प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 ५/१५ p. १३
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • मिल्दोजुल्दो सामग्री
  • क्रस
    ब्यूँझनुहोस्‌!—२०१७
  • के तपाईँलाई थाह थियो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • के तपाईंलाई थाह थियो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • निर्दोष राजा खम्बामा पीडा भोग्नुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 ५/१५ p. १३

पाठकहरूको प्रश्‍न

के इस्राएलीहरूले अपराधीलाई खम्बामा झुन्ड्याएर मृत्युदण्ड दिन्थे?

प्राचीन समयका थुप्रै राष्ट्रमा कुनै-कुनै अपराधीलाई खम्बामा वा खामोमा झुन्ड्याएर मृत्युदण्ड दिइन्थ्यो। रोमीहरूले त्यस्ता अपराधीलाई खम्बामा बाँधेर वा किला ठोकेर मृत्युदण्ड दिन्थे। थुप्रै दिनसम्म पीडा, भोक, प्यास अनि खराब मौसमसित सङ्‌घर्ष गर्दै अन्तमा अपराधीले आफ्नो प्राण त्याग्थ्यो। यसरी खम्बामा झुन्ड्याएर मृत्युदण्ड दिनुलाई रोमीहरू निकृष्ट अपराध गर्नेलाई दिइने अपमानजनक दण्डको रूपमा हेर्थे।

प्राचीन इस्राएलमा नि? के इस्राएलीहरूले अपराधीलाई खम्बामा झुन्ड्याएर मृत्युदण्ड दिन्थे? मोशाको व्यवस्थामा यस्तो लेखिएको थियो: “कुनै मानिसले प्राणदण्ड पाउने पाप गर्दा तिमीहरूले त्यसलाई मारेर त्यसको शरीर रूखमा झुण्ड्यायौ भने, त्यसको लाश रातभरि रूखमा झुण्ड्याएर नराख्नू, तर त्यही दिन त्यसलाई गाडिहाल्नू।” (व्यव. २१:२२, २३, NRV) स्पष्ट छ, हिब्रू धर्मशास्त्र लेखिएको समयमा मृत्युदण्डको योग्य व्यक्‍तिलाई सुरुमा मारिन्थ्यो, त्यसपछि खम्बामा वा रूखमा झुन्ड्याइन्थ्यो।

यस सन्दर्भमा लेवी २०:२ मा यस्तो लेखिएको छ: “इस्राएलीहरू अथवा तिनीहरूसित बास गर्ने परदेशीहरू जसले आफ्नो बालक मोलेकलाई चढाउँछ त्यो मारिनैपर्छ। मानिसहरूले त्यसलाई ढुङ्‌गाले हानून्‌।” साथै ‘झाँक्री, बोक्सी वा जादु-मन्त्रको काम गर्ने’ मानिसहरूलाई पनि मृत्युदण्ड दिइन्थ्यो। कसरी? “ढुङ्‌गाले हानेर।”—लेवी २०:२७.

व्यवस्था २२:२३, २४ मा यस्तो लेखिएको पाउँछौं: “मगनी भएकी केटीलाई कुनै पुरुषले शहरभित्रै बलात्कार गरेको फेला पऱ्‍यो भने ती दुवैलाई शहरको बाहिर लगेर मरूञ्जेल ढुङ्‌गाले हान्‍नू—शहरभित्रै भएर पनि नचिच्याएकोले स्त्रीलाई मार्नू, औ आफ्नो दाज्यू-भाइका स्वास्नीको सतीत्व नष्ट गरेकोले पुरुषलाई मार्नू। यसरी तिमीहरूले आफ्नो बीचबाट यस्तो खराबी हटाउनू।” स्पष्ट छ, जघन्य अपराध गर्ने मानिसलाई ढुङ्‌गाले हानेर मृत्युदण्ड दिनु पुरातन इस्राएलीहरूको चलन थियो।a

स्पष्ट छ, हिब्रू धर्मशास्त्र लेखिएको समयमा मृत्युदण्डको योग्य व्यक्‍तिलाई सुरुमा मारिन्थ्यो, त्यसपछि खम्बामा वा रूखमा झुन्ड्याइन्थ्यो

व्यवस्था २१:२३ मा भनिएको छ: “जो झुण्डाइन्छ त्यो परमेश्‍वरबाट श्रापित हुन्छ।” यस्ता अपराधीको लास मानिसहरूको चेतावनीको लागि तिनीहरूले देख्ने ठाउँमा खम्बामा वा रूखमा झुन्ड्याएर राखिन्थ्यो।

a व्यवस्थाअनुसार अपराधीलाई खम्बामा झुन्ड्याइनुअघि मारिन्थ्यो। यस कुरामा थुप्रै शास्त्रविद्‌ सहमत छन्‌। तर प्रथम शताब्दीसम्ममा यहूदीहरूले केही अपराधीलाई जिउँदै खम्बामा झुन्ड्याएर मारेको प्रमाण छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने