विषयसूची
अक्टोबर १५, २०१३
© 2013 Watch Tower Bible and Tract Society of Pennsylvania.
अध्ययन संस्करण
डिसेम्बर २-८, २०१३
सृष्टिले सृष्टिकर्ताको अस्तित्वको प्रमाण दिन्छ
डिसेम्बर ९-१५, २०१३
“यहोवाको दास बनेर उहाँको सेवा गर”
डिसेम्बर १६-२२, २०१३
लेवीहरूको प्रार्थनाबाट सिक्न सकिने पाठ
डिसेम्बर २३-२९, २०१३
अध्ययन लेखहरू
▪ सृष्टिले सृष्टिकर्ताको अस्तित्वको प्रमाण दिन्छ
अदृश्य परमेश्वरले यो ब्रह्माण्ड सृष्टि गर्नुभयो। के तपाईं मनदेखि नै यो कुरामा विश्वास गर्नुहुन्छ? सबैले त गर्दैनन्। सृष्टिकर्ताबारे सत्य कुरा बुझ्न अरूलाई कसरी मदत गर्न सक्छौं र उहाँमाथिको हाम्रो विश्वास कसरी बलियो बनाउन सक्छौं? यस लेखबाट सिक्नुहोस्।
▪ “यहोवाको दास बनेर उहाँको सेवा गर”
ख्रीष्टियनहरूलाई यहोवाको दास बन्न प्रोत्साहन दिइएको छ। यस लेखमा मोशाको व्यवस्थाले दासहरूको लागि गरेको प्रबन्धबारे बताइएको छ। सैतानको र त्यसको अधीनमा रहेको संसारको दास नहुन हामी के गर्न सक्छौं? अनि यहोवाप्रति वफादार हुँदा हामीलाई कस्तो फाइदा हुन्छ? त्यसबारे पनि यस लेखबाट सिक्नेछौं।
▪ लेवीहरूको प्रार्थनाबाट सिक्न सकिने पाठ
▪ येशूको प्रार्थनाबमोजिम काम गर्नुहोस्
परमेश्वरको वचनमा दिनहुँ मनन गऱ्यौं भने हाम्रो प्रार्थना अर्थपूर्ण हुनेछ। लेवीहरूले परमेश्वरका सेवकहरूका खातिर चढाएको प्रार्थनामा यो कुरा कसरी सत्य साबित भयो, पहिलो लेखमा छलफल गर्नेछौं। अनि येशूको प्रार्थनाबमोजिम कसरी काम गर्न सक्छौं, दोस्रो लेखमा छलफल गर्नेछौं। आफ्नो व्यक्तिगत कुरालाई भन्दा यहोवाको इच्छालाई पहिलो स्थान दिन यी दुवै प्रार्थनाले मदत गर्नेछ।
साथै यस अङ्कमा
३ तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—फिलिपिन्स
आवरण: एटाइट्लन ताल नजिकै पर्ने प्यानज्याकल भन्ने सानो सहरमा प्रचार गर्दै एक प्रकाशक। ग्वाटेमालाका साक्षीहरू स्पेनिश भाषाबाहेक अन्य ११ वटा रैथाने भाषामा पनि सुसमाचार प्रचार गर्छन्।
ग्वाटेमाला
जनसङ्ख्या:
१,५१,६९,०००
प्रकाशक:
३४,६९३
बाइबल अध्ययन:
४७,६०६