प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km02 फेब्रुअरी p. १
  • साक्षी दिने भिडियोहरूको असर

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • साक्षी दिने भिडियोहरूको असर
  • हाम्रो राज्य सेवकाई—२००२
  • मिल्दोजुल्दो सामग्री
  • प्रचारकार्यमा अझै उन्‍नति गर्ने भिडियोबाट सिकाउनुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • शिक्षामूलक भिडियोहरू हेरौं र देखाऔं
    हाम्रो राज्य सेवकाई—२००६
  • शिक्षामूलक, उत्प्रेरणादायी र सुदृढ पार्ने सामग्रीहरू
    हाम्रो राज्य सेवकाई—२०००
  • “सिकाउने तरिका एकदमै नयाँ लाग्यो!”
    ब्यूँझनुहोस्‌!—२०१६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००२
km02 फेब्रुअरी p. १

साक्षी दिने भिडियोहरूको असर

१ “हाम्रो छोरा हिंड्‌न थाल्नुभन्दा अघिदेखि नै उसले यो भिडियो हेर्दै आएको छ। उसले यो दोहोऱ्‍याइ-तेहऱ्‍याइ हेर्छ। हाम्रा छोराछोरीहरूमा यहोवाप्रति प्रेम बसाल्ने यस्तो साधन हुनु कत्ति राम्रो कुरा हो!” यी मसीही अभिभावकले कुन भिडियोबारे कुरा गरिरहेका थिए? नोवा—ही वक्ड विथ गड शीर्षक भएको भिडियो। एउटी आमा, जो यहोवाका साक्षी थिइनन्‌, उनको छोराले नोवा भन्‍ने भिडियो अरू कसैको घरमा हेरेको थियो। उनले शाखा कार्यालयमा ४,००० रूपैंयाभन्दा बढी अनुदान पठाइन्‌ र बच्चाहरूको लागि उपयुक्‍त हुने अरू पनि भिडियोहरू छन्‌ कि भनेर सोधिन्‌। यहोवाको संगठनले तयार पारेका भिडियोहरूले जवान तथा वृद्ध दुवैलाई जोडदार प्रभाव पारिरहेका छन्‌।

२ परिवारमा: एक साक्षी परिवारले जेहोभाज्‌ विट्‌नेसेज स्ट्याण्ड फर्म अगेन्स्ट नाजी एसल्ट हेरिसकेपछि आमाले यसो भनिन्‌: “साधारण मानिसहरूलाई यस्तो असामान्य कुरा सहने सक्ने गरी यहोवाले कसरी बनाउनुभयो होला भनेर मैले दिनभरि सोचें! त्यसबारे सोच्दा त्यसको तुलनामा मेरो आफ्ना समस्याहरू कति नगण्य रहेछन्‌ जस्तो लाग्यो। यो भिडियो हाम्रा छोराछोरीहरूसँगै बसेर हेर्दा त्यसले उनीहरूलाई यहोवामा भर पर्नुपर्ने आवश्‍यकता अझ राम्ररी बुझ्न मदत गरेको छ। यसबारे उनीहरूसित पछि छलफल गरेर हामीले हाम्रा छोरीहरूलाई उनीहरूले सामना गर्नुपर्ने जस्तोसुकै दबाउ तथा सतावट सहनको लागि अझ सक्षम हुन मदत गरेका छौं।”

३ स्कूलमा: एउटा रिपोर्टको भागस्वरूप एक जना किशोर साक्षीले आफ्नो कक्षामा स्ट्याण्ड फर्म भिडियो देखाउन सक्षम भए। यसअघि शिक्षिकाले आफूलाई साक्षीहरू मन नपरेको कुरा बताएकी थिइन्‌। भिडियो हेरिसकेपछि तिनले यसो भनिन्‌: “यसले यहोवाका साक्षीहरूप्रतिको मेरो विचारधारालाई पूर्णतः परिवर्तन गरेको छ। अर्को पटक उनीहरू मेरो ढोकामा आउँदा, म उनीहरूको कुरा सुन्‍नेछु र उनीहरूसँग बाइबल अध्ययन गर्न थाल्नेछु भनी म कबुल गर्छु!” हामीप्रतिको तिनको धारणा कसरी परिवर्तन भयो? तिनले भनेअनुसार, त्यो हाम्रो “साँचो प्रेम र निष्ठाले” गर्दा भएको थियो।

४ सेवकाईमा: एउटी बहिनीले भेटेकी स्त्रीसित हामी र हाम्रो विश्‍वासबारे थुप्रै प्रश्‍नहरू भए तापनि साहित्य स्वीकार्न भने तिनी हिचकिचाउँथिन्‌। बहिनीले त्यस स्त्रीलाई जेहोभाज्‌ विट्‌नेसेज—दी अर्गनाइजेशन बिहाइण्ड द नेम भन्‍ने भिडियो लगिदिइन्‌ र तिनी तथा तिनको पतिलाई देखाइन्‌। दुवै जना एकदमै प्रभावित भएर बाइबल अध्ययन गर्न राजी भए। तिनीहरूलाई दिइएको असल साक्षीको फलस्वरूप, तिनीहरूले परमेश्‍वरको इच्छाअनुसार आफ्नो जीवनमा छाँटकाँटहरू गर्न थाले।

५ के तपाईंले हाम्रा भिडियोहरूको पूर्ण सदुपयोग गरिरहनुभएको छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने