प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 ६/१५ p. २२
  • के तपाईंलाई सम्झना छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई सम्झना छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • चार घोडसवार तिनीहरू को हुन्‌?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • चार घोडसवारहरूको दौड!
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
  • चार घोडसवार अनि तपाईं
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • युद्ध अनि दुःखकष्ट पछाडि कसको हात छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 ६/१५ p. २२

के तपाईंलाई सम्झना छ?

के तपाईंले प्रहरीधरहरा पत्रिकाका हालैका अङ्‌कहरू ध्यान दिएर पढ्‌नुभयो? उसोभए, तपाईं निम्न प्रश्‍नहरूको जवाफ दिन सक्नुहुन्छ कि:

निस्तार-चाडको थुमा नीसान १४ को कतिखेर मार्नुपर्थ्यो?

केही बाइबल अनुवादअनुसार निस्तार-चाडको थुमा “बेलुकीपख” मार्नुपर्थ्यो। मतलब, घाम अस्ताइसकेपछि तर रात पर्नुअघि। (प्रस्थ. १२:६)—१२/१५, पृष्ठ १८-१९.

बाइबलका कुन-कुन सिद्धान्तले युवाहरूलाई बुद्धिमानी निर्णय गर्न मदत गर्छ?

तीनवटा सिद्धान्त यसप्रकार छन्‌: (१) परमेश्‍वरको राज्यलाई र उहाँको स्तरबमोजिमको असल कामलाई पहिलो स्थान दिनुहोस्‌। (मत्ती ६:१९-३४) (२) अरूको सेवा गरेर आनन्दित हुनुहोस्‌। (प्रेषि. २०:३५) (३) युवावस्थामै यहोवाको सेवा गरेर रमाउनुहोस्‌। (उप. १२:१)—१/१५, पृष्ठ १९-२०.

सन्‌ १९१४ देखि कुन चार घोडसवार अघि लम्किरहेका छन्‌?

सेतो घोडामा सवार भएको व्यक्‍ति येशूले सैतान र त्यसका स्वर्गदूतहरूलाई स्वर्गबाट निकाल्नुभयो। चहकिलो रातो रङ्‌गको घोडामा सवार हुनेले मानिसजातिलाई असर गर्ने युद्धलाई चित्रण गर्छ। कालो घोडामा सवार हुनेले अनिकाललाई चित्रण गर्छ। अनि रङ्‌ग फुङ्‌ग उडेको एउटा पहेंलो घोडामा सवार हुनेसँग घातक महामारी ल्याउने अख्तियार छ। महामारीले करोडौं मानिसको ज्यान लिएको छ। (प्रका. ६:२-८)—२/१, पृष्ठ ६-७.

“थुमाको विवाह” कहिले सम्पन्‍न हुनेछ? (प्रका. १९:७)

राजा येशू ख्रीष्टले विजय हासिल गरेपछि अर्थात्‌ महान्‌ बेबिलोन नामेट भएपछि र आरमागेडोनको युद्धपछि “थुमाको विवाह” सम्पन्‍न हुनेछ।—२/१५, पृष्ठ १०.

येशूका समयका यहूदीहरूले किन मसीह आउने “आशा गरिरहेका थिए”? (लूका ३:१५)

मसीहबारे दानियलको भविष्यवाणी आज हामीले बुझेजस्तै प्रथम शताब्दीका यहूदीहरूले बुझेका थिए कि थिएनन्‌ पक्का छैन। (दानि ९:२४-२७) तर केही गोठालाहरूलाई स्वर्गदूतले गरेको घोषणा अथवा बालक येशूलाई देखेपछि हन्‍ना नाम गरेकी भविष्यवक्‍ताले भनेको कुरा तिनीहरूले सुनेको हुनुपर्छ। साथै, ज्योतिषीहरू ‘यहूदीहरूका राजा भएर जन्मेका’ बालकलाई हेर्न आए। (मत्ती २:१, २) बप्तिस्मा गराउने यूहन्‍नाले पनि ख्रीष्ट चाँडै आउनेछन्‌ भनेर सङ्‌केत गरे।—२/१५, पृष्ठ २६-२७.

‘हुन्छ’ भनेर पछि ‘हुँदैन’ भन्‍नदेखि कसरी जोगिन सक्छौं? (२ कोरि. १:१८)

नियन्त्रणमै नभएको परिस्थितिले गर्दा कहिलेकाहीं हामीलाई आफ्नो वचन पूरा गर्न गाह्रो हुन सक्छ। तर हामीले कसैलाई वाचा दिइसकेपछि आफ्नो वाचा पूरा गर्न सक्दो गर्नुपर्छ।—३/१५, पृष्ठ ३२.

अश्‍लील सामग्री हेर्ने प्रलोभनदेखि कसरी बच्न सक्छौं?

तीनवटा तरिका यसप्रकार छन्‌: (१) कामुक दृश्‍य देख्यौं भने तुरुन्तै आँखा फर्काउनुपर्छ। (२) सकारात्मक कुरामा ध्यान दिएर अनि परमेश्‍वरलाई प्रार्थना गरेर आफ्नो सोचाइलाई जोगाउनुपर्छ। (३) अश्‍लील दृश्‍य भएको फिल्म वा वेब साइट नहेरेर आफ्नो पाइलालाई जोगाउनुपर्छ।—४/१, पृष्ठ १०-१२.

कुनै ख्रीष्टियन आफ्नो परिवारलाई छोडेर पैसा कमाउन विदेश जाँदा आशै नगरेको कस्तो परिणाम हुन सक्छ?

आमाबुबा परिवारलाई छोडेर टाढा जाँदा छोराछोरीले भावनात्मक र नैतिक हानि बेहोर्नुपर्ने हुन्छ। उनीहरूलाई आमाबुबादेखि रिस उठ्‌न सक्छ। श्रीमान्‌ वा श्रीमती साथमा नहुँदा अवैध यौनसम्बन्ध राख्ने दबाब पनि आउन सक्छ।—४/१५, पृष्ठ १९-२०.

यातनाको खम्बामा अपराधीलाई मृत्युदण्ड दिइँदा किन तिनको खुट्टा भाँच्ने गरिन्थ्यो?

रोमीहरूले केही अपराधीलाई खम्बामा झुन्ड्‌याएर मृत्युदण्ड दिए। यहूदीहरूले येशूसँगै मृत्युदण्ड दिइएका अपराधीहरूको खुट्टा भाँच्न आग्रह गरे। यसले गर्दा अपराधीलाई सास फेर्न गाह्रो हुन्थ्यो र चाँडै मृत्यु हुन्थ्यो। त्यसैले लासलाई रातभरि खम्बामा छोड्‌नुपर्दैन थियो। (व्यव. २१:२२, २३)—५/१, पृष्ठ ११.

प्रचारमा भाग लिंदा मनमा राख्नुपर्ने चारवटा प्रश्‍न के-के हुन्‌?

म कोसित कुरा गर्दै छु? म कहाँ कुरा गर्दै छु? मानिसहरूसित कुरा गर्ने उपयुक्‍त समय कहिले हो? मानिसहरूसित कसरी कुरा गर्नुपर्छ?—५/१५, पृष्ठ १२-१५.

धूम्रपान कत्तिको घातक हुन्छ?

बितेको सय वर्षमा धूम्रपानले गर्दा १० करोडको ज्यान गयो। अहिले हरेक वर्ष लगभग ६० लाखको मृत्यु हुने गर्छ।—६/१, पृष्ठ ३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने