घोषणाहरु
◼ साहित्य भेट: सेप्टेम्बर्: रु० ४० मूल्यमा सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक। (सानोको रू० २०.) ओक्टोबर्: रू० ४०-मा सृष्ट (Creation. नेपालीमा उपलब्ध छैन।) पुस्तक। (सानोको रू० २०।) यो उपलब्ध नभएमा सधैंभरि बाँच्न सक्नु हुन्छ वा बाइबलका कथाहरू (Bible Stories. नेपालीमा उपलब्ध छैन।) प्रयोग गर्न सकिन्छ। नोभेम्बर्: अवेक! वा/र वॅचटावर्-का लागि वार्षिक ग्राहक बनाउनु होस्। पाक्षिक संस्करणहरूका लागि वार्षिक ग्राहक मूल्य दर रू० ६० तथा छ महिनाका लागि रू० ३०। मासिक संस्करणहरूका लागि वार्षिक ग्राहक मूल्य दर रू० ३०। मासिक संस्करणहरूका लागि छ महिनाका निम्ति मात्र ग्राहक हुने सुविधा छैन। डिसम्बर्: न्यु वर्ल्ड ट्र्यान्सलेशन् बाइबल (New World Translation. नेपालीमा उपलब्ध छैन।) तथा बाइबल—परमेश्वरको वचन वा मानिसको? (The Bible—God’s Word or Man’s? नेपालीमा उपलब्ध छैन।) दुवैको मूल्य रू० ६०। (आफ्नो भाषामा साहित्य भेट: विशेष मूल्यमा पुरानो प्रकाशनहरू।) जनवरी १९९३: सबैभन्दा महान पुरुष पुस्तक रू० ४०। (The Greatest Man. नेपालीमा उपलब्ध छैन।) यो पुस्तक उपलब्ध छैन भने बाइबलका कथाहरू पुस्तक वा सघैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक चलाउनु होस्।
◼ मण्डलीसित सम्बन्धित सबैले द वॅचटावर् तथा अवेक! पत्रिकाका लागि वार्षिक ग्राहक हुने निवेदन आफैले सोझै नवीकरण नगरेर मण्डली मार्फत गर्नु पर्छ।
◼ साहित्यको माग पनि तपाईं जुन मण्डलीसित सम्बन्धित हुनु हुन्छ, त्यही मण्डली मार्फत मात्र पठाउनु होस्। कुनै वस्तु प्राप्त गर्न इच्छुक हुनेहरूले सो बारे साहित्य सेवकलाई भन्नेछन्। मण्डलीले अर्को साहित्य माग फारम पठाउँदा उक्त वस्तुलाई पनि साहित्य सेवकले समावेश गर्ने छन्।
◼ प्रत्येक मण्डलीलाई तीन तीनवटा लिटरेचर् इन्भेण्ट्री फारम [Literature Inventory forms (S-18)] पठाइएको छ। मण्डलीले सेप्टेम्बर् १, १९९२ अथवा त्यस पछि चाँडै नै आफूसित भएको साहित्य स्टोकको हिसाब गर्नु होस्। ती फारमहरूलाई पूरा भर्नु होस्। ठीकसित भरिएको छ छैन, दोहोऱ्याएर हेर्नु होस् र सेप्टेम्बर् ६-सम्म हामीलाई त्यो फारमको मूल प्रति पठाउनु होस्। आफ्नो फाइलको लागि त्यसको कार्बन कॅपी राख्नु होस्। वर्क शीटको लागि हामी तेस्रो प्रति चाहिं पठाउँदै छौं।
◼ अगस्त महिनाको लागि मण्डलीको रिपोर्ट तयार हुना साथै, कघ्रीगेशन् एनालाईसेस् फारम [Congregation Analysis Report form (S-10)] पूरा भै सकेको हुनु पर्छ तथा सेप्टेम्बर् ६-भन्दा अबेर नगरेर सोसाइटीलाई पठाइ सक्नु पर्छ। अग्रगामीहरूबाट अगस्तको रिपोर्ट प्राप्त हुन साथै सेक्रेटरीले रेग्युलर् पायनिअर् इन्फॅरमेशन् रिपोर्टलाई [Regular Pioneer Information Report] उक्त फारमको पछाडि पट्टी भर्नु पर्छ। यी फारमहरूका दुईदुई प्रति प्रत्येक मण्डलीलाई पठाइएको छ। कार्बन कॅपी आफ्नो लागि राखेर, कृपया हामीकहाँ मूल प्रति पठाउनु होस्।
◼ प्रिसाइडिङ्ग ओभरसियर वा उहाँद्वारा खटाइएका एक जनाद्वारा सेप्टेम्बर् १, वा यथासंभव त्यसको तुरुन्तै पछि मण्डली हिसाबको लेखापरीक्षण गर्नु होस्।
◼ विशेष मूल्यमा प्रस्तुत गर्नका लागि बेला बेलामा हाम्रो राज्य सेवकाई-द्वारा पुरानो १९२ पाना भएका पुस्तकहरूका नामावली हामी दिने गर्छौं। कुनै कुनै महिनाहरूमा यी पुस्तकहरूलाई नै प्रस्तुत गर्ने सुझाव दिइन्छ तथा जनसाधारणको हातमा यसलाई पुऱ्याउनुमा हामी विशेष प्रयास गर्छौं। कहिले काहीं, अर्को पुस्तकलाई प्रस्तुत गर्ने सुझाव दिइए तापनि, कुनै घरपट्टीले खास कुरा उठाएको हुनाले, यी पुराना प्रकाशनहरूलाई नै प्रयोग गर्न भाइहरू उपयुक्त ठान्छन्। यस्तो अवसरमा पनि, यसप्रकारले सूचीबद्ध पुस्तकहरूलाई विशेष मूल्यमा नै दिनु पर्छ। लिटरेचर् काउन्टरले यी पुराना पुस्तकहरूलाई वितरण गर्ने छन् तथा प्रकाशक र अग्रगामीहरूले यसलाई विशेष दरमा वर्षभरि दिन सक्ने छन्। कुनै पनि महिनामा मण्डलीले विशेष वितरण दरका पुस्तकहरू उधारोमा लिने निवेदन गर्न सक्छन्।
◼ नयाँ प्रकाशनहरू उपलब्ध: उर्दु: ह्वट् डू जेहोवाज् ह्विट्ʹनेसस् बिलीभ्ʹ? (T-14)