राज्य सेवकाइ पाठशालाले ईश्वरशासित शिक्षा प्रदान गर्दछ
प्राचीनहरुलाई दायित्वको गह्रौं भारी वहन गर्नुपर्छ। यो वजनदार कार्यभारको हेरचाहगर्न तिनीहरुलाई मदत दिनको लागि १९५९ मा प्रारम्भ भएको, “ओभरसियरको कार्यकलापबारे विशेष प्रशिक्षण पाठ्यक्रम” को प्रबन्ध गरियो। (jp pp. 292-3; yb77 p. 14) यसमा भाग लिनका लागि सेवकाइ दासहरुलाई पहिलो पटक १९८४ मा निम्त्याइयो। अन्तिम राज्य सेवकाइ पाठशाला १९८८ को सेवा वर्षमा भएको थियो, जसबाट दसौं हजारले लाभ उठाए।
तब देखि यसो, सयौं मण्डलीहरुको स्थापना गरियो र हजारौं भाइहरुलाई प्राचीन वा सेवकाइ दासको पदावलीमा नियुक्त गरियो। साथै, सङ्गठनात्मक व्यवस्थापना पनि गरियो। तसर्थ, सञ्चालक समितिले मण्डलीका सबै प्राचीन अनि सेवकाइ दासहरुलाई नयाँ सेवा वर्षभरमा हुने राज्य सेवकाइ पाठशालामा उपस्थित हुन प्रबन्ध गर्दैछन्। यो नयाँ पाठ्यक्रम विशेषतः क्षेत्रको वर्तमान खाँचोको पूर्तिगर्ने हेतुले मिलाइएको छ। यो पाठशालामा सिकाउने नेतृत्व परिभ्रमण ओभरसियरहरुले गर्नेछन्। जसै प्राचीनहरु र सेवकाइ दासहरुले पाठशालामा सिकेका कुरोहरुलाई प्रयोगमा ल्याउँनेछन् उसै मण्डलीहरुको हित भएको थाहा लाग्नेछ।