर स्विकार्छन्‌ र यसलाई मात्र आफ्नो विश्‍वासको एक मात्र आधार मान्छन्‌ अनि यसैअनुसार जीवन बिताउँछन्‌।

सुरु-सुरुका चेलाहरूले आफू साँचो ख्रिष्टियन भएको कसरी देखाए? बाइबलका थुप्रै किताब लेख्ने प्रेषित पावलले येसुले जस्तै परमेश्‍वरको वचनको कदर गरे। तिनले लेखे: “धर्मशास्त्रमा भएका सबै कुरा परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो र यो ... उपयोगी छ।” (२ तिमोथि ३:१६) सङ्‌गी ख्रिष्टियनहरूलाई सिकाउन नियुक्‍त भएका पुरुषहरू “विश्‍वासयोग्य वचनलाई दह्रोसित पक्रिराख्ने” हुनुपर्थ्यो। (तितस १:७, ९) सुरु-सुरुका ख्रिष्टियनहरूलाई यस्तो चेतावनी दिइएको थियो: “होसियार बस, कसैले तिमीहरूलाई मानव दर्शनका साथै खोक्रो अनि छली विचारधाराहरूद्वारा कैदी नबनाओस्‌। यस्ता कुराहरू मानिसहरूको परम्परा अनि संसारका आधारभूत कुराहरूमा आधारित हुन्छन्‌, ख्रिष्टको शिक्षामा होइन।”—कलस्सी २:८.

आज साँचो ख्रिष्टियनहरूको चिनारी कसले दिइरहेका छन्‌? क्याथोलिक चर्चका शिक्षाहरू (अङ्‌ग्रेजी) भन्‍ने किताबअनुसार “क्याथोलिक चर्चमा सिकाइने सबै कुरा पवित्र धर्मशास्त्रबाट मात्र लिइएका होइनन्‌। त्यसैले पवित्र रीतिथिति र पवित्र धर्मशास्त्र दुवैलाई स्विकार्नुपर्छ र मनैदेखि मान्‍नुपर्छ।” म्याकलिन्स पत्रिकाको एउटा लेखमा क्यानाडाको टोरोन्टोको एउटा चर्चकी अगुवाको यो कुरा छापिएको थियो: “हामी २ हजार वर्षअघिको क्रान्तिकारी विचारधाराअनुसार चल्नुपर्छ र? हामीसितै उत्कृष्ट विचारधाराहरू छन्‌। तर हाम्रा विचारधाराहरूलाई येसु र धर्मशास्त्रको शिक्षाअनुसार ढाल्न खोज्दा ती ओझेलमा पर्छन्‌।”

यहोवाका साक्षीहरूबारे द न्यु क्याथोलिक इन्साइक्लोपीडिया भन्छ: “तिनीहरू बाइबललाई आफ्नो विश्‍वासको एक मात्र आधार मान्छन्‌ र यसैअनुसार जीवन बिताउँछन्‌।” हालै क्यानाडामा एक जना यहोवाको साक्षीले आफ्नो परिचय दिइरहेको बेला एक जना मानिसले तिनको कुरा बीचैमा काटे र तिनको बाइबललाई देखाउँदै भने: “तपाईँ को हो भनेर मैले थाह पाइसकेँ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने