चासोलाई अविलम्ब पिच्छा गर्नुहोस्
१ “आज गर्न सकिने कामलाई भोलिको लागि कहिल्यै नराख।” यो उखानसँग कतिपय रामरी परिचित छन् जसले आवश्यक थोकहरुलाई तत्कालै गर्ने प्रोत्साहन दिन्छ। यो सिद्धान्तलाई हाम्रो सेवकाइमा पनि प्रयोग गर्न सकिन्छ भन्ने कुरो निम्न अनुभवले देखाउँछ।
२ एक जना व्यक्तिलाई एउटी बहिनीले पुस्तक टक्य्राउँनु भएछ र फर्केर आउँछु भनेर वचन दिनु भएछ। एक घन्टा पछि गलतीले अर्को बहिनी त्यही घरमा पुग्नु भएछ। पुस्तकलाई आफ्नो हातमा लिएर त्यो व्यक्ति ढोकामा आउनु भएछ र उहाँलाई भन्नुभएछ: “फर्केर आउँछु भनेर जब तपाईंले भन्नुभयो तब मलाई विचारै आएन कि तपाईं यत्ति चाँडै आउनु हुनेछ, तर भित्र आउनु होस्, मेरो अध्ययनको लागि म तयार छु।”
३ जब कि यस प्रकारको तत्कालिक पुनःभेट प्रायः प्रायः हुने गर्दैनन्, तापनि हाम्रो सेवकाइमा पाएको चासोलाई हामीले अनावश्यक ढङ्गमा विलम्ब नगरिकन पिच्छा गर्न सजग हुने खाँचोबारे यस अनुभवले प्रकाश पार्दछ। अप्रिल दौरान हामीले यङ पिपल आस्क् पुस्तकलाई टक्य्राउँनेछौं। संसारका युवाहरुमा प्रचलित मक्किएका सिद्धान्तहरुले आज, प्रमाण दिंदछ कि तिनीहरुलाई समस्याको सामना गर्नका लागि बाइबलबाट व्यवहारिक सल्लाहको खाँचो छ। (२ तिमो० ३:१६, १७) तब बाइबल माथि आधारित उत्तरहरु लिएर यङ पिपल आस्क् पुस्तक आइपुग्यो जुन साँच्चै नै काम लाग्छन्!
४ मानिसहरुलाई थप सहायता चाहिएको छ: यस प्रकाशनमा भएका जानकारीलाई बुझ्न तथा यो तिनीहरुको जीवन अनि भविष्यसँग संवन्धित छ भनेर मूल्याङ्कन गर्न मदत् दिनको लागि, हामीले पुनःभेटको लागि प्रबन्ध मिलाउनु पर्छ, हुन सक्छ भने प्रथम भेटको केही दिन भित्रैमा। हामी यो कसरी गर्न सक्छौं? हुन सक्छ तपाईं फर्केर आउनु हुनेछ भन्ने जानकारी दिएमा यसले तिनमा भएको चासोको सीमालाई निर्धारण गर्न मदत् दिनेछ।
५ पुनः भेटको लागि बाटो बनाउनु होस्: आजको जमानामा निश्चित समयको लागि वचन लिन प्रायः सधैं सजिलो हुँदैन, तथा घरपट्टिले भेट्ने समयलाई र्बिसिन पनि सक्छन्। तथापि, यदि तपाईंले यस प्रकारको पुनः भेटको समय टिपि राख्नु भएको छ र पुनः भेटमा जान निश्चय गर्नु भयो भने—संम्भव भएसम्म केही दिन भित्रैमा—भेट्ने वचनलाई गम्भीरतापूर्वक लिने तपाईंको जिम्मेवारीलाई तपाईंले पूरो गरिरहेको हुनेछ। यदि त्यो व्यक्ति घरमा हुनुहुन्न भने, तिनीसँग सम्पर्क राख्ने आफ्नो कोशिसलाई फेरि पनि जारी राख्नु होस्। जब तिनलाई भेट्ने तपाईंको कट्टिबद्धतालाई तिनले देख्ने छन् तब तपाईंको आगमलाई गम्भीरतापूर्वक लिन तिनलाई प्रोत्साहन मिल्नेछ।
६ प्रथम पटकको सम्पर्कबाट मात्रै कुनै व्यक्तिकोमा प्रकट भएको चासोबारे हामी नितान्त रुपले निश्चित कदापि हुन सक्दैनौं, यसकारण अल्पतम् सरोकार देखाए तापनि त्यहाँ फर्केर आउँनै पर्छ भनि टिपेर राख्नु होला। यस्ता चासोलाई अविलम्ब पिच्छा गर्नु लाभदायक हुनेछ। यङ पिपल आस्क् पुस्तकमा तपाईंले त्यो व्यक्तिको चासोलाई बढाँउनु भएको होला, र फर्केर जानु हुँदा तपाईंले पाउँनु हुने असल स्वागतबाट संभवतः तपाईं छक्क पर्नु हुनेछ। यसकारण निश्चय नै चासोलाई अविलम्ब पिच्छा गर्नु होस्!