प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km06 सेप्टेम्बर p. ११
  • हेर्नै पर्ने भिडियो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हेर्नै पर्ने भिडियो
  • हाम्रो राज्य सेवकाई—२००६
  • मिल्दोजुल्दो सामग्री
  • उत्साहजनक प्रतिक्रिया!
    हाम्रो राज्य सेवकाई—२००२
  • युवा जनहरूका प्रश्‍न—कसरी साँचो मित्र बनाउने
    हाम्रो राज्य सेवा—२०१२
  • बुद्धिमानीपूर्वक साथीहरू छान्‍नुहोस्‌
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • “सिकाउने तरिका एकदमै नयाँ लाग्यो!”
    ब्यूँझनुहोस्‌!—२०१६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००६
km06 सेप्टेम्बर p. ११

हेर्नै पर्ने भिडियो

“यो भिडियोले सोच्न लगाउँछ!”

“यसले मेरो मनै छोयो!”

“म प्रभावित नभई रहन सकिनँ!”

१ के तपाईंलाई पनि यङ पिपल आस्क—हाउ क्यान आइ मेक रियल फ्रेन्ड्‌स? (युवाहरू सोध्छन्‌—म असल साथी कसरी बनाउन सक्छु?) भिडियो हेरेपछि त्यस्तै लाग्यो? केही वर्षअघिको कुरा हो, एक जना जवान भाइ निकै गाह्रो अवस्थाबाट गुज्रिरहेका थिए र यसको कारण तिनले छानेका गलत साथीहरू थियो। ती साथीहरूले गर्दा तिनको सच्चाइप्रतिको चासो र यहोवासितको सम्बन्ध चिसिंदै गएको थियो। त्यही समयतिर रियल फ्रेन्ड्‌स भिडियो निस्कियो। तिनी लेख्छन्‌: “मैले यो भिडियो धेरै चोटि हेरें र हरेक पल्ट आँसु थाम्नै सकिनँ। समयमै मलाई मदत दिनुभएकोमा यहोवालाई धन्यवाद दिएँ।” भिडियोले तिनलाई जीवनमा ठूलो परिवर्तन गर्न र असल साथीहरू बनाउन झकझकायो। तिनी अझ भन्छन्‌: “जवानहरूले कस्तो-कस्तो परिस्थितिको सामना गर्नुपर्छ भनेर तपाईंहरूलाई राम्ररी थाह रहेछ।” आमाबाबु र जवान छोराछोरी हो, तपाईंहरूको अर्को चोटिको पारिवारिक अध्ययनमा यो भिडियो फेरि हेरे कसो होला? हरेक भाग सकिएपछि भिडियो एकछिन रोक्नुहोस्‌ र तल अनुच्छेदमा दिइएका प्रश्‍नहरू इमानदारीसाथ खुलेर सँगै छलफल गर्नुहोस्‌।

२ परिचय: साँचो मित्र भनेको के हो?—हितो. १८:२४.

३ साथी बनाउन अवरोधहरू: आफू एक्लिएको महसुस हुने भावनालाई तपाईं कसरी हटाउन सक्नुहुन्छ? (फिलि. २:४) आफ्नो व्यक्‍तित्व सुधार्न तपाईं किन इच्छुक हुनै पर्छ र यसो गर्न तपाईंलाई कसले मदत गर्न सक्छ? कस्ता अवसरहरूमा अझ धेरै साथीहरू बनाउने मौका पाउनुहुनेछ र ती साथीहरू कहाँ पाउन सकिन्छ?—२ कोरि. ६:१३.

४ परमेश्‍वरसँग मित्रता: तपाईंले परमेश्‍वरसित कसरी नजिकको सम्बन्ध विकास गर्न सक्नुहुन्छ र यो प्रयास किन बेकारमा जाँदैन? (भज. ३४:८) परमेश्‍वरसितको मित्रतालाई बलियो बनाउँदै लैजान तपाईंलाई सबैभन्दा धेरै कसले मदत गर्न सक्छ?

५ गलत साथीहरू: गलत साथीहरू को हुन्‌? (१ कोरि. १५:३३) गलत साथीहरूले कसरी आध्यात्मिक विनाशमा पुऱ्‍याउन सक्छ? दीनाबारे बाइबल विवरणबाट कस्तो पाठ सिक्नुहुन्छ?—उत्प. ३४:१, २, ७, १९.

६ आधुनिक नाटक: तारालाई एक्लोपनले कसरी असर गऱ्‍यो? आफ्ना स्कूलका साथीहरूसित मित्रता गाँस्नुमा कुनै खराबी छैन भनेर उनले कसरी तर्क गर्न खोजिन्‌? ती साथीहरूको कारण उनी झन्डै कस्तो समस्यामा फसिन्‌? उनको आमाबाबुले छोरी कस्तो समस्यामा फसिरहेकी छिन्‌ भनेर चाल नपाउनुको कारण के थियो? तर पछि उनीहरूले तारालाई आध्यात्मिक तवरमा पुनः स्वस्थ हुन कसरी मदत गरे? एक जना अग्रगामी बहिनी कसरी ताराको साँचो मित्र साबित भइन्‌? मसीहीहरूले किन हितोपदेश १३:२० र यर्मिया १७:९ को सल्लाह पालन गर्नै पर्छ? ताराले कस्तो महत्त्वपूर्ण पाठ सिकिन्‌?

७ अन्तमा: तपाईंले यो भिडियोबाट कस्तो पाठ सिक्नुभयो? अरूलाई मदत गर्न यो भिडियो कसरी चलाउन सक्नुहुन्छ?—भज. ७१:१७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने