प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp19 सङ्‌ख्या ३ पृ. ३
  • मृत्यु—एउटा तीतो सत्य

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मृत्यु—एउटा तीतो सत्य
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
  • मिल्दोजुल्दो सामग्री
  • हेर्नै पर्ने भिडियो
    हाम्रो राज्य सेवकाई—२००६
  • साक्षी दिने भिडियोहरूको असर
    हाम्रो राज्य सेवकाई—२००२
  • “सिकाउने तरिका एकदमै नयाँ लाग्यो!”
    ब्यूँझनुहोस्‌!—२०१६
  • नयाँ भिडियोबाट बाइबल अध्ययन सुरु गर्नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
wp19 सङ्‌ख्या ३ पृ. ३
एक जना महिलाको जीवनकालका फोटोहरू: बाल्यकाल, पियानो क्लास, फुलको गुच्छा लिंदै, विवाहको दिन, श्रीमान्‌ र छोरासँगै, वृद्धावस्थामा श्रीमान्‌संगै, पियानो बजाउँदै र अहिले एक्लै

मृत्यु—एउटा तीतो सत्य

कल्पना गर्नुहोस्‌, तपाईँ आफूलाई मन पर्ने अनि चर्चितगायिकाको भिडियो हेर्दै हुनुहुन्छ। त्यो भिडियो तिनको बाल्यकालदेखि सुरु हुन्छ। तिनले सानो छँदादेखि नै गीत गाउन सिकेको रलगनशील भई अभ्यास गरेको देखाइन्छ। त्यसपछि तिनले कन्सर्टहरूमा अनि थुप्रै देशहरूमा गएर गीत गाएको र यसरी तिनी संसारभरि नै लोकप्रिय भएको देख्नुहुन्छ। तर पछि तिनको उमेर ढल्कँदै जान्छ र अन्तमा तिनको मृत्यु हुन्छ। यसरी त्यो भिडियो टुङ्‌गिन्छ।

यो भिडियो कुनै काल्पनिक कथा होइन। तर कसैको जीवनको वास्तविक कथा हो, जुन पछि सम्झना मात्र बन्‍न पुग्छ। गायिका, वैज्ञानिक, खेलाडी वा अरू कुनै चर्चित व्यक्‍ति नै किन नहोस्‌ सबैको कथा यसरी नै टुङ्‌गिन्छ। तिनीहरूले जीवनमा थुप्रै कुराहरू हासिल गरेका होलान्‌। तर यसो सोच्नुहोस्‌ त, वृद्ध हुनु अनि मर्नु नपरेको भए तिनीहरूले अझ कत्ति धेरै कुरा हासिल गर्न सक्थे होलान्‌?

दुःखको कुरा हामी सबै बूढाबूढी हुन्छौँ र मर्छौँ। (उपदेशक ९:५) जति नै प्रयास गरे पनि हामी बुढ्यौली अनि मृत्युदेखि भाग्न सक्दैनौँ। त्यति मात्र होइन, रोगबिमार वा दुर्घटनाले गर्दा हामी अकालमै मर्नुपर्ने पनि हुन सक्छ। बाइबलमा बताइएझैँ हामी “एकछिन देखा परेर बिलाइहाल्ने” बिहानीको कुहिरो जस्तै हौँ।—याकुब ४:१४.

कोही-कोहीलाई जीवन अनिश्‍चित अनि जीवनको कुनै अर्थ छैन जस्तो लाग्छ। त्यसैले तिनीहरू यसो भन्‍ने गर्छन्‌: “आओ, खाऔँ र पिऔँ किनकि भोलि त हामी मरिहाल्छौँ पो।” (१ कोरिन्थी १५:३२) एक न एक दिन मरिहाल्नु नै छ अनि भविष्यको पनि कुनै आशा छैन भन्‍ने सोचेर तिनीहरू त्यसरी जीवन बिताउँछन्‌। तर ढिलो होस्‌ या चाँडो हामी सबैको मनमा यस्तो प्रश्‍न उठ्‌न सक्छ: ‘के जीवन यति नै हो?’ अझ विशेषगरि, पीडादायी अवस्थासित गुज्रिरहेका छौँ भने हामीलाई यो प्रश्‍नले झन्‌ सताउन सक्छ। त्यसोभए यसको जवाफ कहाँ पाउन सकिन्छ?

थुप्रैको विचारमा विज्ञानले यसको जवाफ दिन सक्छ। विज्ञान र चिकित्सा क्षेत्रमा भएको प्रगतिले गर्दा हामी अलि धेरै बाँच्न सकेका छौँ। केही वैज्ञानिकहरू हामी अझ धेरै समयसम्म कसरी बाँच्न सक्छौँ भनेर अनुसन्धान गर्दै छन्‌। तिनीहरूको प्रयास सफल होस्‌ वा नहोस्‌ हाम्रो मनमा यी प्रश्‍नहरू उठी नै रहनेछन्‌: हामी किन बूढाबूढी हुन्छौँ र मर्छौँ? हाम्रो शत्रु मृत्युलाई जित्न सक्ने के कुनै आशा छ? यसपछिका लेखहरूमा हामी यी विषयहरूबारे छलफल गर्नेछौँ र यो प्रश्‍नको जवाफ पाउनेछौँ: के जीवन यति नै हो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने