जब जिउने इच्छा मर्छ
उदाहरणको लागि, अमेरिकामा बस्ने सेलीलाईa विचार गरौँ। आँधीहुरीको कारण तिनले आफ्नो सबै थोक गुमाउनुपऱ्यो। तिनी यसो भन्छिन्, “धेरै दिनसम्म मलाई के गरूँ कसो गरूँ भइरह्यो। मलाई सहन एकदमै गाह्रो भयो।”
जीवनमा आइपर्ने अर्को गाह्रो अवस्था हो: आफूले माया गरेको व्यक्तिको मृत्यु। अस्ट्रेलियामा बस्ने जेनिस यसो भन्छिन्: “मेरा दुई छोराको मृत्यु हुँदा, मेरो मुटु छियाछिया भयो। मैले ईश्वरलाई ‘म यो पीडा सहन सक्दिँन। म मर्न चाहन्छु।’ भनेर बिन्ती गरेँ।”
अर्को उदाहरण विचार गरौँ। आफ्नो श्रीमतीले धोका दिएको थाह पाएपछि डानियलको जीवन भताभुङ्ग भयो। तिनी यसो भन्छन्: “श्रीमतीले धोका दिएको कुरा थाह पाउँदा मेरो मुटुमा छुरा रोपेझैँ भयो। महिनौँसम्म मलाई यसले सताइरह्यो।”
प्रहरीधरहरा-को यस अङ्कमा हामी निम्न गाह्रो अवस्थाहरू कसरी सहन सक्छौँ, विचार गर्नेछौँ:
प्राकृतिक प्रकोपको मारमा पर्दा
आफूले माया गरेको व्यक्तिको मृत्यु हुँदा
जीवनसाथीले धोका दिँदा
गम्भीर रोग लाग्दा
जीवनदेखि हरेस खाँदा
त्यसोभए सुरुमा प्राकृतिक प्रकोपको मारमा पर्दा हामी कसरी सहन सक्छौँ, विचार गरौँ।
a यी शृङ्खलाबद्ध लेखहरूमा केही नामहरू परिवर्तन गरिएका छन्।