सेप्टेम्बर्को लागि सेवा सभा
सेप्टेम्बर् ७ प्रारम्भ हुने सप्ताह
गीत १६२ (८९)
१० मि.: स्थानीय घोषणाहरु तथा हाम्रो राज्य सेवकाई बाट रोजिएका घोषणाहरु। भर्खरै प्रकाश भएका पत्रिकाहरूबाट वार्तालापका बुँदाहरू माथि छलफल गर्नु होस्। यो सप्ताहान्तको क्षेत्र सेवामा सहभागी हुन सबैलाई प्रोत्साहन दिनु होस्।
१५ मि.: “चासोलाई बढाउने परिचयहरू।” प्रश्नोत्तर विचारविमर्श। अनुच्छेद ५-का बुँदाहरू प्रदर्शित गर्नु होस्।
२० मि.: “थप प्रगति तर्फ सकारात्मक गतिविधि।” यस निवेषणका अघिल्ला दुईवटा अनुच्छेदहरुलाई भाषणको रूपमा अघि बढाउनु होस। शेष लेखलाई प्रश्न तथा उत्तरद्वारा छलफल गर्नु होस्। स्थानीय प्रयोग हुन सकिने बुँदाहरू माथि जोड दिनु होस्। छोट्करीमा यसको निचोड सुनाएर यसलाई समाप्त गर्नु होस्।
गीत १५५ (८५) तथा समाप्तिको प्रार्थना।
सेप्टेम्बर् १४ प्रारम्भ हुने सप्ताह
गीत १३३ (६८)
१० मि०: लेखा रिपोर्ट तथा अनुदान प्राप्त भएको सूचना लगायत स्थानीय घोषणाहरू। सोसाइटीको विश्वव्यापी कार्य एवं स्थानीय मण्डलीलाई दिइएको आर्थिक सहयोगका लागि मण्डलीको सऱ्हनी गर्नु होस्।
२० मि.: पुनःभेटमा जाँदा चासो बढाउने। सर्भिस ओभरसियरले यसको छलफल गर्ने छन्। प्रायः धेरै जना मानिसहरू सित कुराकानी गरेर तिनीहरूकहाँ पुस्तक-पुस्तिका छोडन रुचाउँछन्। (om pp. 87-8) हामीले कुरा गरेकाहरूको हृदयमा चासो बढाउनु पनि हाम्रो जिम्मेवारी हो। पुस्तक-पुस्तिका नदिएको ठाउँमा पनि चासोलाई एउटा पर्चा चलाएर कसरी विकास गर्न सकिन्छ सो कुराको प्रदर्शन छोट्करीमा देखाउनु होस्। एक अथवा दुई बुँदाहरू माथि मात्र ध्यान दिनु होला। रीʹजनइङ (Reasoning. नेपालीमा उपलब्ध छैन।) पुस्तकको सूचीमा भएका जानकारीलाई कसरी चलाउन सकिन्छ सोको प्रदर्शन छोट्करीमा देखाउनु होस्। बाइबलमा चासो विकास गर्नका लागि यो प्रकाशनमा दिइएका सङ्गक्षिप्त एवं प्रत्यक्ष बुँदाहरूमाथि जोड दिनु होस्। अरू भेटहरूका लागि प्रबन्ध कसरी मिलाउन सकिन्छ त्यो पनि देखाउनु होस्।
१५ मि.: “महान बेबिलोन।” रीʹजनइङ पुस्तकको पृष्ठहरु ४९–५३ माथि छलफल। प्रदर्शन: प्रकाशकले बाइबल विद्यार्थीसित तिनको प्रगतिबारे छलफल गर्छन्। यहोवाको दृष्टिमा पवित्र, एवं उहाँका मद्दत तथा आशिषको योग्य हुने खाँचो माथि जोड दिन्छन्। (१ पत्रु० १:१५, १६) अहिल्यै नै बाबेलबाट उम्किने र यहोवाको पवित्र सङ्गठनसित सङ्गति गर्न कति महत्त्वपूर्ण छ, त्यसमाथि जोड दिनु होस्। प्रकाशनहरूको प्रयोगद्वारा विद्यार्थीहरूलाई सङ्गठनतर्फ डोऱ्याउन एवं प्राचीनहरूले दिने मद्दतबाट लाभ उठाउनका लागि भाइहरूलाई प्रोत्साहन दिंदै अध्यक्षले समाप्त गर्छन्।
गीत १२९ (६६) तथा समाप्तिको प्रार्थना।
सेप्टेम्बर् २१ प्रारम्भ हुने सप्ताह।
गीत ११३ (६२)
१५ मि.: स्थानीय घोषणाहरू। ईश्वरतन्त्रीय समाचार। “सफा अन्तस्करण र धार्मिकताका साथ बाँच्नु होस्।” सन् १९९३ सेवा वर्षमा हुने विशेष सम्मेलन दिवसको कार्यक्रममा उपस्थित हुन भाइहरूलाई अग्रिम योजना बनाउने प्रोत्साहन दिनु होस्। मिति तथा स्थानको जानकारी छ भने त्यसको घोषणा गर्नु होस्। साथै, सप्ताहन्तका लागि क्षेत्र कार्यकलापमा सहभागी हुन प्रोत्साहन दिनु होस्।
२० मि.: “पुनःभेट गर्ने चुनौती।” प्रश्न-उत्तर छलफल। अनुच्छेदहरू ५ तथा ६ माथि छलफल गरेपछि, दुईवटा प्रर्दशनहरू देखाउनु होस्। (१) एउटा पर्चा चलाएर बाइबल अध्ययन कसरी थाल्न सकिन्छ सो देखाउनु होस्। (२) रीʹजनइङ पुस्तकबाट कुनै एउटा विषय रोजेर पुनःभेट गर्न जाँदा यसलाई कुनै प्रश्नको उत्तर दिनका लागि कसरी चलाउन सकिन्छ सो देखाउनु होस्। अभ्यास गर्न अत्यावश्यक छ भनी बताउनु होस्। चासो देखाएका सबै ठाउँमा फर्केर जाने प्रोत्साहन दिनु होस्।
१० मि.: “के तपाईंलाई सम्झना छ?” अप्रिल १५, १९९२-को वॅचटावर् लेखमाथि छलफल। अङ्ग्रेजी बाहेक पाक्षिक रूपमा छापिने भाषाको प्रयोग गर्ने मण्डलीहरूले जुलाई १५, १९९२ द वॅचटावर्-को “के तपाईंलाई सम्झना छ?” चलाउन सक्छन् तथा मासिक वॅचटावर्-को प्रयोग गर्ने मण्डलीहरूले सोही शीर्षक भएको जून १, १९९२-को अकं चलाउन सक्छन्। यी पत्रिकाहरू पढ्ने राम्रो तालिका बनाउन सबैलाई प्रोत्साहन दिनु होस्। व्यावहारिक सुझावहरू दिनु होस्।
गीत १३० (५८) तथा समाप्तिको प्रार्थना।
सेप्टेम्बर् २८ प्रारम्भ हुने सप्ताह
गीत ७२ (३९)
५ मि.: स्थानीय घोषणाहरू।
१५ मि.: “घर-घर गएर प्रभावकारी रीतिले काम गर्ने।” प्रश्न-उत्तर छलफल। अक्टोबर महिनामा सहायक अग्रगामी हुने प्रोत्साहन दिनु होस्। सहायक अग्रगामी हुनेहरूको गतिविधि आँउदो महिनाहरूमा साधारणतया बढ्दछन् भनेर बताउनु होस्।
१५ मि.: ओक्टोबर महिनामा सृष्ट पुस्तक प्रयोग गर्नु होस्। (Creation. नेपालीमा उपलब्ध छैन।) प्रदर्शन लगायत भाषण। सृष्ट पुस्तकलाई प्रस्तुत गर्दा चलाउन सकिने वार्तालापका बुँदाहरू एवं चित्रहरूमाथि छलफल गर्नु होस्। जुन ठाउँमा उपयुक्त छ त्यहाँ रीʹजनइङ पुस्तकको शिर्षक “सृष्टि” अन्तर्गतका विषयहरूलाई चलाउन सकिन्छ। “किन परमेश्वरले कष्ट रहन दिनु भएको?” तथा “एउटा पार्थीव प्रमोदवन चाँडै नै आउँदै छ” जस्ता अध्याय १६ तथा १९-का विषयहरूले घरपट्टीको मन आकर्षित गर्ने छ। कुनै सुयोग्य प्रकाशकले यो पुस्तक प्रस्तुत गरेको प्रदर्शित गर्नु होस्। तिनले हितोपदेश २:२१, २२ र पृष्ठ १९७-को चित्र प्रयोग गर्दै पृथ्वीका लागि परमेश्वरको इच्छा चाँडै नै पूरा हुने छ भन्ने कुरामाथि जोड दिऊन्।
१० मि.: “पुनःभेटमा जाँदा सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक चलाउने।” पहिलो दुईवटा अनुच्छेदहरूका बुँदाहरूलाई सङ्गक्षिप्तमा छलफल गर्नु होस्। त्यस पछि बाइबल अध्ययन थाल्न सोझै कुरा उठाउने तरीका पुनःभेटमा प्रयोग गरेको प्रदर्शित गर्नु होस्।
गीत १२६ (२५) तथा समाप्तिको प्रार्थना।
अक्टोबर ५ प्रारम्भ हुने सप्ताह
गीत ३० (९१)
५ मि.: स्थानीय घोषणाहरू।
१५ मि.: के तपाईंको आध्यात्मिक उन्नति हुँदै छ? प्राचीनद्वारा छलफल। मण्डलीमा भएकाहरूले विगत सेवा सालमा के विशेष लक्ष्यहरू प्राप्त गर्न सके? सकेनन् भने, किन नसकेका हुन् त? सम्भावित लक्ष्यहरू बारे सुझाव दिनु होस्। आध्यात्मिकताको हिफाजत गर्नका लागि उन्नति आवश्यक छ। (फि० ३:१६) परिवारले छोटो प्रर्दशन देखाउँछन्। तिनीहरूले आध्यात्मिक प्रगति कहाँ गर्न सक्छन् सो निर्धारण गर्न परिवारले आफ्नो सेवकाईमाथि आफ्नो पारिवारिक अध्ययनको दौडानमा तिनीहरूले पुनःर्विचार गरेको देखाउनु होस्।
१० मि.: स्थानीय आवश्यकताहरू वा मण्डलीको क्षेत्र सेवा गतिविधिलाई प्राचीनले छलफल गर्ने छन्।
१५ मि.: छोरा-छोरीको मनमा परमेश्वरको विचार हालेर तिनीहरूलाई विद्यालय पठाउने गर्नु होस्। प्राचीनद्वारा भाषण। हामी यस्तो संसारमा बस्छौं जसले हामीलाई त्यसको आकारमा ढाल्न खोज्ने प्रयत्न गर्छ। र हाम्रा जवान मानिसहरू माथि यो विशेष गरी लागू हुन्छ। तिनीहरूका आवश्यकता एवं समस्याहरू प्रति आमा-बाबुहरू संवेदनशील हुनु पर्छ। (हितो० २०:५) आमा-बाबुले आफ्नो प्रेम लगायत परमेश्वरका नियमहरू तथा प्रेमलाई छोरा-छोरीको मनमा हाली दिनु पर्छ। प्रर्दशन: विद्यालय (School. नेपालीमा उपलब्घ छैन।) ब्रोश्यर कसरी प्रयोग गर्ने सो परिवारले छलफल गर्छन्। पहिलो पटक एउटा बच्चा स्कूल जाँदै छ, जबकि अन्य दुई बच्चाहरू स्कूल जान लागेका निकै वर्ष भई सक्यो। प्रत्येकको परिस्थितिमा लागू हुने एउटा बुँदा रोज्नु होस्। शिक्षकको भूमिका खेल्ने आमा-बाबुलाई छोरा-छोरीले आफ्नो विचार आफ्नै शब्दमा व्यक्त गर्न लगाउनु होस्। यसमा बिथोलित सिद्धान्तहरूलाई छोरा-छोरीले बुझेका छन् भनी निश्चित गर्नु होस्। यो सञ्चालन गर्ने भाइले पारिवारिक बाइबल अध्ययन गर्ने प्रोत्साहन दिन्छन् तथा आमा-बाबुलाई आफ्नो छोरा-छोरीसित न्यानो, घनिष्ठ सम्बन्घ राख्ने आवश्कतामाथि जोड दिन्छन्।
गीत १०९ (११९) तथा समाप्तिको प्रार्थना।