प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp19 No. २ pp. ८-९
  • जीवनसाथीले धोका दिँदा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जीवनसाथीले धोका दिँदा
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलमा पाइने मदतकारी सल्लाह
  • दुःखको समयमा सान्त्वना
    प्रहरीधरहरा: सान्त्वना कहाँ पाउन सक्नुहुन्छ?
  • बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
    प्रहरीधरहरा: बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
  • ३ समस्याहरूसँग जुझ्न मदत गर्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
  • कमजोर हुँदा पनि बल पाएँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
wp19 No. २ pp. ८-९
प्रार्थना गरिरहेकी स्त्री

जीवनसाथीले धोका दिँदा

“मेरो श्रीमान्‌ले एक जना जवान केटीको लागि मलाई धोका दिनुभयो। यो कुरा सुन्दा मलाई मर्न मन लाग्यो। अझ विशेषगरि मैले उहाँको लागि गरेको त्यागहरू सम्झँदा मलाई साह्रै अन्याय भएको जस्तो लाग्यो।”—मारिया, स्पेन

“मेरी श्रीमतीले मलाई अचानक छोडेर जाँदा मैले खोक्रो महसुस गरेँ। हाम्रो सपना, आशा र योजना सबै चकनाचुर भयो। म कहिलेकाहीँ सबै कुरा बिर्सेर खुसी हुन खोज्थेँ तर फेरि त्यो नमीठो यादले मलाई सताउने गर्थ्यो।” —बिल, स्पेन

जीवनसाथीले धोका दिँदा सहनै नसक्ने पीडा हुन्छ। हुनत कसै-कसैले पश्‍चात्ताप गर्ने जीवनसाथीलाई क्षमा दिन्छन्‌ र फेरि मिलेर बस्न थाल्छन्‌।a तर सम्बन्ध सुध्रोस्‌ या नसुध्रोस आफ्नो जीवनसाथीले धोका दिएको थाह पाउँदा असह्‍य पीडा हुन्छ। त्यसोभए यस्तो पीडा कसरी सहन सक्छौँ?

बाइबलमा पाइने मदतकारी सल्लाह

जीवनसाथीबाट धोका खाएकाहरूले बाइबलबाट सान्त्वना पाएका छन्‌। आफ्नो आँसु र पीडा परमेश्‍वरबाट लुकेको छैन भनेर तिनीहरूले बुझेका छन्‌। अनि परमेश्‍वरले आफ्नो भावना बुझ्नुहुन्छ भनेर पनि तिनीहरूलाई थाह छ।—मलाकि २:१३-१६.

“जब चिन्ता र फिक्रीले मलाई छोप्यो, तब तपाईँले मलाई सान्त्वना र दिलासा दिनुभयो।”—भजन ९४:१९.

बिल यसो भन्छन्‌: “यी शब्दहरू पढ्‌दा एक जना मायालु बुबाले जस्तै यहोवाले मेरो घाउमा मलहम लगाइरहनुभएको महसुस हुन्छ।”

“वफादारप्रति तपाईँ वफादार हुनुहुन्छ।”—भजन १८:२५.

श्रीमान्‌बाट धोका पाएकी कारमेन यसो भन्छिन्‌: “मेरो श्रीमान्‌ मप्रति वफादार हुनुभएन। तर यहोवाको वफादारीप्रति भने म पूर्णतया विश्‍वस्त छु। उहाँले मलाई कहिल्यै त्याग्नुहुनेछैन।”

‘कुनै कुराको विषयमा चिन्तित नहोओ तर हरेक कुरामा प्रार्थना, उत्कट बिन्तीका साथ आफ्नो निवेदन परमेश्‍वरसमक्ष जाहेर गर। तब परमेश्‍वरको शान्ति, जुन मानिसको समझभन्दा बाहिरको छ, त्यसले ख्रिष्ट येसुद्वारा तिमीहरूको हृदय र सोच्ने क्षमताको रक्षा गर्नेछ।’—फिलिप्पी ४:६, ७.

साशा यसो भन्छिन्‌: “मैले बाइबलका यी शब्दहरू बारम्बार पढेँ। मैले परमेश्‍वरलाई प्रार्थना गरिरहेँ। अनि मैले परमेश्‍वरले दिनुहुने शान्ति महसुस गर्न सकेँ।”

माथि उल्लेख गरिएका सबैले जीवनको कुनै न कुनै मोडमा हरेस खाएका थिए। तर तिनीहरूले यहोवा परमेश्‍वरमा भरोसा राखे। अनि बाइबल पढेर बल पाए। बिल आफ्नो भावना यसरी बताउँछन्‌: “मलाई मेरो जीवन नै तहसनहस भएजस्तो लाग्यो। तर विश्‍वासले मलाई सहारा दियो। केही समय ‘निस्पट्ट अन्धकार छाएको बेँसीमा म हिँड्‌नुपरे पनि’ यहोवा मसँग हुनुहुन्थ्यो।”—भजन २३:४.

a आफ्नो जीवनसाथीलाई क्षमा दिने कि नदिने भन्‍नेबारे थप जानकारी पाउन अप्रिल २२, १९९९ को ब्यूँझनुहोस्‌! (अङ्‌ग्रेजी) “जीवनसाथीले धोका दिँदा” भन्‍ने शृङ्‌खला हेर्नुहोस्‌।

हामी कसरी सहन सक्छौँ

बाइबल पढ्‌नुहोस्‌ र मनन गर्नुहोस्‌।

बिल यसो भन्छन्‌: “मैले अय्युब र भजनका किताबहरू पढेँ। अनि मेरो अवस्थासित मिल्ने शब्दहरूमा चिन्ह लगाएँ। बाइबलका यी पात्रहरूले पनि मैले जस्तै पीडा भोग्नुपरेको थियो भनेर बुझ्न सकेँ।”

सङ्‌गीतको आनन्द उठाउनुहोस्‌।

कारमेन यसो भन्छिन्‌: “राती निदाउन नसक्दा म गीतहरू सुन्थेँ। यसले मलाई निकै सान्त्वना दियो।” डानियल यसो भन्छन्‌: “म गितार बजाउने गर्थेँ र यसको धुनबाट आनन्द उठाउने गर्थेँ।”

आफ्नो भावना पोखाउनुहोस्‌।

डानियल यसो भन्छन्‌: “मलाई आफ्नो भावना अरूलाई बताउन अप्ठ्यारो लाग्थ्यो। तर मेरा केही असल साथी थिए र म तिनीहरूसँग हरेक दिन कुरा गर्ने गर्थेँ। चिठी लेखेर अनि कुरा गरेर म आफ्नो भावना उनीहरूलाई बताउने गर्थेँ। यसले मलाई साँच्चै मदत गऱ्‍यो।” साशा यसो भन्छिन्‌: “यस्तो अवस्थामा परिवारको साथ नभई हुँदैन। आमाले सधैँ मेरो कुरा सुन्‍नुभयो। बुबाले पनि मलाई माया अनि साथ दिनुभयो। उहाँले मलाई फेरि पहिलेकै अवस्थामा फर्कन मदत गर्नुभयो।”

प्रार्थना गर्न नछोड्‌नुहोस्‌।

कारमेन यसो भन्छिन्‌: “मैले परमेश्‍वरलाई प्रार्थना गरिरहेँ। उहाँ मेरो छेवैमा हुनुहुन्छ अनि मेरो कुरा ध्यान दिएर सुनिरहनुभएको छ भनेर महसुस गरेँ। अवस्था जस्तोसुकै गाह्रो भए तापनि म परमेश्‍वरसित नजिक हुन सकेँ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने