प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w15 १/१ p. १३
  • के तपाईंलाई थाह थियो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई थाह थियो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • मिल्दोजुल्दो सामग्री
  • राज्यशक्‍तिमा आउनुभएका ख्रिष्टले भेडा र बाख्राको न्याय गर्नुहुनेछ
    येसु—बाटो, सत्य र जीवन
  • भेडा र बाख्राहरूसामु कस्तो भविष्य छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • ख्रीष्टका भाइहरूलाई वफादार भई समर्थन गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • आफ्नो सेवा गर्ने सबैलाई इनाम दिनुहुने परमेश्‍वर
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
w15 १/१ p. १३

के तपाईंलाई थाह थियो?

बाइबलमा चलाइएको “नपुंसक” शब्दको अर्थ के हो?

अश्‍शूरी हस्तकलामा नपुंसकको चित्र

अश्‍शूरी हस्तकलामा नपुंसकको चित्र

साधारणतया नपुंसक शब्दले सन्तान जन्माउन नसक्ने बनाइएको पुरुषलाई बुझाउँछ। बाइबलकालीन समयमा सजायस्वरूप कसै-कसैलाई नपुंसक बनाइन्थ्यो। अथवा मानिसहरूलाई युद्धबन्दी वा दास बनाइँदा पनि त्यसो गरिन्थ्यो। नपुंसक बनाइएका केही भरपर्दा पुरुषहरूलाई राजाका रखौटीहरू राखिने ठाउँको रेखदेख गर्न खटाइन्थ्यो। उदाहरणका लागि, फारसी राजा अहासूरसका पत्नी तथा रखौटीहरूको रेखदेख गर्ने जिम्मा नपुंसक हेगे र शाश्‍गजलाई दिइएको थियो। राजा अहासूरस सायद जारसेज प्रथम थिए।—एस्तर २:३, १४.

तर बाइबलमा चलाइएको नपुंसक शब्दले सन्तान जन्माउन नसक्ने बनाइएको पुरुषलाई मात्र बुझाउँदैन। केही शास्त्रविद्‌का अनुसार बाइबलमा चलाइएको नपुंसक शब्दले राजाको दरबारमा काम गर्ने अफिसरलाई पनि बुझाउँछ। यही अर्थमा यर्मियाका सहयोगी एबेदमेलेक र फिलिपले प्रचार गरेका इथियोपियाली अफिसरलाई नपुंसक भनिएको हुनुपर्छ। बाइबलमा ती इथियोपियाली अफिसरको नाम खुलाइएको छैन। एबेदमेलेक एक उच्च पदका अधिकारी थिए किनभने तिनले राजा सिदकियाहसित सीधै कुरा गर्न सक्ने अख्तियार पाएका थिए। (यर्मिया ३८:७, ८) अनि बाइबलअनुसार राजकीय सम्पत्तिको हेरविचार गर्ने जिम्मा पाएका ती इथियोपियाली अफिसर “यरूशलेममा उपासना” गर्न गएका थिए।—प्रेषित ८:२७.

बाइबलकालीन समयका गोठालाहरूले भेडा र बाख्रालाई किन छुट्ट्याउँथे?

भेडाको बगालसँगै एक गोठालो

भविष्यमा न्याय हुने समयबारे बताउँदा येशूले यसो भन्‍नुभएको थियो: ‘जब मानिसको छोरा आफ्नो गौरवसहित आउँछ, तब गोठालोले बाख्राहरूबाट भेडाहरूलाई छुट्ट्याएजस्तै उसले मानिसहरूलाई छुट्ट्याउनेछ।’ (मत्ती २५:३१, ३२) गोठालाहरूले भेडा र बाख्रालाई किन छुट्ट्याउने गर्थे?

साधारणतया दिउँसोको समयमा भेडा र बाख्रालाई सँगसँगै चराइन्थ्यो। तर रातमा भने तिनीहरूलाई जङ्‌गली जनावर, चोर अनि चिसोबाट जोगाउन गोठमा राखिन्थ्यो। (उत्पत्ति ३०:३२, ३३; ३१:३८-४०) शान्त स्वभावका भेडाहरू, खासगरि माउ तथा पाठाहरूलाई झगडालु स्वभावका बाख्राहरूबाट जोगाउन अलग-अलग गोठमा राखिन्थ्यो। अल थिङ्‌ग्स इन द बाइबल नामक अङ्‌ग्रेजी किताबअनुसार “बच्चा ब्याउने, दूध खुवाउने अनि ऊन कत्रने समय­मा” पनि गोठालाहरूले भेडा र बाख्रालाई छुट्ट्याउँथे। येशूले बताउनुभएको दृष्टान्त पुरातन इस्राएलका मानिसहरूले सजिलै बुझ्न सक्थे। किनभने त्यहाँ भेडा पाल्ने र गोठालो गर्ने काम सामान्य थियो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने