प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 १०/१ pp. १६-१७
  • बाइबलको शिक्षाले समाजमा पार्ने प्रभाव

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबलको शिक्षाले समाजमा पार्ने प्रभाव
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ख्रीष्टको सन्देशले जोगाउँछ र उज्यालो छर्छ
  • सामूहिक जिम्मेवारी
  • संसारको ज्योतिलाई कसले पछ्याइरहेका छन्‌?
    सन्‌ १९९३ को अंग्रेजी प्रहरीधरहरा-बाट अध्ययन लेखहरू
  • ज्योति वाहकहरू—के उद्देश्‍यका लागि
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • “तिमीहरूको ज्योति चम्कोस्‌”
    हाम्रो राज्य सेवा—२०११
  • संसारको ज्योतिलाई पछ्याउनुहोस्‌
    सन्‌ १९९३ को अंग्रेजी प्रहरीधरहरा-बाट अध्ययन लेखहरू
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 १०/१ pp. १६-१७

बाइबलको शिक्षाले समाजमा पार्ने प्रभाव

साँचो ख्रीष्टियनहरू राजनीतिमा भाग लिंदैनन्‌। तर तिनीहरू आफ्नो टोलछिमेकमा सुधार गर्न इच्छुक छन्‌। यो कुरा तिनीहरू कसरी देखाउँछन्‌? येशूले दिएको यो आज्ञा पालन गरेर: “जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ, तिनीहरूलाई बुबा, छोरा र पवित्र शक्‍तिको नाममा बप्तिस्मा गराओ, मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा तिनीहरूलाई पालन गर्न सिकाओ।”—मत्ती २८:१९, २०.

येशूले “चेला बनाओ” भनेर दिएको आदेश पालन गर्नु र नुनजस्तै अनि संसारको ज्योतिजस्तै हुन दिएको निर्देशन पछ्याउनुबीच सम्बन्ध छ। (मत्ती ५:१३, १४) कस्तो सम्बन्ध? अनि येशूको त्यो आदेश र निर्देशनले मानिसहरूमा कस्तो प्रभाव पार्छ?

ख्रीष्टको सन्देशले जोगाउँछ र उज्यालो छर्छ

नुनले जोगाउने काम गर्छ। नुन हालेको खानेकुरा हत्तपत्त कुहिंदैन। त्यसैगरि येशूले जाति-जातिका मानिसलाई सुनाउनू भनेर चेलाहरूलाई दिएको सन्देशले जोगाउने काम गर्छ। आज संसारभर मानिसहरू नैतिक तवरमा कुहिएका छन्‌ वा भ्रष्ट भएका छन्‌। तर येशूको शिक्षा ग्रहण गर्ने र लागू गर्नेहरू यस्तो अवस्थाबाट जोगिएका छन्‌। कसरी? तिनीहरूले शरीरलाई हानि पुऱ्‍याउने बानी छोड्‌न वा यस्ता बानीमा नफस्न सिकेका छन्‌। जस्तै:- धूम्रपान। साथै तिनीहरूले प्रेम, शान्ति, धीरज, दया र भलाइजस्ता गुणहरू विकास गरेका छन्‌। (गलाती ५:२२, २३) यस्ता गुणले गर्दा तिनीहरू समाजका अनमोल सम्पत्ति साबित भएका छन्‌। टोलछिमेकीलाई यस्तो जोगाउने सन्देश सुनाउने ख्रीष्टियनहरूले समाजमा अमूल्य योगदान पुऱ्‍याइरहेका छन्‌।

त्यसोभए येशूले प्रयोग गरेको अर्को रूपक, ज्योतिबारे चाहिं के भन्‍न सकिन्छ? जसरी चन्द्रमाले सूर्यबाट पाएको प्रकाश छर्छ, त्यसरी नै ख्रीष्टका चेलाहरू पनि यहोवा परमेश्‍वरबाट पाएको “ज्योति” छर्छन्‌। ज्योति छर्ने सन्देश प्रचार गरेर अनि असल कामहरू गरेर तिनीहरू आफूले पाएको ज्योति चारैतिर प्रतिबिम्बित गर्छन्‌।—१ पत्रुस २:१२.

ज्योति हुनु र चेला हुनुबीच समानता छ भनेर येशूले अझै यसरी प्रस्ट पार्नुभयो: “मानिसहरूले दियो बालेर पाथीले छोप्दैनन्‌ तर पानसमाथि राख्छन्‌ र घरमा हुनेहरू सबैलाई त्यसले उज्यालो दिन्छ। त्यसरी नै मानिसहरूसामु तिमीहरूको ज्योति चम्कोस्‌।” पानसमाथि राखिएको दियोको उज्यालो वरपरका सबैले देख्छन्‌। त्यसैगरि साँचो ख्रीष्टियनले गर्ने प्रचारकार्य र अन्य असल कार्य वरपरका मानिसले प्रस्टै देखेको हुनुपर्छ। किन? हाम्रो सुकर्म देख्नेहरूले हाम्रो होइन; परमेश्‍वरको महिमा गर्नेछन्‌ भनेर येशूले बताउनुभयो।—मत्ती ५:१४-१६.

सामूहिक जिम्मेवारी

येशूले “तिमीहरू संसारका ज्योति हौ” र “मानिसहरूसामु तिमीहरूको ज्योति चम्कोस्‌” भन्दा सबै चेलालाई सम्बोधन गरिरहनुभएको थियो। विभिन्‍न ठाउँमा छरिएर रहेका विभिन्‍न धार्मिक आस्था राख्ने दुई-चार जनाले मात्रै यो आदेश पालन गर्नु सम्भव छैन। येशूका सबै चेला “ज्योति” हुन्‌। दुई सय पैंतीसभन्दा धेरै मुलुकमा बसोबास गर्ने ७० लाख यहोवाका साक्षी के विश्‍वास गर्छन्‌ भने ख्रीष्टले चेलाहरूलाई सुनाउनू भनेको सन्देश टोलछिमेकमा सुनाउने जिम्मा सामूहिक हो।

यहोवाका साक्षीहरूले सुनाउने सन्देशको मूल विषय के हो? येशूले चेलाहरूलाई प्रचार गर्ने आदेश दिंदा तिनीहरूलाई सामाजिक वा राजनैतिक सुधारबारे, चर्च र राष्ट्रको साठगाँठबारे वा अन्य सांसारिक विचारधाराबारे प्रचार गर्ने निर्देशन दिनुभएन। बरु उहाँले यसो भन्‍नुभयो: “सबै जातिलाई साक्षी दिनका लागि राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ।” (मत्ती २४:१४) त्यसकारण येशूको निर्देशन पालन गर्दै आज साँचो ख्रीष्टियनहरू टोलछिमेकमा परमेश्‍वरको राज्यबारे निरन्तर बताइरहन्छन्‌। अनि परमेश्‍वरको त्यो राज्य सैतानको दुष्ट युगलाई नाश गर्न र न्यायले बास गर्ने नयाँ संसार ल्याउन सक्ने एक मात्र सरकार हो।

सुसमाचारको विवरण पढ्‌दा येशूको प्रचारकार्यका मुख्य दुई पक्षबारे थाह पाउन सक्छौं, जसले अहिले साँचो ख्रीष्टियनको गतिविधिमा प्रभाव पार्छ। ती दुई पक्ष के हुन्‌, यसपछिको लेखमा छलफल गरिएको छ। (w12-E 05/01)

[पृष्ठ १६-मा भएको ठूलो अक्षरको क्याप्सन]

ख्रीष्टियन सन्देश कसरी नुनजस्तै छ?

[पृष्ठ १७-मा भएको ठूलो अक्षरको क्याप्सन]

ख्रीष्टको सन्देश अँध्यारोमा कसरी ज्योतिजस्तै छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने