प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp17 No. २ pp. ३-४
  • एउटा विशेष उपहार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एउटा विशेष उपहार
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • मिल्दोजुल्दो सामग्री
  • ईश्‍वरले दिनुभएको सर्वोत्तम उपहार—किन यति मूल्यवान्‌ छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • सबैभन्दा उत्तम उपहार
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • येशू ख्रीष्ट उहाँको सन्देश अनि तपाईं
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • फिरौतीको बलिदान परमेश्‍वरले दिनुभएको सबैभन्दा अनमोल उपहार
    बाइबलले वास्तवमा के सिकाउँछ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
wp17 No. २ pp. ३-४
एक वृद्ध पुरुष सानो केटोलाई डुङ्‌गा आकारको पेन्सिल कटर दिंदै

आवरण लेख | ईश्‍वरले दिनुभएको सर्वोत्तम उपहार—के तपाईं स्वीकार्नुहुन्छ?

एउटा विशेष उपहार

जोर्डनको हातमा भएको जहाज आकारको पेन्सिल कटर कुनै मोलको छैन जस्तो देखिन्छ तर यो तिनीसँग भएको विशेष सामानमध्ये एक हो। जोर्डन भन्छन्‌, “हाम्रो परिवारसँग राम्रो सम्बन्ध भएको रसल बाजेले म सानै छँदा मलाई यो उपहार दिनुभयो।” जोर्डनको हजुरबुबा र आमाबुबालाई गाह्रो अवस्थामा रसलले धेरै मदत गरेको कुरा रसलको मृत्युपछि तिनले थाह पाए। जोर्डन भन्छन्‌, “रसल बाजेको बारेमा अझ धेरै थाह पाइसकेपछि यो सानो उपहार मेरो लागि ठूलो मोलको भएको छ।”

जोर्डनको उदाहरणले देखाएझैं कसै-कसैको नजरमा कुनै उपहार थोरै मोलको अथवा कुनै मोलको नहुन सक्छ। तर उपहारको कदर गर्ने व्यक्‍तिलाई भने त्यो उपहार एकदमै बहुमूल्य लाग्न सक्छ। ईश्‍वरले हामीलाई पनि एउटा अमूल्य उपहार दिनुभएको छ। त्यसबारे बाइबल यसरी बताउँछ: “परमेश्‍वरले संसारलाई यत्ति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र छोरा दिनुभयो, ताकि ऊमाथि विश्‍वास गर्ने हरेक नाश नहोस्‌ तर उसले अनन्त जीवन पाओस्‌।”—यूहन्‍ना ३:१६.

मानिसलाई अनन्त जीवन दिन सक्ने उपहार! योभन्दा बहुमूल्य उपहार अरू कुनै हुन सक्ला र? कसै-कसैले यो उपहारको महत्त्व नबुझे तापनि साँचो ख्रीष्टियनहरू यसलाई “अमूल्य” कुराको रूपमा लिन्छन्‌। (भजन ४९:८, NW; १ पत्रुस १:१८, १९) ईश्‍वरले किन मानिसहरूको निम्ति उपहारको रूपमा आफ्नो छोरा बलिदान चढाउनुभयो?

प्रेषित पावलले यसरी जवाफ दिए: “एकै जना मानिसद्वारा पाप संसारमा प्रवेश भयो अनि पापद्वारा मृत्यु र यसरी मृत्यु सबै मानिसमा व्याप्त भयो।” (रोमी ५:१२) पहिलो मानिस आदमले जानाजानी ईश्‍वरको आज्ञा नमानेर पाप गरे अनि सजायस्वरूप मृत्यु भोगे। आदमले गर्दा तिनको सबै सन्तानले मृत्यु भोग्नुपऱ्‍यो।

“पापले तिर्ने ज्याला मृत्यु हो तर परमेश्‍वरले दिनुहुने वरदान हाम्रा प्रभु ख्रीष्ट येशूमार्फत अनन्त जीवन हो।” (रोमी ६:२३) मानिसजातिलाई मृत्युको फन्दाबाट जोगाउनको लागि आफ्नो छोराको त्रुटिरहित शरीर अर्पण गर्न ईश्‍वरले येशू ख्रीष्टलाई यस पृथ्वीमा पठाउनुभयो। यही बलिदान अर्थात्‌ “फिरौती”-को आधारमा येशूमाथि विश्‍वास गर्ने सबैले अनन्त जीवन पाउन सक्छन्‌।—रोमी ३:२४.

ईश्‍वरले येशू ख्रीष्टद्वारा दिनुहुने आशिष्‌हरूबारे पावलले भने: “परमेश्‍वरले सित्तैंमा दिनुहुने अवर्णनीय वरदानको लागि उहाँलाई धन्यवाद होस्‌।” (२ कोरिन्थी ९:१५) हो, फिरौतीको बलिदान एकदमै अद्‌भुत छ। हामी यसलाई शब्दद्वारा वर्णनै गर्न सक्दैनौं। तर ईश्‍वरले हामीलाई दिनुभएको थुप्रै उपहारमध्ये फिरौतीको बलिदान किन अझै अनमोल छ? यसलाई किन एउटा विशेष उपहार भन्‍न सकिन्छ?a अनि हामीले यसप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ? यस सन्दर्भमा बाइबलको जवाफ थाह पाउन यसपछिका दुई वटा लेखहरू पढ्‌न तपाईंलाई आग्रह गर्छौं।

a येशूले राजीखुसीले “हाम्रो निम्ति आफ्नो ज्यान अर्पण गर्नुभयो।” (१ यूहन्‍ना ३:१६) तर यो बलिदान ईश्‍वरको उद्देश्‍यको भाग भएकोले यी लेखहरूमा फिरौतीको प्रबन्धकको रूपमा ईश्‍वरको भूमिकाबारे चर्चा गरिएको छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने