हाम्रा इलाकामा भएका युवाहरुलाई मदत् दिन
१ युवाहरुले सामना गरेका प्रश्नहरु तथा समस्याहरुले तिनीहरुलाई वास्तवमा अलमल्ल पार्छ। भजनहारले सोध्नु भयो: “जवान मानिसले आफ्नो चालचलन कसरी शुद्ध राख्नसक्ला?” अर्को शब्दमा युवाहरुलाई अलमल्ल पार्ने प्रश्नहरुको लागि व्यवहारिक उत्तर पाउने मदत् तिनीहरुलाई कसरी दिन सकिन्छ? प्रश्नहरु जस्तो कि: “के म लागू पदार्थ तथा मद्यसारलाई एक पटक चलाई हेरौं?”, “बिहे गर्न अगावै यौन संबन्ध कसो होला?”, “म कुन कार्यजीवन रोजौं?”। भजनहारले उत्तर दिनु हुन्छ: “तपाईंको वचनमा ध्यान दिएर नै हो।”—भजन ११९:९.
२ हो, जवानहरुको लागि सल्लाहको सबै भन्दा राम्रो स्रोत हो परमेश्वरको वचन, बाइबल। किन? किनकि यसको प्रेरणा यहोवा परमेश्वरबाट भएको हो जसलाई “जवानीका अभिलाषाहरु” बारे तीक्ष्ण ज्ञान छ। (२ तिमो २:२२, फिलिप्स्) आजका युवासँग सरोकार हुने धेरै समस्याहरुका जरोमा नै यो पुग्दछ तथा भविष्यको निमित्त तिनीहरुलाई आशा दिंदछ। बाइबलका सल्लाहहरुलाई पछ्याउने आजका जवान मसिहीहरुको सत्य जीवनमाथि आधारित अनुभवहरुले प्रमाण दिंदछन् कि यसका सल्लाहहरु काम लाग्छन्। हाम्रा इलाकामा भएका जवान मानिसहरुलाई मदत् दिनको लागि, अप्रिल दौरान हामी क्वेस्ʹचन्स् यङ पिपल आस्क्—आनʹसर्स द्याट् वर्क् पुस्तक चलाउँने छौं। युवाहरुलाई चिन्ताको कुरो हुने विषयहरुका विस्तीर्ण क्षेत्र यसले ढाक्तछ तथा यसमा भएका सल्लाहहरु बाइबल माथि आधारित छन्!
३ यङ पीपल आस्क् पुस्तकबारे जवानहरुको के विचार छ? एउटी सोऱ्ह वर्षीया केटी भन्छिन्: “जब मैंले यसको विषय सूची पढें, मैले मेरो आफ्नै जीवन हेरे झैं मलाई लाग्यो। त्यहाँका कतिपय प्रश्नहरु यस्ता थिए जसलाई मैले आफैलाई कुनै न कुनै बेला सोधेकि थिएँ।” यो पुस्तकले मोहित पारेको अर्को पन्ध्र वर्षीयले स्वीकार गऱ्यो: “पढ्ने काम मलाई उत्तिको मन पर्दैन, तर यो पुस्तक यत्ति राम्रो छ कि यसलाई पढ्न थाले पछि, तल राख्न म सक्दै सक्दिन।” वयस्कहरुले पनि यो पुस्तक प्रति मूल्याङ्कन व्यक्त गरेका छन्। एक जना ट्र्याʹभ्लिङ् ओभरसियरकी श्रीमतीले भनिन्: “मेरो तथा मेरो श्रीमानको आफ्नै कुनै छोरा–छोरी छैनन्। तापनि त्यहाँको विषय सामग्रीलाई हाम्रो लागि पनि मूल्यवान हुने तरिकामा प्रस्तुत गरिएको मैले पाएँ। यसर्थ यो पुस्तकको नाउँ सजिलैसँग ‘क्वेस्ʹचन्स् पिपल आस्क्—आनʹसर्स द्याट् वर्क्’ हुन सक्नेथ्यो!’” प्रत्यक्ष छ धेरैले यङ पिपल आस्क् पुस्तकलाई पढेर आफू माथि लाभ ल्याउँदै आनन्द प्राप्त गर्दैछन्।
४ यङ पीपल आस्क् पुस्तक सबैलाई इमानदारीपूर्वक सिफारीस गर्नुहोस्: अप्रिलको महिनामा जसै तपाईं अरुहरुसँग शास्त्रीय छलफलमा व्यस्त हुनु हुनेछ, जवान तथा वृद्ध दुवैलाई यङ पीपल आस्क् पुस्तक देखाउँन न अनकनाउनु होला। यसको प्रति पाउनेहरुलाई यो भन्न नबिर्सनु होला कि पुस्तकका नबुझेका भागहरुमा तिनीहरुले चिह्न लगाउँन सक्छन्, र जब तपाईं फर्केर आउनु हुनेछ, तब यी बुँदाहरुबारे तिनीहरुसँग तपाईं छलफल गर्नु हुनेछ। पुनः भेटमा जानको लागि यो काइदा एउटा थप आधार बन्न सक्छ।
५ ढोका–ढोकामा जाने सेवा बाहेक अझ थप, नातागोता, परिचितहरु, तथा व्यवसायी कामधन्धा हुँदो भेट्टाएकाहरुलाई पनि अनौपचारिक ढङ्गमा यङ पीपल आस्क् पुस्तक टक्राउँन सकिन्छ। तपाईंले उल्लेख गर्न सक्नु हुन्छ कि यसमा भएका रङ्गीन चित्रहरुको शक्तिशाली चित्ताकर्षणबाट, यसका विषय सूची तथा युवासँग सबै भन्दा बढी सम्बन्धित यसका प्रश्नहरु, अथवा प्रत्येक अध्यायको अन्तमा दिइएका “छलफलका लागि प्रश्नहरु” किवा तेर्सो अक्षरमा देखाएका सामग्रीबाट तपाईंले कसरी व्यक्तिगत लाभ पाउँनु भएको छ। यस बाहेक जनवरी १९९१, आवर् किङ्डम् मिनीस्ट्री–को पृष्ठ ६–मा दिएका सहयोगात्मक सुझावहरुको पुनःरावलोकन पनि तपाईं गर्न चाहनु हुनेछ।
६ बाइबलमा पाइने व्यवहारिक बुद्धिको लागि आदरभाव हुने युवाजन र जोसुकैलाई मदत् दिनको लागि परमेश्वरको स्रोतबाट उपलब्ध गराइएको यस्तो प्रकाशन प्राप्त गर्नु हाम्रो निमित्त ठूलो सौभाग्यको कुरो हो। यङ पीपल आस्क् जस्तो मूल्यवान सहायक हामीलाई सुम्पिएको हुनाले यसलाई हामीले सकारात्मक विचार लिएर सबैलाई टक्य्राउँ। जसै हामीले यसो गर्नेछौं, आशा गरिन्छ कि धेरै युवाजन तथा अरुहरुलाई परमेश्वरको नौलो संसारमा अनन्त जीवनको आशालाई अङ्गाल्नको लागि मदत् मिल्नेछ र हाम्रा सृष्टिकर्ताको इच्छा गर्न हामीसँग लाग्नेछन्।—प्रका० ४:११.