प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp17 No. २ pp. १०-१२
  • दासत्वबाट छुटकारा पहिले र अहिले

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दासत्वबाट छुटकारा पहिले र अहिले
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • युद्धको कारण दासत्व झनै फस्टाएको छ
  • स्वतन्त्रताको लडाइँ
  • दासत्व उन्मूलन हुने समय
  • दासत्व विरुद्ध लामो संघर्ष
    ब्यूँझनुहोस्‌!—२००२
  • के परमेश्‍वरले दासप्रथाको भर्त्सना गर्नुहुन्छ?
    ब्यूँझनुहोस्‌!—२००१
  • “तिमीहरू दाम तिरेर किनिएका हौ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • दासत्व—यसको महामारी अझै बाँकी छ
    ब्यूँझनुहोस्‌!—२००२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
wp17 No. २ pp. १०-१२
अफ्रिका र अमेरिकाबीच दास किनबेच गर्ने व्यापार

दास किनबेच गर्ने व्यापार अफ्रिका र अमेरिकाबीचको सबैभन्दा आकर्षक व्यापार भयो

दासत्वबाट छुटकारा पहिले र अहिले

पूर्णिमाa सैलुनमा काम गर्ने भनेर युरोप आइपुगिन्‌। तर दस दिनसम्म उनीमाथि नियमित रूपमा हातपात भयो र उनको घरमा भएका परिवारका सदस्यहरूलाई पनि कुटपिट गर्ने धम्की दिइयो। त्यसैले अन्तमा केही सीप नलागेर उनी वेश्‍यावृत्तिमा लागिन्‌।

पुरातन समयको मिश्रमा कैद गरिएका दासहरूको चित्र

प्राचीन मिश्रमा कैदी बनाएर ल्याइएका दासहरूको चित्र

पूर्णिमा प्रत्येक रात २०० देखि ३०० युरो कमाएर मालिक्नीसँग लिएको ४० हजार युरो चुक्‍ता गर्ने आशामा थिइन्‌।b पूर्णिमा भन्छिन्‌, “थुप्रै चोटि भाग्ने विचार आयो तर तिनीहरूले मेरो परिवारलाई केही गर्लान्‌ भन्‍ने डरले भाग्न सकिनँ। उम्कने बाटै थिएन।” उनको कथा यौन धन्दामा लाग्न बाध्य पारिएका विश्‍वका लगभग ४० लाख मानिसहरूसित मिल्दोजुल्दो छ।

आजभन्दा लगभग ४ हजार वर्षअघि यूसुफ नाम गरेका किशोरलाई तिनका दाजुभाइहरूले बेचिदिए। तिनलाई मिश्रका एक प्रतिष्ठित व्यक्‍तिले दास बनाएर राखे। तिनले पूर्णिमाले जस्तो सुरुदेखि नै आफ्नो मालिकको दुर्व्यवहार खप्नु परेन। तर जब यूसुफले आफ्नो मालिककी पत्नीको इच्छा पूरा गर्न इन्कार गरे, तिनलाई बलात्कार गर्न खोजेको आरोप लगाइयो। त्यसपछि तिनलाई फलामको जन्जिरले बाँधेर झ्यालखानामा हालियो।—उत्प. ३९:१-२०; भज. १०५:१७, १८.

यूसुफ प्राचीन समयका दास थिए भने पूर्णिमाचाहिं २१ औं शताब्दीकी। तर दुवै जना सदियौंदेखि व्याप्त मानव बेचबिखनको सिकार बनेका थिए। यसरी बेचबिखनमा पर्नेहरूलाई कुनै दया-माया गरिंदैन बरु तिनीहरूबाट आर्थिक लाभ असुल्न खोजिन्छ।

युद्धको कारण दासत्व झनै फस्टाएको छ

युद्धग्रस्त इलाकामा दासहरू सजिलै भेट्टाइन्छ। मिश्रका राजा थुत्मस तेस्रोले कनानमाथि आक्रमण गरेर ९० हजार जनालाई कैदी बनाएर ल्याए। मिश्रीहरूले तिनीहरूलाई मन्दिर बनाउने काममा, सुरुङ खन्‍ने काममा र खानीमा दासको रूपमा प्रयोग गरे।

रोमी साम्राज्यमा पनि युद्धको कारण दासहरू छ्यास्छ्यास्ती पाइन्थ्यो। कहिलेकाहीं त दासहरूको माग धेरै भएकोले गर्दा युद्ध हुन्थ्यो। प्रथम शताब्दीसम्ममा रोमको जनसङ्‌ख्याको आधाजसो त दासहरू थिए भन्‍ने अनुमान गरिन्छ। मिश्री दास र रोमी दासहरूलाई असाध्यै दुर्व्यवहार गरिन्थ्यो। रोमको खानीमा काम गर्ने दासहरूको सरदर आयु लगभग ३० वर्ष मात्र हुन्थ्यो।

समय बित्दै जाँदा पनि दासत्व प्रथा यथावतै रह्‍यो। सोह्रौं शताब्दीदेखि उन्‍नाइसौं शताब्दीमा दास किनबेच गर्ने व्यापार अफ्रिका र अमेरिकाबीचको सबैभन्दा आकर्षक व्यापार भयो। युनेस्कोको रिपोर्टअनुसार ‘२ करोड ५० लाखदेखि ३ करोड पुरुष, स्त्री र केटाकेटीलाई जबरजस्ती बेचबिखन गरियो।’ आन्द्र महासागर पार गर्दा हजारौं मानिसले ज्यान गुमाए। त्यतिबेला बाँच्न सफल ओलाउदा इक्वेनो नाम गरेका दासले यसो भने: “महिलाहरूको चिच्च्याहट, मृत्युसित लडिरहेकाहरूको रोदनले पूरै दृश्‍यलाई यति भयानक बनाइदिएको थियो, त्यसको वर्णन नै गर्न सकिंदैन।”

दुःखको कुरा, दासत्व प्रथा इतिहासको कुरा मात्र होइन। अन्तरराष्ट्रिय मजदुर सङ्‌गठनको रिपोर्टअनुसार लगभग २ करोड १० लाख पुरुष, स्त्री र केटाकेटीहरू अझै पनि दासको रूपमा काम गर्छन्‌। तिनीहरूलाई एकदमै थोरै पैसा दिइन्छ वा दिइँदै दिइँदैन। अहिलेका दासहरू इँटा कारखाना, खानी, वेश्‍यालय र निजी घरहरूमा काम गर्छन्‌। कानुनविपरीत भए पनि यस्तो खालको दासत्व झन्‌झनै बढिरहेको छ।

इँटा भट्टामा दासको रूपमा काम गर्ने बालबालिका

लाखौंले अहिले पनि दासत्वमा जीवन बिताइरहेका छन्‌

स्वतन्त्रताको लडाइँ

कठोर व्यवहार गरिएको कारण थुप्रै दास स्वतन्त्रताको लागि लडेका छन्‌। ईसापूर्व प्रथम शताब्दीमा स्पार्टाकस नाम गरेका योद्धा र १ लाखजति दासहरूले रोमविरुद्ध विद्रोह गरे। तर तिनीहरू त्यसमा सफल भएनन्‌। अठारौं शताब्दीमा क्यारेबियन टापुको हिस्पानियोलामा दासहरू आफ्ना मालिकहरूविरुद्ध उठे। ती दासहरूले उखु खेतीमा भोग्नुपरेको अन्याय-अत्याचारको कारण त्यहाँ १३ वर्षसम्म गृहयुद्ध चर्कियो। अन्तमा सन्‌ १८०४ मा हाइटी एक स्वतन्त्र राष्ट्रको रूपमा स्थापित भयो।

इस्राएलीहरूले मिश्रको दासत्वबाट पाएको छुटकारा दासत्वको इतिहासमा सबैभन्दा ठूलो सफलता थियो। त्यसबेला सायद ३० लाख मानिसहरूले अर्थात्‌ एउटा सिङ्‌गो राष्ट्रले नै मिश्रको दासत्वबाट छुटकारा पाएको थियो। वास्तवमा उनीहरू स्वतन्त्र हुन योग्यका थिए। बाइबलले बताएअनुसार मिश्रीहरूले उनीहरूलाई “सबै किसिमका काम गर्न लगाएर उनीहरूको जीवनै खल्लो बनाइदिए।” (प्रस्थान १:११-१४) मिश्रका एक जना शासक त इस्राएलीहरूको सङ्‌ख्या बढ्‌दै गएको देखेर त्यसलाई रोक्न साना बालकहरूको हत्या गर्ने अभियानमा लागे।—प्रस्थान १:८-२२.

इस्राएलीहरूले मिश्रको दमनबाट पाएको छुटकारा वास्तवमै उल्लेखनीय थियो किनकि त्यसमा ईश्‍वरको हात थियो। ईश्‍वरले मोशा नाम गरेका भविष्यवक्‍तालाई यसो भन्‍नुभयो, ‘मिश्रमा भएका मेरा प्रजाको दुःख मैले देखेको छु, त्यसैले तिनीहरूलाई छुटकारा दिन म ओर्लिएको छु।’ (प्रस्थान ३:७, ८) अहिले पनि संसारभरका यहूदीहरू त्यो घटनालाई सम्झन हरेक वर्ष निस्तार-चाड मनाउँछन्‌।—प्रस्थान १२:१४.

दासत्व उन्मूलन हुने समय

बाइबल भन्छ, “परमप्रभु हाम्रा परमेश्‍वर अन्याय . . . सहनुहुन्‍न।” अनि बाइबलले बताएअनुसार उहाँ परिवर्तन हुनुभएको छैन। (२ इतिहास १९:७; मलाकी ३:६) ‘कैदीहरूले पाउने मुक्‍तिबारे प्रचार गर्न र पिल्सिएकाहरूलाई छुटाउन’ ईश्‍वरले येशूलाई यस पृथ्वीमा पठाउनुभयो। (लूका ४:१८) के यसको अर्थ साँच्चैको दासत्वबाट छुटाउन हो? होइन। येशू मानिसहरूलाई पाप र मृत्युको दासत्वबाट छुटाउन यस पृथ्वीमा आउनुभएको थियो। पछि येशूले यसो भन्‍नुभयो: “सत्यले तिमीहरूलाई स्वतन्त्र बनाउनेछ।” (यूहन्‍ना ८:३२) अहिलेसम्म पनि येशूको शिक्षाले मानिसहरूलाई थुप्रै तरिकामा छुटकारा दिन्छ।—“भिन्‍नै खालको दासत्वबाट छुटकारा” शीर्षकको पेटी हेर्नुहोस्‌।

ईश्‍वरले यूसुफ र पूर्णिमालाई दासत्वबाट छुटकारा पाउन विभिन्‍न तरिकामा मदत गर्नुभयो। तपाईंले बाइबलको उत्पत्ति अध्याय ३९ देखि ४१ मा यूसुफको रोचक विवरण पाउन सक्नुहुन्छ। स्वतन्त्रता पाउन पूर्णिमाले चालेको कदम पनि उल्लेखनीय छ।

एउटा युरोपेली देशबाट निकालिएपछि पूर्णिमा स्पेन गइन्‌। त्यहाँ उनले यहोवाका साक्षीहरूलाई भेटिन्‌ र बाइबल अध्ययन गर्न थालिन्‌। उनले आफ्नो जीवन सुधार्ने सङ्‌कल्प गरिन्‌ र एउटा जागिर पनि पाइन्‌। उनले आफ्नी मालिक्नीलाई महिनैपिच्छे तिर्दै आएको ऋण रकम अलि कम गर्न लगाइन्‌। एक दिन पूर्णिमालाई त्यस मालिक्नीले फोन गरिन्‌। तिनले पूर्णिमाको ऋण मिनाहा गरिदिइन्‌ र क्षमा मागिन्‌। तिनले त्यसो गर्नुको कारण के थियो? तिनले पनि यहोवाका साक्षीहरूसित बाइबल अध्ययन सुरु गरेकी रहेछिन्‌! पूर्णिमा भन्छिन्‌, “सत्यले सोच्दै नसोचेको तरिकामा स्वतन्त्र बनाउँछ।”

मिश्रमा इस्राएली दासहरूले भोगिरहेको अन्याय-अत्याचार देख्दा यहोवालाई असाध्यै नराम्रो लाग्यो। आजका मानिसहरूले भोगिरहेको अन्याय-अत्याचार देख्दा पनि उहाँलाई त्यस्तै लाग्छ। सबै किसिमका दासत्व अन्त गर्न मानव समाजमा ठूलै परिवर्तन चाहिन्छ। ईश्‍वरले त्यस्तो परिवर्तन गर्ने प्रतिज्ञा गर्नुभएको छ। बाइबल भन्छ, “हामी परमेश्‍वरको प्रतिज्ञाबमोजिम नयाँ आकाश र नयाँ पृथ्वीको प्रतीक्षा गर्दैछौं, जसमा न्यायले बास गर्छ।”—२ पत्रुस ३:१३.

a नाम परिवर्तन गरिएको छ।

b त्यतिबेला युरोको मूल्य र अमेरिकी डलरको मूल्य लगभग बराबर थियो। यसको मतलब पूर्णिमा प्रत्येक रात १४ हजारदेखि २१ हजार नेपाली रुपैयाँ कमाउने आशा गर्दै थिइन्‌ अनि उनले लिएको ऋण २८ लाख नेपाली रुपैयाँ बराबर थियो।

भिन्‍नै खालको दासत्वबाट छुटकारा

अलोन्सो र तिनकी पत्नी

अलोन्सो भिन्‍नै किसिमको दासत्वमा परेका थिए। किशोर छँदा नै तिनी कोकिन र हेरोइनको दास बने। अलोन्सो यसरी स्वीकार्छन्‌, “लागू पदार्थको पैसा तिर्न आपराधिक गतिविधिमा भाग लिन थालें र लागू पदार्थको तस्करी गर्न थालें। म लागू पदार्थको लत छुटाउन मदत गर्ने चार वटा भिन्‍नाभिन्‍नै ठाउँमा गएँ। तैपनि लत छुटाउन सकिनँ। म प्रहरीको फन्दामा परें अनि चार वर्ष झ्यालखानामा बिताएँ।”

तीस वर्षसम्म लागू पदार्थको दासत्वमा परेका अलोन्सोले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थाले। बाइबलको कुराले तिनको मन छोयो र तिनले कुलत त्याग्ने अठोट गरे। तिनी भन्छन्‌, “कुलत त्याग्न सजिलो थिएन। तर यहोवाले मलाई यो लडाइँ जित्न मदत गर्नुभएको छ।”—भजन ५५:२२.

अलोन्सो भन्छन्‌, “ममा आएको परिवर्तन देखेर मेरी श्रीमती दङ्‌ग छिन्‌। यहोवाले मलाई विनाशतर्फ लैजाने बाटोबाट उम्कन मदत गर्नुभएकोमा उहाँलाई जति धन्यवाद दिए पनि पुग्दैन। उहाँको मदत नपाएको भए अहिलेसम्म पनि दासत्वमै पर्ने थिएँ अथवा अहिलेसम्म त मरिसकेको हुन्थें होला।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने