प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp19 No. १ pp. १३-१४
  • साँचो ईश्‍वरले के गर्नुहुनेछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • साँचो ईश्‍वरले के गर्नुहुनेछ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सारा दुष्टता हटाउनुहुनेछ
  • यो संसार सुन्दर बगैँचाजस्तै हुनेछ
  • रोगबिमार र मृत्यु नामेट हुनेछ
  • साँचो ईश्‍वरले उत्तम सरकार स्थापना गर्नुहुनेछ
  • ईश्‍वरको राज्यले के गर्नेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
  • परमेश्‍वरले कुन उद्देश्‍यले पृथ्वी सृष्टि गर्नुभयो?
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • परमेश्‍वरको राज्य​—⁠येशूको लागि किन महत्त्वपूर्ण छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • परमेश्‍वरको राज्य के हो?
    बाइबलले वास्तवमा के सिकाउँछ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
wp19 No. १ pp. १३-१४
परमेश्‍वरका जनहरूले पृथ्वीलाई सुन्दर प्रमोदवनमा परिणत गर्नेछन्‌

साँचो ईश्‍वरले के गर्नुहुनेछ?

समस्यामा पर्दा मिल्ने साथीले तपाईँलाई मदत गरेको आशा गर्नुहुन्छ होला। कसै-कसैलाई ईश्‍वर मिल्ने साथीजस्तो हुनुहुन्‍न किनभने उहाँले केही मदत गर्नुभएको छैन जस्तो लाग्छ। तर वास्तवमा उहाँले हाम्रो भलाइको लागि थुप्रै काम गरिसक्नुभएको छ। त्यति मात्र होइन, उहाँले अहिलेको सबै समस्या र दुःखकष्ट हटाउन चाँडै कदम चाल्नुहुनेछ। उहाँले के गर्नुहुनेछ?

सारा दुष्टता हटाउनुहुनेछ

ईश्‍वरले दुष्टतालाई त्यसको जरैसमेत उखेलेर फ्याँक्नुहुनेछ। बाइबलले त्यसको जड को हो भनेर स्पष्टसित बताएको छ: “सारा संसार त्यस दुष्टको हातमा परेको छ।” (१ युहन्‍ना ५:१९) त्यस “दुष्ट”-लाई येसुले “यस संसारको शासक” भन्‍नुभएको छ। त्यो सैतान हो, जसलाई दियाबल पनि भनिन्छ। (युहन्‍ना १२:३१) सैतानले मानिसजातिमाथि शासन गरेकोले नै संसारको अवस्था बिग्रिएको हो। त्यसोभए ईश्‍वरले के गर्नुहुनेछ?

“जससित मृत्युमा पुऱ्‍याउने क्षमता छ, त्यसलाई अर्थात्‌ दियाबललाई” यहोवा परमेश्‍वरले नाश गर्न आफ्नो छोरा येसु ख्रिष्टलाई चलाउनुहुनेछ। (हिब्रू २:१४; १ युहन्‍ना ३:८) वास्तवमा सैतानलाई पनि “आफ्नो समय थोरै मात्र बाँकी छ” भनेर थाह छ। त्यसको चाँडै विनाश हुनेछ भनेर बाइबल बताउँछ। (प्रकाश १२:१२) ईश्‍वरले दुष्टता र दुष्ट काम गर्ने सबैको नामोनिसान मेटिदिनुहुनेछ।—भजन ३७:९; हितोपदेश २:२२.

यो संसार सुन्दर बगैँचाजस्तै हुनेछ

संसारबाट सबै दुष्टता हटाएपछि हाम्रो सृष्टिकर्ताले आफूले राख्नुभएको उद्देश्‍य पूरा गर्न कदम चाल्नुहुनेछ। त्यसपछि त्रुटिरहित मानिसहरू यस सुन्दर पृथ्वीमा सधैँभरि बाँच्न सक्नेछन्‌। त्यतिखेरको अवस्था कस्तो हुनेछ?

चिरस्थायी शान्ति र सुरक्षा। “नम्रहरूले पृथ्वी अधिकार गर्नेछन्‌ अनि अपार शान्तिको आनन्द उठाउनेछन्‌।”—भजन ३७:११.

प्रशस्त स्वस्थकर खानेकुरा। “पृथ्वीमा प्रशस्त अनाज उब्जिनेछ; पहाडका टाकुराहरूमा समेत अन्‍नको कुनै कमी हुनेछैन।”—भजन ७२:१६.

आरामदायी घर र सन्तोषजनक काम। “तिनीहरूले घर बनाउनेछन्‌ र त्यसमा बस्नेछन्‌। तिनीहरूले अङ्‌गुर बगान लगाउनेछन्‌ र त्यसको फल खानेछन्‌। . . . मैले चुनेका जनहरूले आफ्नो हातको कामबाट पूरापूर आनन्द उठाउनेछन्‌।”—यसैया ६५:२१, २२.

के तपाईँ यस्तो सुन्दर पृथ्वी हेर्न चाहनुहुन्छ? तपाईँले चाँडै यी परिवर्तनहरू देख्नुहुनेछ!

रोगबिमार र मृत्यु नामेट हुनेछ

अहिले मानिसहरू बिरामी पर्छन्‌ र मर्छन्‌। तर यस्तो अवस्था सधैँ रहनेछैन। येसुको फिरौतीको बलिदानको आधारमा ईश्‍वरले चाँडै नै सबै मानिसलाई यस्तो आशिष्‌ दिनुहुनेछ: “ऊमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्‌ तर उसले अनन्त जीवन पाओस्‌।” (युहन्‍ना ३:१६) यसको नतिजा कस्तो हुनेछ?

रोगबिमार नामेट हुनेछ। “त्यस देशको कुनै बासिन्दाले यसो भन्‍नेछैन: ‘म बिरामी छु।’ किनकि त्यहाँका मानिसहरूको पाप क्षमा गरिनेछ।”—यसैया ३३:२४.

मृत्यु हुनेछैन। “उहाँले मृत्युलाई सधैँको निम्ति निल्नुहुनेछ। ब्रह्‍माण्डका मालिक यहोवाले सबैको अनुहारबाट आँसु पुछिदिनुहुनेछ।”—यसैया २५:८.

मानिस सधैँभरि बाँच्नेछ। “परमेश्‍वरले दिनुहुने वरदान हाम्रा प्रभु ख्रिष्ट येसुमार्फत पाइने अनन्त जीवन हो।”—रोमी ६:२३.

मरिसकेका मानिसलाई जीवित पारिनेछ। “धर्मी र अधर्मी दुवै फेरि जीवित हुनेछन्‌।” (प्रेषित २४:१५) तिनीहरूले येसुले दिनुभएको फिरौतीको बलिदानबाट लाभ उठाउनेछन्‌।

ईश्‍वरले कसरी यी सबै कुरा पूरा गर्नुहुनेछ?

साँचो ईश्‍वरले उत्तम सरकार स्थापना गर्नुहुनेछ

ईश्‍वरले मानिसजाति र पृथ्वीको लागि राख्नुभएको उद्देश्‍य आफ्नो राज्यमार्फत पूरा गर्नुहुनेछ। उहाँले येसु ख्रिष्टलाई त्यस राज्यको राजा नियुक्‍त गर्नुभएको छ। (भजन ११०:१, २) यस सरकार वा राज्यबारे येसुले आफ्ना अनुयायीहरूलाई यस्तो प्रार्थना गर्न सिकाउनुभयो: “हे स्वर्गमा बस्नुहुने हाम्रा बुबा, . . . तपाईँको राज्य आओस्‌।”—मत्ति ६:९, १०.

यस राज्यले पृथ्वीमाथि शासन गर्नेछ अनि सबै पीडा र दुःखकष्टको अन्त गर्नेछ। मानिसजातिमाथि शासन गर्ने सबैभन्दा उत्तम सरकार यो नै हो। त्यसैले पृथ्वीमा हुनुहुँदा येसुले कुनै कसर बाँकी नराखी “राज्यको सुसमाचार प्रचार गर्नुभयो” र चेलाहरूलाई पनि त्यसै गर्न आज्ञा दिनुभयो।—मत्ति ४:२३; २४:१४.

यहोवाले मानिसहरूलाई माया गर्नुभएकोले यस्ता प्रतिज्ञाहरू गर्नुभएको हो। यो कुरा थाह पाउँदा हामी उहाँलाई अझ राम्ररी चिन्‍न र उहाँसित घनिष्ठ हुन उत्प्रेरित हुन्छौँ। उहाँसित घनिष्ठ भएर तपाईँलाई के फाइदा हुन्छ? त्यसबारे यसपछिको लेखले बताउनेछ।

साँचो ईश्‍वरले के गर्नुहुनेछ? उहाँले रोगबिमार र मृत्युको नामोनिसान मेटिदिनुहुनेछ, आफ्नो राज्यमार्फत मानिसहरूलाई एकतामा बाँध्नुहुनेछ अनि पृथ्वीलाई सुन्दर बगैँचा बनाउनुहुनेछ

परमेश्‍वरको राज्य के हो?

  • यो साँचो ईश्‍वर यहोवाले स्थापना गर्नुभएको सरकार हो र यसले उहाँको इच्छा पूरा गर्नेछ।—उत्पत्ति १:२८; मत्ति ६:९, १०.

  • यहोवा आफैले यस राज्यको राजा नियुक्‍त गर्नुभएको छ र उहाँलाई स्वर्ग र पृथ्वीमा शासन गर्ने अधिकार दिनुभएको छ। —यसैया ९:६, ७; ११:२-४; मत्ति २८:१८.

  • यो सरकारले येसुको शिक्षा अर्थात्‌ यहोवाको नीतिनियम अनुसार काम गर्छ।—मत्ति २२:३७-३९; याकुब २:८.

  • यस राज्यले शासन गर्न थालिसकेको छ अनि लाखौँ मानिसले यो “राज्यको . . . सुसमाचार सारा पृथ्वीभरि प्रचार” गर्दै छन्‌।—मत्ति २४:१४; २८:१९, २०.a

a थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबको पाठ ३२ र ३३ हेर्नुहोस्‌। यो किताब www.jw.org/ne मा पनि उपलब्ध छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने