प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km93 अप्रिल p. १
  • द वाचटावर—ठीक-ठीक समयको आत्मिक आहार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • द वाचटावर—ठीक-ठीक समयको आत्मिक आहार
  • हाम्रो राज्य सेवकाई—१९९३
  • मिल्दोजुल्दो सामग्री
  • हाम्रा पत्रिकाहरूको सदुपयोग गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९६
  • आफ्नो सेवकाईमा पत्रिकाहरू चलाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००५
  • पत्रिकाहरू राज्य घोषणा गर्छन्‌
    हाम्रो राज्य सेवकाई—१९९८
  • पत्रिका वितरणका लागि छुट्टै समय निकाल्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९३
km93 अप्रिल p. १

द वाचटावर—ठीक-ठीक समयको आत्मिक आहार

१ लगभग ११४ वर्षदेखिन्‌ द वाचटावर-ले आफ्नो पाठकहरूलाई आध्यात्मिक रूपमा सतर्क रहन सल्लाह दिंदै आएको छ। यसको सह-पत्रिका अवेक!-ले हाम्रै पुस्ताभित्र एउटा शान्तिमय र सुरक्षित नयाँ संसारका लागि सृष्टिकर्ताले गर्नुभएको प्रतिज्ञामाथि भरोसा उत्पन्‍न गराउँछ। यी दुवै प्रकाशनहरू यस अन्धकारमय संसारमा हाम्रो बाटोको लागि भरपर्दो ज्योति भएका छन्‌। (यशै० ६०:२) परमेश्‍वरको वचनको सच्चाइ कहिल्यै परिवर्तन हुँदैन तर जसै हामीलाई “ठीक ठीक समयमा” आध्यात्मिक आहार दिन यहोवाले यी पत्रिकाहरू र अन्य साधनहरू चलाउनु हुन्छ परमेश्‍वरको वचनको सच्चाइप्रति हाम्रो ज्ञान झन्‌ झन्‌ स्पष्ट हुँदै जान्छ।—मत्ती २४:४५; हितो० ४:१८.

२ पत्रिकाहरूको उत्तम प्रयोग गर्नुहोस्‌: हामीले पाएको आध्यात्मिक अन्तर्दृष्टिका लागि उत्साहका साथ मानिसहरूलाई द वाचटावर र अवेक! पढ्‌ने प्रोत्साहन दिएर हामी आफ्नो कृतज्ञता प्रदर्शित गर्न सक्छौं। अप्रिल र मई महिनाको दौडान मानिसहरूलाई वाचटावर पत्रिकाको ग्राहक बन्‍न प्रोत्साहित गर्न हामी घर-घरको सेवकाईमा विशेष प्रयास गर्नेछौं। यसबाहेक केही हदसम्म हामीसँग नियमित रूपमा पत्रिकाको एक दुई प्रति लिने र पढ्‌न रुचाउने थुप्रै व्यक्‍तिहरूलाई हामीले चिनेको हुन सक्छ। अप्रिल र मई महिनाको दौडान हामी फेरि तिनीहरूलाई भेट गर्न सक्छौं र ती पत्रिकाहरूको ग्राहक बनेमा कसरी पत्रिकाहरू हुलाकद्वारा नियमित रूपमा तिनीहरूको ढोका-ढोकामै आइपुग्छ भन्‍ने कुरा देखाउँदै ग्राहक बन्‍ने सुझाव प्रस्तुत गर्न सक्छौं।

३ मानिसहरू ग्राहक बनुन्‌ वा नबनुन्‌ हाम्रो सन्देशप्रति चासो देखाउने सबैलाई हामीले फेरि भेट गर्नुपर्छ। तर साँचो चासो छ कि छैन भनेर हामी कसरी थाहा लगाउन सक्छौं? कुनै एउटा पत्रिका, पर्चा वा पुस्तिकाबाट तपाईंले एक-दुईवटा बुँदाहरू प्रस्तुत गर्नुहुँदा घरधनीको प्रतिक्रियालाई याद गर्नुहोस्‌। के उसले ध्यान दिएर सुन्छ? के उसले बाइबललाई आदर गर्छ र तपाईंले बाइबलको पद पढ्‌नु हुँदा तपाईंसँगसँगै ध्यान दिएर हेर्छ? उसको दृष्टिकोण जान्‍न तपाईंले सोध्नु भएको प्रश्‍नहरूप्रति के उसले कुनै प्रतिक्रिया देखाउँछ? यदि छ भने एक हप्ताभित्र वा त्योभन्दा चाँडै एउटा पुनःभेट गर्ने व्यवस्था मिलाउन सक्नुहुन्छ र त्यस समयमा अझ बढी छलफल गरेर त्यसको आनन्द उठाउन सक्नुहुन्छ। यसप्रकार घरधनीसँग एउटा नियमित बाइबल अध्ययन सुरुआत गर्न सकिन्छ।

४ सम्भव भएसम्म सधैं तपाईंसँग पत्रिकाहरू राख्नुहोस्‌। आफू सँगसँगै काम गर्ने व्यक्‍तिहरू, कारोवार गर्दा परिचित भएका व्यक्‍तिहरू, स्कूलका मित्रहरू र नातेदारहरूलाई पत्रिका दिन र सकेमा ग्राहक समेत बनाउन सधैं सतर्क हुनुहोस्‌। सडक सेवकाई वा यात्राको दौडानमा पनि पत्रिकाहरूलाई नियमित रूपमा प्रस्तुत गर्न सकिन्छ।

५ नयाँ पत्रिकाहरू मण्डलीमा आउने बित्तिकै प्रकाशकहरूलाई त्यो उपलब्ध गराइनु पर्छ। नयाँ पत्रिका पाउनु भइसकेपछि त्यससँग राम्ररी परिचित हुनुहोस्‌। तपाईंको क्षेत्रका मानिसहरू कुन चाहिं विषयमा गहिरो चासो राख्छन्‌? विश्‍व शान्ति र सुरक्षा? अर्थव्यवस्था? राम्रो सरकार? वातावरण? उल्लेखनिय कुरो, द वाचटावर-ले मानिसहरूलाई एकमात्र स्थायी समाधान, अर्थात्‌ परमेश्‍वरको राज्य तर्फ डोऱ्‍याउँछ। (दानि० २:४४; मत्ती ६:१०) साँच्चै नै यो पत्रिका हाम्रो महान “गुरु”-ले दिनुहुने अमूल्य वरदान हो।—यशै० ३०:२०.

६ क्षेत्र सेवकाईमा अझ बढी समय बिताउन अप्रिल र मई महिनाले राम्रो मौकाहरू दिन्छन्‌। मई महिनामा ५ वटा सप्ताहन्तहरू हुने भएको हुनाकरण धेरैजना त्यस महिना सहायक अग्रगामीको कामका लागि आफ्नो नाउँ लेखाउँने छन्‌। यी दुई महिनाहरूको दौडान हाम्रो क्षेत्र सेवालाई वृद्धि गर्न र उत्साहका साथ ग्राहक बन्‍ने सुझाव प्रस्तुत गर्न हामी सबैले अहिले देखि नै व्यक्‍तिगत लक्ष्यहरू राख्नसक्छौं। यसप्रकार हामीले भेटेका जति सबैलाई द वाचटावर र अवेक! पढ्‌ने प्रोत्साहन दिइरहेका हुनेछौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने