प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 ३/१५ p. २९
  • के यो जोसेफसले नै लेखेका थिए?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के यो जोसेफसले नै लेखेका थिए?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • मिल्दोजुल्दो सामग्री
  • येशू ख्रीष्ट उहाँ पृथ्वीमा आउनुभएको थियो भन्‍ने प्रमाण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • के येशूसम्बन्धी शंकाहरू मनासिब छन्‌?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 ३/१५ p. २९

के यो जोसेफसले नै लेखेका थिए?

प्रथम शताब्दीका इतिहासकार फ्लेभियस जोसेफसले यहूदी इतिहास (ग्रीक) नामक आफ्नो किताबको बीसौं खण्डमा “ख्रीष्ट भनिने येशूको भाइ याकूबको” मृत्युबारे उल्लेख गरेका छन्‌। थुप्रै शास्त्रविद्‌ यसलाई सही ठान्छन्‌। तर त्यही किताबमा येशूबारे उल्लेख गरिएको अर्को वाक्यांशमाथि भने केही शास्त्रविद्‌ शङ्‌का गर्छन्‌। टेस्टिमोनियम फ्लेभियनम (फ्लेभियसको गवाही) भनिने उक्‍त ग्रीक अंशमा यस्तो लेखिएको छ:

“यही समयतिर येशू नाम गरेका एक जना बुद्धिमान्‌ मानिस थिए। खै, तिनलाई मानिस मात्र भन्‍नु उचित होला कि नहोला किनकि तिनले थुप्रै अचम्मका काम गरेका थिए। तिनले सिकाएको सत्य कुरा थुप्रैले खुसीसाथ स्वीकारे। तिनले थुप्रै यहूदी अनि अन्यजातिलाई आफूतर्फ खिचे। तिनी ख्रीष्ट थिए। हामीमाझ भएका केही गण्यमान्य यहूदीको दबाबमा परेर पिलातसले तिनलाई क्रसमा झुन्ड्याउन लगाए। तैपनि तिनलाई माया गर्ने चेलाहरूले तिनलाई त्यागेनन्‌। तीन दिनपछि तिनी आफ्ना चेलाहरूमाझ देखा परे। प्रेरित भविष्यवक्‍ताहरूले तिनीबारे यीलगायत अन्य थुप्रै रोचक भविष्यवाणी गरेका थिए। अनि तिनको नामद्वारा चिनिएका ख्रीष्टियनहरू आजसम्म पनि हराएका छैनन्‌।”—यहूदी इतिहास, अठारौं खण्ड, अध्याय ३, अनुच्छेद ३।

यस अंशलाई सही ठान्‍नेहरू अनि यो अंश जोसेफसले नै लेखेका हुन्‌ भनेर शङ्‌का गर्नेहरूबीच १६ औं शताब्दीको अन्तदेखि तातो बहस सुरु भयो। फ्रान्सेली इतिहासकार तथा शास्त्रीय साहित्यका विशेषज्ञ सर्ज बार्डेटले ४०० वर्षसम्म चलेको यस विवादको गाँठो फुकाउने प्रयास गरे। तिनले अनुसन्धान गरेर पत्ता लगाएका कुराहरू फ्लेभियसको गवाही—इतिहास केलाइएको अध्ययन (फ्रान्सेली) भन्‍ने किताबमा प्रकाशित गरे।

जोसेफस ख्रीष्टियन लेखक थिएनन्‌। तिनी यहूदी इतिहासकार थिए। त्यसकारण मुख्य विवाद येशूलाई “ख्रीष्ट” भन्‍ने पदवी दिइएको विषयमा केन्द्रित थियो। आफ्नो अनुसन्धानमा बार्डेटले यो पदवी मानिसको नाम उल्लेख गर्ने ग्रीक तरिकासित मेल खान्छ भनेर बताए। बार्डेटले बताएअनुसार यहूदी र ख्रीष्टियन धर्मको दृष्टिकोणबाट हेर्दा “जोसेफसले ख्रीष्टस भन्‍ने पदवी चलाउनु असम्भव कुरा मात्र होइन” बरु यसलाई “बेवास्ता गर्नु आलोचकहरूको ठूलो भुल हो।”

किर्ते गर्नेले जोसेफसको लेखनशैली नक्कल गर्दै लेखमा थपथाप गरेको हो कि? ऐतिहासिक प्रमाण तथा लेखनशैली विचार गर्दा त्यसरी नक्कल गर्नु प्रायः असम्भवै छ भन्‍ने निष्कर्ष बार्डेटले निकाले। त्यसो गर्न किर्ते गर्नेसित “सबै कुराको नक्कल गर्न सक्ने विशेष क्षमता हुनुपर्छ।” अर्को शब्दमा भन्‍नुपर्दा “जोसेफसजस्तै हुनुपर्छ।”

त्यसोभए शास्त्रविद्‌हरू त्यस लेखमाथि किन शङ्‌का गर्छन्‌? समस्याको मूल जड उल्लेख गर्दै बार्डेट यसो भन्छन्‌: “कारण यति मात्र हो, फ्लेभियसको गवाही भनिने अंशबारे प्रश्‍नहरू खडा गरिएकोले अन्य पुरातन लेखको तुलनामा त्यसमाथि शङ्‌का गरिन्छ।” उनले बताएअनुसार मानिसहरूले वर्षौंदेखि स्वीकार्दै आएको धारणा लेखको सत्यता स्पष्ट पार्ने प्रमाणमा नभई “छली नियतमा” आधारित छ।

बार्डेटको विश्‍लेषणले फ्लेभियसको गवाही-बारे शास्त्रविद्‌हरूको धारणा परिवर्तन गर्ला कि नगर्ला, त्यो त समयले नै देखाउनेछ। तर यसले ग्रीक-यहूदी धर्म तथा प्रारम्भिक ख्रीष्टियन धर्मका प्रख्यात विज्ञ पियर जोल्ट्रेनलाई भने प्रभाव पारेको छ। लामो समयसम्म तिनी उक्‍त अंशमा थपथाप गरिएको छ भन्‍ने सोचाइ राख्थे अनि यसलाई सही ठान्‍ने व्यक्‍तिहरूलाई हाँसोमा समेत उडाउँथे। तर तिनले आफ्नो सोचाइ परिवर्तन गरे। बार्डेटको कृतिले आफूमा त्यस्तो परिवर्तन ल्याएको हो भनेर तिनी बताउँछन्‌। जोल्ट्रेन भन्छन्‌: “अबदेखि कसैले पनि जोसेफसले लेखेको कुरा ‘भरपर्दो छैन’ भन्‍ने हिम्मत नगरोस्‌।”

यहोवाका साक्षीहरूसित येशूलाई ख्रीष्टको रूपमा स्वीकार्ने अझै चित्तबुझ्दो कारण छ, जुन बाइबलमा पाइन्छ।—२ तिमो. ३:१६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने