जनवरीको लागि सेवा सभाहरु
जनवरी ६ प्रारम्भ हुने सप्ताह
गीत १६८ (८४)
१५ मिनेट: स्थानीय घोषणाहरु र हाम्रो राज्य सेवकाइ बाट चुनिएका घोषणाहरु। “राज्य सेवकाइ पाठशालाले इश्वरशासित शिक्षा प्रदान गर्दछ।” क्षेत्र सेवामा प्रयोग हुन सक्ने हालसालैका पत्रिकाहरुबाट विशिष्ट बुँदाहरुलाई उल्लेख गर्नुहोस्। शनिवारको दिन हुने पत्रिका कार्यकलापमा सहयोगको लागि प्रोत्साहन दिनुहोस्।
१८ मिनेट: “लिभ् फोर्एʹभर् पुस्तक लिएर साँच्चो ज्ञानको घोषणा गर्नुहोस्।” प्रश्न-अनि-उत्तर विचारविमर्श। यो प्रकाशनसँग परिचित हुने महत्त्वबारे जोड दिनुहोस्।
१२ मिनेट: स्थानीय खाँचोहरु वा “डू यू डिनाइ सिन्फु टेन्ʹडेन्सिज्?” अगस्त १५, १९९१ को द वॅचटावर का पृष्ठहरु २९–३१ माथि आधारित भाषण। (जातीय: जुलाई १, १९९० को प्रहरीधरहरा बाट “बप्तिस्माप्राप्त मसीहीको रुपमा इश्वरीय भक्तिमा लागि बस।”)
गीत ३१ (३) अनि समाप्ति प्रार्थना।
जनवरी १३ प्रारम्भ हुने सप्ताह
गीत १६६ (९०)
५ मिनेट: स्थानीय घोषणाहरु। ईश्वरशासित समाचारलाई ढाक्नुहोस्।
२५ मिनेट: “सुसमाचार प्रस्तुत गर्दछौं—घर-घरजाने काममा विविधता चलाएर।” श्रोताहरुको सहभागितामा छलफलको रुपमा प्रयोग हुनुपर्छ। अनुच्छेदहरु ४ अनि ५ माथि विचारविमर्श गर्दा, रीʹजनइङ् पुस्तक वा जुलाई १५, १९८८ को वॅचटावर बाट दुईवटा बेग्लाबेग्लै परिचयहरलाई चलाएर, सरल, सोझै वार्तालाप थालेको प्रदर्शन गर्नुहोस्। तपाईंको स्थानीय इलाकाको निम्ति व्यवहारिक हुने परिचयहरु रोज्नुहोस्।
१५ मिनेट: प्रश्न पेटी। प्राचीनले यो सम्हाल्नेछन्। बप्तिस्माको अवसरमा आफ्नो आचरणमाथि हामीले किन ध्यान दिनुपर्छ अनि यस्ले यहोवा र राज्यको समाचारमा कस्तो प्रभाव पार्नेछ भन्ने कुरोमाथि जोड दिनुहोस्।
गीत १९६ (९०) अनि समाप्ति प्रार्थना।
जनवरी २० प्रारम्भ हुने सप्ताह
गीत १६९ (३२)
१० मिनेट: स्थानीय घोषणाहरु। यसमा लेखा रिपोर्टलगायत मण्डलीले टक्राएका अनुदानहरुलाई सोसाइटीको स्वीकार गरेको पनि समावेश गर्नुहोस्।
२० मिनेट: “यहोवाको सेवामा व्यस्त।” प्रश्न-अनि-उत्तर छलफल। चारजना भएको परिवारद्वारा प्रदर्शन। पिताले १९९२ सालको भित्तेपात्रो चलाएर, फेब्रुअरी महिनामा तिनीहरुको समयको तालिका बनाउने सम्बन्धमा परिवारसँग छलफल गर्नेछन्। क्षेत्र सेवाका लागि कुनकुन दिन छुट्टाउने र परिवारका प्रत्येक सदस्यसँग तिनले कसरी काम गर्नेछन् भन्ने कुरोमाथि तिनले विचार गर्नेछन्।
१५ मिनेट: “अग्रगामीकाम—एउटा सेवा जसले धनिक इनामहरु ल्याउँछ।” प्रश्न-अनि-उत्तर विचारविमर्श। दुई जना अग्रगामीहरुको अन्तरवार्ता लिनुहोस्। अग्रगामी सेवामा लाग्नको निम्ति तिनीहरुले कस्ताकस्ता बाधाहरुलाई पार गर्नुपऱ्यो? अग्रगामी हुन तिनीहरुलाई कुन कुरोले उत्प्रेरणा दियो? अग्रगामीकाममा सफल हुनको लागि के कुरोले तिनीहरुलाई मदत दिएको छ? सबैलाई आ-आफ्नो परिस्थितिमाथि प्रार्थनापूर्वक विचार गर्न भनि प्रोत्साहन दिनुहोस्।
गीत ४० (३१) अनि समाप्ति प्रार्थना।
जनवरी २७ प्रारम्भ हुने सप्ताह
गीत १९७ (२२)
१० मिनेट: स्थानीय घोषणाहरु। वर्तमान पत्रिकाहरुको प्रस्तुतिकरणहरुको प्रदर्शन गर्नुहोस्।
२० मिनेट: “राज्य विस्तारणमा सहभागिता।” निविष्ट लेखमाथि प्रश्न-अनि-उत्तर छलफल। भाइहरुको लागि विशेष हितको हुन गएका सोसाइटीका ती प्रकाशनहरुका लागि तिनीहरुका संक्षिप्त अभिव्यक्तिहरु यसको बीचबीचमा हाल्नुहोस्, अथवा क्षेत्र सेवामा साहित्यको प्रयोगबारे संक्षिप्त अनुभवहरु बयान गर्न सकिन्छ।
१५ मिनेट: “रीड् टू एक्स्प्यान्ड्ʹ योर हराइʹजन्स्” ईश्वरशासित सेवकाइ पाठशाला ओभरसियरले यसलाई सम्हाल्नेछन्। अझ राम्रो पढ्न सक्ने हुने आवश्यकतामाथि जोड दिंदै, जुलाई २२, १९९१ अवेक! का पृष्ठहरु २५–७ माथि आधारित भाषण। श्रोताहरुलाई यस कुरोको मूल्याङ्कन गर्न मदत दिनुहोस् कि राम्ररी पढ्नसक्ने भएर मात्र पुग्दैन; हामीले राम्रो ग्रहणशक्तिको पनि विकाश गर्नुपर्छ। (जातीय: नोभेम्बर १, १९९० को द वॅचटावर्को “गॅड्स् वर्ड इज् ट्रूथ्।”
गीत २०१ (१०२) अनि समाप्ति प्रार्थना।