प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 १/१५ p. ३२
  • राम्रो योजनाको राम्रो परिणाम

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • राम्रो योजनाको राम्रो परिणाम
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “पाको व्यक्‍ति होला भन्ठान्‍नुभएको रहेछ”
  • तपाईँ कसरी ईश्‍वरलाई स्वीकार्य प्रार्थना गर्न सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
  • तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—नर्वे
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • सानो जीउ, ठूलो मन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • अप्रिल २ देखि स्मरणार्थको निम्तो पर्ची बाँड्‌नेछौं
    हाम्रो राज्य सेवा—२०११
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 १/१५ p. ३२

राम्रो योजनाको राम्रो परिणाम

मारिया इसाबेल सानै उमेरकी भए तापनि जोसिलो प्रकाशक हुन्‌। उनी दक्षिण अमेरिकामा पर्ने चिली देशको सान बर्नाडो सहरमा बस्छिन्‌। उनी र उनको परिवार आदिवासी मापुचे समुदायका सदस्य हुन्‌। मापुडुङ्‌गुन पनि भनिने मापुचे भाषाको नयाँ मण्डलीलाई सघाउन उक्‍त परिवार जोडतोडले लागिरहेको छ।

ख्रीष्टको मृत्युको स्मरणार्थ उत्सव मापुडुङ्‌गुन भाषामा पनि हुनेछ र त्यही भाषामा २,००० प्रति निम्तो पर्ची छापिएका छन्‌ भन्‍ने घोषणा सुनेपछि कसरी मदत गर्न सकिन्छ भन्‍नेबारे मारिया इसाबेलले गहिरिएर सोचिन्‌। स्कूलका साथी र शिक्षकहरूलाई प्रचार गरेर राम्रो परिणाम हासिल गरेका अरू विद्यार्थीहरूको अनुभव उनले सम्झिन्‌। यसबारे उनले आमाबाबुसित कुरा गरिन्‌। अनि स्कूलमा निम्तो पर्ची बाँड्‌ने कुनै जुक्‍ति निकाल्न आमाबाबुले मारियालाई प्रोत्साहन दिए। मारियाले कस्तो योजना बनाइन्‌?

सुरुमा, मारियाले स्कूलको मुख्य प्रवेशद्वारमा निम्तो पर्ची टाँस्न स्कूल प्रशासनसित अनुमति मागिन्‌। उनले अनुमति मात्र होइन, यस्तो अग्रसरता देखाएकोमा स्याबासीसमेत पाइन्‌। एक दिन बिहान हाजिर लिने बेला स्कूलको प्रिन्सिपलले उक्‍त निम्तोबारे लाउडस्पिकरबाट घोषणासमेत गरे!

पछि मारियाले सबै कक्षामा जाने अनुमति मागिन्‌। शिक्षकहरूबाट अनुमति पाएपछि उनले प्रत्येक कक्षामा गएर कोही मापुचे छन्‌ कि भनेर सोधिन्‌। उनी भन्छिन्‌: “स्कूलभरि मापुचे परिवारका १०/१५ जना विद्यार्थी होलान्‌ भन्ठानेकी थिएँ तर धेरै रहेछन्‌—मैले १५० वटा निम्तो पर्ची बाँडें!”

“पाको व्यक्‍ति होला भन्ठान्‍नुभएको रहेछ”

स्कूलको मुख्य प्रवेशद्वारमा उक्‍त निम्तो पर्ची देखेपछि एउटी स्त्रीले त्यसबारे कोसित कुरा गर्ने भनेर सोधिन्‌। दस वर्षीया केटीसित भेटाइदिंदा तिनी तीन छक परिन्‌! मारिया इसाबेल हाँस्दै भन्छिन्‌, “पाको व्यक्‍ति होला भन्ठान्‍नुभएको रहेछ।” निम्तो पर्ची दिएर छोटो कुराकानी गरेपछि मारियाले तिनको ठेगाना सोधिन्‌। पछि आफ्ना आमाबाबुसित गएर ती स्त्रीलाई परमेश्‍वरको राज्यबारे धेरै कुरा बताउन चाहन्थिन्‌। स्मरणार्थ उत्सवमा ती स्त्रीलगायत अरू २६ जना मापुचे मानिस उपस्थित भए। यो देख्दा मापुडुङ्‌गुन भाषाको इलाकामा सेवा गरिरहेका २० जना प्रकाशक अत्यन्तै हर्षित भए। अहिले त्यो समूह एउटा जोसिलो मण्डली भएको छ!

तपाईंको उमेर जतिसुकै होस्‌, आफ्ना सहपाठी वा सहकर्मीहरूलाई स्मरणार्थ उत्सव, जनभाषण वा जिल्ला अधिवेशनको लागि निम्तो दिन अग्रसर हुनुभए कसो होला? राम्रो परिणाम हासिल गर्ने उपायबारे हाम्रा प्रकाशनहरूमा पाइने विभिन्‍न अनुभव खोज्नुभए कसो होला? साथै यहोवाबारे अरूलाई बताउने साहस बटुल्न उहाँसित पवित्र शक्‍ति माग्नुहोस्‌। (लूका ११:१३) यसो गर्नुभयो भने राम्रो योजनाको राम्रो परिणाम देखेर छक्कै पर्नुहुनेछ र अझ प्रयास गर्न हौसला पाउनुहुनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने