अप्रिलको लागि सेवा सभाहरु
अप्रिल ६ प्रारम्भ हुने सप्ताह
गीत १३९ (७४)
१० मि०: स्थानीय घोषणाहरु तथा हाम्रो राज्य सेवकाइ–बाट छानिएका घोषणाहरु। चित्रण गर्नुहोस् कसरी वर्तमान पत्रिकाहरुमा भएका विशिष्ट लेखहरुलाई शनिवारको पत्रिका कार्यमा चलाउँन सकिन्छ। स्मरणार्थताका क्षेत्र सेवाको लागि विशेष प्रयत्न माथि जोड दिनु होला।
२० मि०: “यहोवाका कार्यहरुको प्रचार गर।” प्रश्नअनि–उत्तर छलफल। अप्रिललाई गतिविधिहरुको विशेष महिना बनाउनको लागि सहयोग दिनु हुन सबैलाई न्यानो प्रोत्साहन दिनुहोस्।
१५ मि०: “मेरो सम्झनामा यो गर्ने गर।” श्रोतागणको सहभागीतामा प्रिजाइडीङ् ओभरसियर् द्वारा भाषण। पेटीमा दिइएको सामग्रीलाई पनि समावेश गर्नु होला। स्मरणार्थको आमन्त्रण पत्रलाई राम्रो प्रयोगमा ल्याएर चासो देखाउनेहरुलाई स्मरणार्थमा निम्त्याउँनका लागि हर प्रयत्न गर्ने प्रोत्साहन भाइहरुलाई दिनुहोस्।
गीत १५ (९८) अनि समाप्ति प्रार्थना।
अप्रिल १३ प्रारम्भ हुने सप्ताह
गीत १०१ (२३)
१० मि०: स्थानीय घोषणाहरु। मे महिनामा सहायक अग्रगामी काम गर्नको लागि योजना बनाउनेहरुलाई आवेदन पत्र प्राप्त गरेर चाँडै भरेर फर्काउँन हुन प्रोत्साहन दिनुहोस्।
२० मि०: “हाम्रा इलाकामा भएका युवाहरुलाई मदत् दिन।” लेखको प्रश्न–अनि–उत्तर ढाकन्त। यङ पिपल आस्क् पुस्तकलाई टक्य्राउनु हुँदा स्थानीय रुपमा व्यवहारिक हुने प्रस्तुतीलाई प्रकाश गर्नुहोस्। यसमा संक्षिप्त प्रदर्शन पनि समावेश गर्नुहोस् जसले देखाउँनेछ कि सर्वसाधारण आपत्तिको सामना कसरी गर्न सकिन्छ। यदि घरपट्टिले भन्छन्: ‘मेरो आफ्नै धर्म छ’, युक्तिकौशल चलाएर सोध्नु होस्: “आजका युवाहरुले सामना गर्ने समस्याहरुबारे हालैसालै तपाईंले गिर्जामा कुनै छलफल गर्नु भएको छ?” छलफललाई यर्मिया १०:२३ पढ्ने तर्फ लैजानु होस्। सोध्न सकिने अर्को प्रश्न यो पनि छ: “लागू पदार्थको दुर्व्यसन तथा मसिही युवामाथि यसको प्रभावबारे तपाईंको गिर्जालाई केही भन्नु छ?”
१५ मि०: “प्रस्तुतीहरु जसले प्रत्युत्तर पाउँछन्।” दुइ वा तीन अग्रगामीहरु र/वा प्रकाशकहरुसँग अनुभवी प्राचीन द्वारा छलफल। स्थानीय इलाकामा व्यवहारिक हुन सक्ने विभिन्न उपागम माथि विचार गर्नुहोस्।
गीत १९ (२९) अनि समाप्ति प्रार्थना।
अप्रिल २० प्रारम्भ हुने सप्ताह
गीत १९७ (२२)
१० मि०: स्थानीय घोषणाहरु। लेखा रिपोर्ट। सोसाइटीले अनुदान मञ्जुर गरेको समावेश गर्नुहोस्। व्यवस्था १६:१७–मा दिएका सिद्धान्तलाई भाइहरुले पछ्याउनु भएकोमा सऱ्हानी गर्नुहोस्।
१५ मि०: “चासोलाई अविलम्ब पिच्छा गर्नुहोस्।” प्रश्नतथा–उत्तर छलफल।
२० मि०: मे महिनामा सहायक अग्रगामी काम गर्ने वा बितेको समयमा सो गर्ने तीन वा चार प्रकाशकहरु सँगको छलफल प्राचीनले सञ्चालन गर्नेछन्। के कुरोले तिनीहरुलाई अग्रगामी काम गर्न लगायो, मे महिनाको लागि तिनीहरुले के के योजना बनाएका छन्, तथा विगत समयमा सहायक अग्रगामी छँदा तिनीहरुले पाएका कुनै अनुभवलाई तिनीहरुको मनबाट तानेर झिक्नुहोस्। मे महिनाको लागि अहिलेसम्म सहायक अग्रगामी कामको लागि स्वीकृति प्राप्त गर्नेहरुको नाउँ घोषणा गर्नु होस्।
गीत १२३ (६३) अनि समाप्ति प्रार्थना।
अप्रिल २७ प्रारम्भ हुने सप्ताह
गीत १९३ (१०३)
१० मि०: स्थानीय घोषणाहरु। ईश्वरशासित समाचार। मेको महिनामा सहायक अग्रगामी काम माथि विचार गर्नेको लागि प्रोत्साहन।
२० मि०: “चासोलाई अझ बढाउनका लागि म के भन्न सक्छु?” दुइ वा तीन राम्ररी–तयार पारेका प्रदर्शनहरुलाई प्रस्तुत गर्नु होस्। प्रत्येक प्रदर्शन पश्चात, घरपट्टिको चासोलाई बढाउनको लागि यो प्रस्तुती असरदायक हुन सक्छ भन्ने तिनीहरुलाई किन लाग्छ श्रोतागणको हृदयबाट तानेर झिक्नुहोस्।
१५ मि०: स्थानीय खाँचोहरु अथवा सेप्टेम्बर १५, १९९१ वॅचटावर–को लेख “इʹलस्ट्रेशन्स्—ए की टु रीचीङ् हार्ट्स” माथि आधारित उत्साहजनक भाषण। वर्तमान प्रस्तुतीहरुलाई चलाएर स्थानीय इलाकाको लागि उपयुक्त हुने दृष्टान्तहरुबारे सुझाव दिनु होस्। (जातिय: “द फेथ्ʹफुल स्लेभ् एण्ड इट्स् गॅʹभर्निङ् बॅʹडि।” अक्टोबर १, १९९०–को द वॅचटावर।)
गीत २१३ (८५) अनि समाप्ति प्रार्थना।
मे ४ प्रारम्भ हुने सप्ताह
गीत २०९ (८४)
८ मि०: स्थानीय घोषणाहरु। मे तथा जून महिनाहरुको लागि वॅचटावर–को अभिदान उठाउने अभियानबारे सबैलाई स्मरण गराउनु होला। अभिदान प्राप्त नभएको खण्डमा, यदि असल चासो प्रकट भयो भने दुइवटा पत्रिकाहरु तथा कुनै ब्रोश्यरको एउटा प्रति (स्कुल ब्रोश्यर बाहेक) टक्राउँन सकिन्छ।
१५ मि०: नोभेम्बर १, १९९१, वॅचटावर लेख “डु यु अप्रीʹशिएट् जेहोʹवाज़ अर्थ्लि ॲरʹगनाइजेशन्?” माथि आधारित भाषण। सङ्गठन माथि मण्डलीको विश्वास तथा भरोसालाई निर्माण गर्नुहोस्। (जातिय: “कोॲʹपरेटीङ् विद् द गॅʹभरनीङ् बॅʹडि टुडे।” अक्टोबर १, १९९०–को द वॅचटावर।)
१२ मि०: रीʹजन्इङ् पुस्तकको पृष्ठ २९-३२ बाट “अयान्ʹसेस्टर् वॅरʹशिप” माथि छलफल। जब कि धेरैले प्रतिवाद गर्न सक्छन् कि पश्चिमी संसारमा अधिकांश मानिसहरुले पुर्खाहरुको उपासना गर्दैनन्, तरैपनि मरेकोहरुलाई आदर गर्नको लागि आधुनिक समाजमा धेरै थोक गरिन्छ। कतिपय व्यक्तिहरुलाई अझै पनि जीवित भएसरह श्रद्धाञ्जली तथा पूजाअर्चना चढाइन्छ। मूर्तिहरु, चित्रकला, तथा जीवन चरित्रहरुले गण्यमान्य मानिसहरुको स्मरणोत्सव मनाउँछन्। एकजना तरुण छोरोसँग एक जना बाबुले कुराकानी गरिरहेको दृश्य प्रस्तुत गर्नु होस्। बाबुले रीʹजन्इङ् पुस्तकको पृष्ठ ३०–को जानकारी चलाउँछन्। दुइवटा अघिल्लो उपशिर्षकहरुका सामग्रीलाई प्रकाश पार्दै बच्चालाई देखाउँने छन् कि आत्मावाद वा मरेकाहरु फर्केर जीवितहरुलाई तर्साउन आउँछन् जस्ता विचारलाई अघि सार्ने प्रकारका तर्साउने फिल्महरु हेर्नमा खतरा किन छ। मरेकाहरुको अवस्था तथा पुनःरुत्थानको आशाबारे बताउनु होस् र देखाउनु होस् कि यो कुरोले मरेकाहरुबारे हाम्रो दृष्टिलाई कसरी असर पार्नु पर्छ। आत्मावादको शिक्षालाई बढाउँने मनोरञ्जनबाट अलग्ग रहने अभिलाषा बच्चाले व्यक्त गर्दछ।
१० मि०: अप्रिलमा यङ पिपल आस्क् पुस्तक चलाए वापत पाएको अनुभव। समयले भ्याए अनुसार प्रकाशकहरुलाई सकारात्मक अनुभवहरु वर्णन गर्न लगाउनु होस्।
गीत ७२ (५८) अनि समाप्ति प्रार्थना।