प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 ११/१५ p. २०
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • मिल्दोजुल्दो सामग्री
  • अविवाहित—बाधाबिना क्रियाकलाप गर्न सकिने ढोका
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • ‘ग्रहण गर्नुहोस्‌’
    हाम्रो राज्य सेवकाई—२००३
  • अविवाहित अवस्थाको पूरापूर सदुपयोग गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • अविवाहित तर यहोवाको सेवामा सन्तुष्ट
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 ११/१५ p. २०

पाठकहरूको प्रश्‍न

मत्ती १९:१०-१२ मा उल्लिखित येशूका शब्दहरूको अर्थ अविवाहित रहने छनौट गरेकाहरूले यो वरदान चमत्कारपूर्ण ढङ्‌गमा पाएका हुन्छन्‌ भन्‍ने हो?

अविवाहित रहने विषयमा येशूको भनाइको प्रसङ्‌गलाई विचार गर्नुहोस्‌। फरिसीहरू सम्बन्धविच्छेदको विषय लिएर येशूकहाँ आउँदा उहाँले विवाहसम्बन्धी यहोवाको स्तर स्पष्ट पार्नुभयो। आफ्नी पत्नीमा “खोट” पाएमा व्यवस्थाअनुसार लोग्नेले त्याग-पत्र दिन सक्ने भए तापनि सुरुदेखि नै त्यस्तो त थिएन। (व्यव. २४:१, २) येशूले फरिसीहरूलाई यसो भन्‍नुभयो: “जसले अवैध यौनसम्बन्धबाहेक अन्य कारणले आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्छ र अर्कीसित विवाह गर्छ, उसले परस्त्रीसित यौनसम्बन्ध राखेको ठहरिन्छ।”—मत्ती १९:३-९.

यो सुनेपछि चेलाहरूले यसो भने: “पति-पत्नीको सम्बन्ध यस्तै हुने हो भने त विवाह नगर्नु नै बेस रहेछ।” जवाफमा येशूले यसो भन्‍नुभयो: “सबैले त यो वचनअनुसार गर्न सक्दैनन्‌ तर तिनीहरूले मात्र, जसले यो वरदान पाएका छन्‌। किनकि कतिचाहिं आमाको गर्भदेखि नै नपुंसक भएर जन्मिएका हुन्छन्‌, कतिलाई चाहिं मानिसहरूले नपुंसक बनाइदिएका हुन्छन्‌ अनि कतिचाहिं यस्ता नपुंसकहरू हुन्छन्‌, जसले स्वर्गको राज्यको खातिर आफूलाई नपुंसक बनाएका हुन्छन्‌। जो अविवाहित रहन सक्छ, त्यो अविवाहित नै रहोस्‌।”—मत्ती १९:१०-१२.

कोही-कोही जन्मैदेखिको विकार, दुर्घटना वा अङ्‌गछेदनको कारण शारीरिक तवरमै नपुंसक थिए। अनि कतिपयले चाहिं स्वेच्छाले आफूलाई नपुंसकजस्तो बनाएका थिए। विवाह गर्न सक्ने भए तापनि आत्मसंयम देखाउँदै तिनीहरू “स्वर्गको राज्यको खातिर” अविवाहित रहे। राज्य गतिविधिमा अझ धेरै लाग्न सकियोस्‌ भनेर तिनीहरूले येशूले जस्तै अविवाहित रहने छनौट गरे। तिनीहरूले अविवाहित रहने वरदान जन्मजातै वा पछि पाएका थिएनन्‌। वास्तवमा तिनीहरूले स्वेच्छाले अविवाहित रहने छनौट गरेका थिए।

चाहे अविवाहित होऊन्‌ वा विवाहित—सबै ख्रीष्टियनले परमेश्‍वरलाई स्वीकार्य तरिकामा उहाँको सेवा गर्न सक्छन्‌। तैपनि ‘आफ्नो मनमा अविवाहितै रहने अठोट गरेकाहरूले’ “असलै” गर्छन्‌ भन्दै प्रेषित पावलले येशूको कुरालाई जोड दिए। त्यस्तो अठोट गर्नु किन असलै हो? विवाहित व्यक्‍तिहरूले आफ्नो समय र शक्‍ति आफ्नो जोडीको हेरविचार गर्ने र तिनलाई खुसी पार्ने काममा लगाउनुपर्छ। तर अविवाहित ख्रीष्टियनहरूले भने कुनै अलमलविना प्रभुको सेवा गर्न सक्छन्‌। आफ्नो अविवाहित अवस्थालाई तिनीहरू परमेश्‍वरको “वरदान” ठान्छन्‌।—१ कोरि. ७:७, ३२-३८.

त्यसैले ख्रीष्टियनहरूले अविवाहित रहने वरदान चमत्कारपूर्ण ढङ्‌गमा पाउँदैनन्‌ भनी बाइबल बताउँछ। बरु राज्य गतिविधिलाई कुनै अलमलविना अघि बढाउन उनीहरू अविवाहितै रहन्छन्‌। आज थुप्रैले यही कारणले गर्दा अविवाहित रहने अठोट गरेका छन्‌। अनि अरूले पनि उनीहरूको सराहना गर्नुपर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने