द वॅचटावर् लिएर सुसमाचारलाई घोषणा गर्नुहोस्
१ द वॅचटावर् वास्तवमै अद्वितीय यसकारणले छ किनकि यो सुसमाचारको एउटा वाहक हो। यसको ठीक विपरीत, धेरैजसो संसारी पत्रपत्रिकाहरुले नराम्रा तथा उत्साहलाई भङ्ग गर्ने प्रकारको समाचार दिने गर्दछन्। अरुहरुलाई हामीले कसरी देखाउँन सक्छौं कि द वॅचटावर् बेग्लै छ, कि वास्तवमा यसमा पुनःताजा गराउँने प्रकारको समाचार छ?
२ हामीले यस पत्रिकाको पृष्ठ २–मा भएको “द पर्ʹपज् ॲफ द वॅचटावर्” तर्फ ध्यानलाई आकर्षित गराउँन सक्छौं। औंल्याउँनु होस् कि यसको उद्देश्य यहोवालाई सर्वसत्ताधारी शासकको रुपमा महिमित पार्नु, बाइबल अग्रिमवाणीहरु पुरो गर्ने विश्व घटनाहरु माथि ध्यान दिनु, अत्याचारमा परेकाहरुलाई सान्त्वनादायक समाचार दिनु, तथा उद्धारको लागि यहोवाले गर्नु भएको प्रबन्धहरु माथि हाम्रो विश्वासलाई सुदृढ पार्नु हो।
३ द वॅचटावर्–बारे हाम्रो टिप्पणीहरुले के उक्त विचारहरुलाई पत्यारलाग्दो तरिकामा जनाउँदछ? हामीले भनेका कुरोहरु क्षणिक चासोलाई फिलुङ्ग्याउँने प्रकारको चतुर वाक्याङ्कश हुनु हुँदैन; यसमा वास्तविक अर्थ हुनु पर्छ, जसले आत्मविश्वास जगाएर अझ अरु सिक्ने अभिलाषा सृजन्छ।
४ तयारी आवश्यक: आआफ्ना इलाकालाई आफ्नो मनमा राखेर विभिन्न प्रस्तुतीहरुको विश्लेषण गर्दै, प्रत्येक पत्रिकालाई हामीले सावधानीपूर्वक पढ्नु पर्छ। उद्धृत गरिएका शास्त्रका पदहरु हेरेमा तिनीहरुले हाम्रो आफ्नो समझलाई बढाउँदछ। यसले सत्यप्रति हाम्रो मूल्याङ्कनलाई बढाउँन सक्तछ तथा अरुहरुसँग यसलाई बाँड्नको लागि हामीलाई प्रेरणा दिन सक्तछ। सत्य हाम्रो हृदयमा छैन भने, यी कुरोहरु भन्नको लागि हामीमा उत्तेजना कमै हुनेछ।
५ साधारणतया हामीलाई सकारात्मक हुनु नै उचित हुन्छ, र यदि संभव भएमा, अभिदानको प्रस्ताव राख्नु होला। जोर दिनु होला कि यो त्यो पत्रिका हो जसले अहिलेको भन्दा असल संसारको बाटो हेर्ने मानिसहरुको महान खाँचोलाई पूर्ति गर्छ। तिनीकहाँ तत्कालिक रकमको अभाव भएको हुनाले यदि अभिदान अस्वीकार गरियो भने तपाईंले उल्लेख गर्न सक्नु हुन्छ कि उहाँलाई सुविस्ता हुने बेलामा फर्केर अभिदान उठाँउनको लागि प्रबन्ध मिलाउन तपाईं इच्छुक हुनु हुन्छ। तापनि, यदि तपाईंको प्रस्ताव अस्वीकार भयो भने तब रू०९–मा दुइवटा पत्रिकाहरु तथा एउटा ब्रोश्यर टक्य्राउनुतर्फ ओर्लिनु होला।
६ जब तपाईं द वॅचटावर्–को सबै भन्दा पछिल्लो अङ्कलाई पढ्नु हुन्छ, तब घरपट्टीसँग गर्नु भएको अघिको छलफलहरुमा सो विषयहरुले कुन ठाउँमा चासो जगाएको थियो त्यसलाई पुनः स्मृतिमा ल्याउँने यत्न गर्नु होला। अझ अरु छलफलको लागि त्यो अङ्कलाई लिएर जाने निधो अवश्य पनि गर्नु होला।
७ यो सुसमाचार कहिले सम्म र कुन सीमासम्म घोषणा गरिने छ सो हामीलाई थाहा छैन। तापनि, हामी निश्चित हुन सक्छौं, कि जेजत्ति सम्पन्न भयो त्यसमा द वॅचटावर्–ले मुख्य भूमिका खेल्ने छ। यो प्रबन्धलाई चलाँउदै, परिश्रमपूर्वक “यहोवाको [न्यु व०] वचनको सुसमाचार सिकाउँदै र प्रचार गर्दै” हामीले प्रेरितहरुको अनुकरण गर्नु पर्छ।—प्रे. १५:३५.