प्रश्न पेटी
◼ बप्तिस्मा नभएका प्रकाशक बप्तिस्माको लागि योग्य हुन तिनले क्षेत्र सेवामा कतिसम्म भाग लिएको हुनुपर्छ?
बप्तिस्मा नभएका प्रकाशक बन्न योग्य भएका व्यक्तिले यहोवाको साक्षी हुने आफ्नो बलियो इच्छा विभिन्न तरिकामा देखाइसकेका हुन्छन्। (भज. ११०:३) लगनशील भई बाइबल अध्ययन गरेको कारण तिनले आफ्नो सोचाइ, मनोवृत्ति र जीवनशैलीमा परिवर्तन गरेका छन्। यहोवालाई खुसी तुल्याउने र उहाँको इच्छाअनुसार गर्ने मनैदेखि इच्छा भएका बाइबल विद्यार्थी मण्डलीका सभा, सम्मेलन र अधिवेशनहरूमा यहोवाका जनहरूसित नियमित रूपमा सङ्गत गर्छन्। (हिब्रू १०:२४, २५) त्यस्ता ख्रीष्टियन जमघटहरूमा नियमित रूपमा उपस्थित हुनुका साथै सभाहरूमा टिप्पणी गरेर अनि सायद ईश्वरतान्त्रिक सेवा स्कूलमा भाग लिएर आफ्नो विश्वास सबैसामु प्रकट गर्न पनि तिनी उत्प्रेरित भएका छन्।—भज. ४०:९, १०; km ९/०६ पृ. ६.
बाइबल विद्यार्थीले सच्चाइलाई अँगालेर राज्य सन्देशलाई साँच्चै मोल गरेको देखाइसकेपछि तिनले घरघरको प्रचारकार्यमा भाग लिने सुअवसर पाउन सक्छन्। प्रचारकार्य यहोवाका साक्षीहरूको प्रमुख काम हो। (मत्ती २४:१४; २८:१९, २०; km ३/०७ पृ. ३) यससम्बन्धमा बाइबल अध्ययन सञ्चालक र एल्डरहरूको काँधमा ठूलो जिम्मेवारी छ। त्यो हो, विद्यार्थीले ख्रीष्टियन सिद्धान्तहरू अनुरूप जीवन बिताएका छन् कि छैनन्, पक्का गर्नु। मनदेखि नै तिनमा यहोवाको साक्षी बन्ने इच्छा हुनुपर्छ र राज्य सन्देश प्रचार गर्ने अनि चेला बनाउने काममा भाग लिने सुअवसरलाई तिनले मोल गरेको हुनुपर्छ।—गला. ६:६; w८८-E ११/१५ पृ. १७; km ११/०६ पृ. ८, ९; ds ५९, ६०.
बाइबल विद्यार्थी प्रचारकार्यमा भाग लिन योग्य भएको समय र बप्तिस्माको लागि तयार भएको समयबीच लामो समयको अन्तर हुनु आवश्यक छैन। तिनले यतिबेलासम्म त ख्रीष्टियन सिद्धान्तहरू अनुरूप आफ्नो जीवनमा पूरै छाँटकाँट गरिसकेका हुन्छन्। तर प्रचारकार्यमा भने खासै धेरै अनुभव बटुलिसकेका हुँदैनन्। त्यसैले प्रचारकार्यमा नियमित तवरमा जोसिलो भई भाग लिन तिनले दृढ अठोट गरेका छन् भन्ने कुरा देखाउन तिनलाई पर्याप्त समय दिनुपर्छ।—भज. ४०:८; रोमी १०:९, १०, १४, १५.
बप्तिस्माको लागि तयार हुँदासम्म तिनले सम्भवतः नियमित तवरमा प्रत्येक महिना प्रचारकार्यमा एक-दुई घण्टाभन्दा धेरै समय बिताइसकेका हुनेछन्। ( w८४-E ६/१ पृ. ८ अनु. २) निश्चय पनि, बप्तिस्माको लागि तयार हुने सबैको परिस्थिति एउटै हुँदैन। तिनीहरूको पृष्ठभूमि, उमेर, सीमितताजस्ता कुराहरूलाई पनि ध्यानमा राख्नुपर्छ। ‘गएर चेला बनाओ र बप्तिस्मा देओ’ भन्ने पुस्तिकाको पृष्ठ ५९, ६० मा दिइएको यो सल्लाह एल्डरहरूले मनमा राख्नुपर्छ: “हामी त्यस्ता व्यक्तिहरूमा चासो राख्छौं, जसले आफ्नो मन यहोवातिर फर्काउनुका साथै बाइबलको मुख्य-मुख्य शिक्षा बुझेका छन्। तपाईंको मायालु सहयोग पाएर बप्तिस्मा लिन तयार प्रकाशकहरूले मसीही सेवकाई सुरु गर्न सक्नेछन् र यस महत्त्वपूर्ण कामलाई पूरा गर्न तम्तयार हुनेछन्।”—मत्ती १६:२४; यूह. ४:३४; १ पत्रु. २:२१.