प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp19 No. २ pp. ४-५
  • प्राकृतिक प्रकोपको मारमा पर्दा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्राकृतिक प्रकोपको मारमा पर्दा
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलमा पाइने सत्यले हामीलाई आशा दिन्छ
  • के तपाईँले तयारी गर्नुभएको छ?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • आफ्नो सारा फिक्री यहोवामाथि बिसाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • चिन्ताले सताउँदा तपाईँ के गर्न सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • पुरुषहरूले गर्ने चिन्ताफिक्री—बाइबलले कसरी मदत गर्न सक्छ?
    थप लेखहरू
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
wp19 No. २ pp. ४-५
भत्किएको घरको छेउमा बसिरहेका दुई जना मानिस

प्राकृतिक प्रकोपको मारमा पर्दा

“हामीले विश्‍वासै गर्न सकेनौँ। बाढी पहिरोले हाम्रो सबै कुरा लग्यो।”—आन्द्रे, सियरा लियोन

“आँधीहुरी थामिएपछि हामी घर फर्क्यौँ। त्यहाँको दृश्‍य देख्दा हाम्रो होसहवासै उड्यो। केही पनि बाँकी थिएन। मेरी छोरी धुरुधुरु रुन थालिन्‌।”—डेभिड, भर्जिन टापु

प्राकृतिक प्रकोपको सामना गर्नुभएको छ भने तपाईँले पनि चिन्ता, फिक्री, डरत्रास इत्यादि महसुस गर्नुभएको छ होला। प्राकृतिक प्रकोपको मारमा परेका थुप्रै निराश हुन्छन्‌ र तिनीहरूलाई पुरानो जीवनशैलीमा फर्कन एकदमै गाह्रो हुन्छ।

प्राकृतिक प्रकोपले गर्दा तपाईँको जीवन तहसनहस भएको छ भने तपाईँलाई पनि सहन एकदम गाह्रो भएको हुन सक्छ। सायद तपाईँले ‘अब बाँचेर के फाइदा’ भनेर सोच्नुभयो होला। तर तपाईँले आफ्नो जीवनदेखि हरेस खानु पर्दैन किनभने तपाईँसित भविष्यको सुन्दर आशा छ भनेर बाइबलले बताउँछ।

बाइबलमा पाइने सत्यले हामीलाई आशा दिन्छ

उपदेशक ७:८ यसो भन्छ: “कुनै कुराको सुरुवातभन्दा त्यसको अन्त उत्तम हुन्छ।” प्रकोपको मारमा परेकोले तपाईँलाई अब कुनै आशा छैन जस्तो लाग्न सक्छ। तर बिस्तारै पहिलाको जीवनशैलीमा फर्कने प्रयास गर्दै जानुभयो भने तपाईँको अवस्था सुध्रँदै जानेछ।

बाइबलले चाँडै यस्तो समय आउनेछ भनेर भविष्यवाणी गरेको छ: “फेरि कहिल्यै रोदनको आवाज वा वेदनाको चीत्कार सुनिनेछैन।” (यसैया ६५:१९) परमेश्‍वरको राज्यमा पृथ्वी सुन्दर प्रमोदवनमा परिणत हुँदा यो भविष्यवाणी पूरा हुनेछ। (भजन ३७:११, २९) त्यतिबेला कुनै प्राकृतिक प्रकोप हुनेछैन। पीडादायी दिनहरू हाम्रो सम्झनाबाट मेटिनेछन्‌। किनकि सर्वशक्‍तिमान्‌ परमेश्‍वरले यस्तो प्रतिज्ञा गर्नुभएको छ: “पहिलेका कुराहरू फेरि सम्झनामा आउनेछैनन्‌; ती कुराहरू तिमीहरूले फेरि कहिल्यै आफ्नो मनमा खेलाउनेछैनौ।”—यसैया ६५:१७.

सृष्टिकर्ताले तपाईँको लागि ‘उज्ज्वल भविष्य र आशाको’ प्रतिज्ञा गर्नुभएको छ। परमेश्‍वरको राज्यमा तपाईँ शान्तिसित जीवन बिताउन सक्नुहुनेछ। (यर्मिया २९:११) के यो कुरा थाह पाउँदा तपाईँको जीवन अर्थपूर्ण हुन सक्छ? सुरुको लेखमा उल्लेख गरिएकी सेली भन्छिन्‌: “परमेश्‍वरको राज्यले भविष्यमा हाम्रो लागि गर्ने सुन्दर कुराहरू मनन गर्दा विगतलाई बिर्सेर अघि बढ्‌न मदत पाउँछौँ।”

त्यसोभए परमेश्‍वरको राज्यले चाँडै नै मानिसजातिको लागि के गर्नेछ भनेर सिक्नुभए कसो होला? यसो गर्दा तपाईँले प्राकृतिक प्रकोप नहुने संसारको उत्सुकतासाथ प्रतीक्षा गर्न सक्नुहुन्छ अनि अहिले पनि हरेस नखाई जीवन बिताउन सक्नुहुन्छ। तर त्यो समय नआएसम्म बाइबलले हामीलाई सहन मदत गर्ने व्यावहारिक सल्लाह दिन्छ। केही उदाहरण विचार गरौँ।

बाइबलमा पाइने मदतकारी सल्लाह

पर्याप्त मात्रामा आराम गर्नुहोस्‌।

“मरुन्जेल मेहनत गरेर बतासलाई खेद्‌नुभन्दा बरु केही बेर आराम गर्नु नै बेस हो।”—उपदेशक ४:६.

मानसिक तनावको बेला “पर्याप्त मात्रामा ननिदाउँदा तनाव झन्‌ धेरै बढ्‌न सक्छ र भावनात्मक रूपमा सन्तुलित हुन पनि गाह्रो हुन्छ” भनेर अनुसन्धानकर्ताहरू बताउँछन्‌। त्यसैले पर्याप्त मात्रामा आराम गर्नु बुद्धिमानी हुन्छ।

आफ्नो भावना पोख्नुहोस्‌।

“चिन्ताले मन भारी [वा “निराश,” फुटनोट] बनाउँछ तर मीठो बोलीले मन हल्का बनाउँछ।”—हितोपदेश १२:२५.

परिवारका सदस्यहरूसित वा भरोसायोग्य साथीसित कुरा गर्नुहोस्‌। आफ्नो भावना तिनीहरूलाई बताउँदा तिनीहरूले तपाईँलाई हौसला र चाहिँने मदत दिन सक्छन्‌।a

उज्ज्वल भविष्यको कल्पना गर्नुहोस्‌।

“तर हामी परमेश्‍वरको प्रतिज्ञाबमोजिम नयाँ आकाश र नयाँ पृथ्वीको प्रतीक्षा गर्दै छौँ, जहाँ धार्मिकताले बास गर्नेछ।”—२ पत्रुस ३:१३.

a लामो समयदेखि मानसिक तनावको सामना गरिरहेकाहरूले डाक्टरको परामर्श लिनुपर्ने हुन सक्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने