प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 २/१५ p. ३०
  • तिनी कैयाफाकी आफन्त थिइन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनी कैयाफाकी आफन्त थिइन्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • मिल्दोजुल्दो सामग्री
  • येशूको अस्तित्वको पुरातात्त्विक प्रमाण?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • येसुलाई पहिला हन्‍नासकहाँ, त्यसपछि कैयाफाकहाँ लगिन्छ
    येसु—बाटो, सत्य र जीवन
  • लाजरस पुनर्जीवित हुँदा
    सबैभन्दा महान्‌ पुरुष
  • उहाँ पहिले हन्‍नासकहाँ र त्यसपछि कैयाफाकहाँ लगिनुहुन्छ
    सबैभन्दा महान्‌ पुरुष
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 २/१५ p. ३०

तिनी कैयाफाकी आफन्त थिइन्‌

अस्थिबाकस राखिने गरिएको पुरातन चिहान

कहिलेकाहीं पुरातत्त्वविद्‌हरूले बाइबल पात्रकै विषयमा कुँदिएका वस्तुहरू भेट्टाएका छन्‌ भने कहिलेकाहीं बाइबल पात्रसित सम्बन्धित व्यक्‍तिहरूको विषयमा कुँदिएका वस्तुहरू फेला पारेका छन्‌। उदाहरणको लागि, सन्‌ २०११ मा इजरायली शास्त्रविद्‌हरूले एउटा समाचार प्रकाशित गरे। त्यो समाचार बाइबल पात्रको आफन्तको विषयमा कुँदिएको अस्थिबाकस फेला परेको सन्दर्भमा थियो। कलात्मक रूपमा बनाइएको उक्‍त चूनढुङ्‌गाको बाकस २,००० वर्ष पुरानो थियो। त्यसमा लास कुहिसकेपछि राखिएका अस्थिहरू थिए।

त्यस अस्थिबाकसमा यस्तो कुँदिएको थियो: “बेथ इम्रीका माज्याह दलका पुजारी कैयाफाका छोरा येशूआकी छोरी मिरियम।” येशूको पुर्पक्ष र मृत्युदण्डको मामिलामा यहूदी प्रधान पुजारी कैयाफा मुछिएका थिए। (यूह. ११:४८-५०) इतिहासकार फ्लेभियस जोसेफसले ती प्रधान पुजारीलाई “कैयाफा भनिने यूसुफ” भनेका छन्‌। त्यो अस्थिबाकस सम्भवतः ती प्रधान पुजारीका आफन्तको हुन सक्छ। यसअघि फेला परेको अस्थिबाकस ती प्रधान पुजारीको हो भनेर अनुमान लगाइएको छ। त्यसमा “यहोसेफ बार कैयाफा” अर्थात्‌ कैयाफाकाa छोरा यूसुफ भनेर कुँदिएको छ। त्यसैले मिरियम कैयाफाकी आफन्त थिइन्‌।

पुरातात्त्विक अवशेषसम्बन्धी इजरायली निकायले (आइ ए ए) दिएको जानकारीअनुसार मिरियमको अस्थिबाकस पुरातन चिहानबाट चोरी भएको थियो। त्यस हस्तकला र त्यसमा कुँदिएका शब्दहरूको जाँचले त्यो मिरियमकै अस्थिबाकस हो भनेर पुष्टि गर्छ।

मिरियमको अस्थिबाकसबाट हामी अर्को कुरा पनि बुझ्न सक्छौं। यरूशलेमको मन्दिरमा पालैपालो सेवा गर्ने पुजारीहरूको २४ दलमध्ये अन्तिम दल “माज्याह”-बारे पनि त्यस बाकसमा उल्लेख गरिएको छ। (१ इति. २४:१८) आइ ए ए-ले बताएअनुसार उक्‍त बाकसमा कुँदिएका शब्दहरूले “कैयाफा परिवार माज्याह दलको थियो” भनेर प्रस्ट पार्छ।

साथै त्यस बाकसमा बेथ इम्रीबारे पनि उल्लेख गरिएको छ। बेथ इम्री भन्‍ने शब्दलाई दुई तरिकामा बुझ्न सकिन्छ। आइ ए ए-अनुसार “पहिलो सम्भावना, बेथ इम्री भन्‍ने नाम पुजारी परिवार अर्थात्‌ इम्मेरका परिवारको (एज्रा २:३६, ३७; नहे. ७:३९-४२) नाम हुन सक्छ, जसको सन्तानमा माज्याह दलका सदस्यहरू पनि पर्छन्‌।” “दोस्रो सम्भावना, [बेथ इम्री] मृतक मिरियमको अथवा तिनको सम्पूर्ण परिवारको जन्मभूमि हुन सक्छ।” जेहोस्‌, मिरियमको अस्थिबाकसले बाइबल पात्रहरू वास्तविक हुन्‌, काल्पनिक होइनन्‌ भन्‍ने प्रमाण दिन्छ।

a कैयाफाको अस्थिबाकसबारे जनवरी १५, २००६ को प्रहरीधरहरा (अङ्‌ग्रेजी), पृष्ठ १०-१३, “येशूलाई दोषी ठहऱ्‍याउने प्रधान पुजारी” भन्‍ने लेख हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने