विषयसूची
मे २९, २०१७–जून ४, २०१७ को हप्ता
३ ‘आफ्नो भाकल पूरा गर्नुहोस्’
तपाईंले यहोवासँग कति वटा भाकल गर्नुभएको छ? एउटा, दुइटा वा त्योभन्दा धेरै? के तपाईंलाई आफूले गरेको भाकल पूरा गर्न सक्दो गरिरहेको छु जस्तो लाग्छ? तपाईंको समर्पण वाचा वा विवाह वाचा नि? यस लेखमा भाकल पूरा गर्ने सन्दर्भमा यिप्तह अनि हन्नाले बसालेको राम्रो उदाहरण विचार गर्नेछौं अनि हामी पनि कसरी वफादार भई आफ्नो भाकल पूरा गर्न सक्छौं, त्यसबारे सिक्नेछौं।
जून ५-११, २०१७ को हप्ता
९ परमेश्वरको राज्यले के हटाउनेछ?
यहोवाले प्रमोदवनमा कस्तो जीवन दिनुहुनेछ भनेर हामी अक्सर सोच्ने गर्छौं। तर यस लेखमा उहाँले के-कस्ता कुरा हटाउनुहुनेछ, त्यसमा ध्यान दिनेछौं। सुख-शान्ति छाएको संसार ल्याउन यहोवाले कुन-कुन कुरा हटाउनुहुनेछ? यसको जवाफ विचार गर्दा आफ्नो विश्वास बलियो बनाउन सक्छौं अनि अहिलेको अवस्था सहन पनि मदत पाउँछौं।
१४ जीवनी—म ख्रीष्टको सिपाही हुन चाहन्थें
जून १२-१८, २०१७ को हप्ता
१८ “सारा पृथ्वीका न्यायकर्त्ताले” सधैं उचित न्याय गर्नुहुन्छ
जून १९-२५, २०१७ को हप्ता
२३ के तपाईं अन्याय हुँदा यहोवाको जस्तै दृष्टिकोण राख्नुहुन्छ?
आफू वा अरूमाथि अन्याय भएको जस्तो लाग्दा हाम्रो विश्वास, नम्रता अनि वफादारीको जाँच हुन सक्छ। अन्याय भएको जस्तो लाग्दा यहोवाको जस्तै दृष्टिकोण राख्न मदत गर्ने तीन वटा बाइबल विवरण यी लेखहरूमा छलफल गर्नेछौं।
जून २६, २०१७–जुलाई २, २०१७ को हप्ता
२८ तपाईंको इच्छुक मनोभावले यहोवाको प्रशंसा गरोस्!
सबै कुरा यहोवाकै हो। तैपनि उहाँको सार्वभौमिकतालाई समर्थन गर्न हामीले उत्कट प्रयास गरेको देख्दा उहाँ खुसी हुनुहुन्छ। यहोवाको स्पष्ट आज्ञा पालन गर्ने हाम्रो इच्छुक मनोभावको उहाँ कदर गर्नुहुन्छ भन्ने कुरा न्यायकर्त्ता अध्याय ४ र ५ बाट थाह पाउन सक्छौं।