प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km92 सेप्टेम्बर
  • सफा अन्तस्करण र धार्मिकताका साथ बाँच्नु होस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सफा अन्तस्करण र धार्मिकताका साथ बाँच्नु होस्‌
  • हाम्रो राज्य सेवकाई—१९९२
  • मिल्दोजुल्दो सामग्री
  • शुद्ध मनको हुनुहोस्‌–अन्त नजीकै छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • सम्मेलन कार्यक्रमहरू पुनरावृत्ति गर्ने नयाँ प्रबन्ध
    हाम्रो राज्य सेवकाई—२००४
  • अन्त नजीकै भएकोले “शुद्ध मनको” हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • परमेश्‍वरको वचन स्वीकार गर्न, प्रयोगमा ल्याउन, तथा त्यसबाट लाभ उठाउँन
    हाम्रो राज्य सेवकाई—१९९२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९२
km92 सेप्टेम्बर

सफा अन्तस्करण र धार्मिकताका साथ बाँच्नु होस्‌

१ भक्‍तिहीनता तर्फ लैजानका लागि जोडतोडका साथ प्रयास गर्ने संसारमा हामी बाँचेका छौं। यस रीतिरिवाजको गुणस्तर झन झनै बिग्रन्दो छ। (२ तिमो० ३:३) मसीहीहरू भएर, हामीले असल कार्यको पक्ष लिनै पर्छ तथा यसो हामीले किन गरिरहनु पर्ने सो बुझ्नै पर्छ। तर यसका लागि के कस्ता निर्देशन्‌ तथा मार्गदर्शन उपलब्ध छ? हामीले अनुसरण गर्नु पर्ने स्तर के के हुन्‌? अतः १९९३ सेवा वर्षका विशेष एक दिने सम्मेलनको उत्साहवर्धक ध्येय हो “सफा अन्तस्करण र धार्मिकताका साथ बाँच्नु होस्‌।”—तित० २:१२.

२ भाषणहरू, प्रदर्शनहरू, तथा अनुभवहरूद्वारा अर्धमको विरोध हामी कसरी गर्न सक्छौं तथा सांसारिक आकाङक्षालाई परित्याग गरेर बलियो कसरी हुन सक्छौं भन्‍ने विषयहरू हामी सिक्ने छौं। साथै यो दुष्ट रीतिरिवाज बीच सफा अन्तस्करण र धार्मिकताका साथ बाँच्न कसरी सम्भव छ, यो पनि हामी हेर्ने छौं। हाम्रा मानसिक शक्‍तिको रक्षा गर्ने मद्दत दिनका लागि कस्ता कस्ता प्रबन्ध गरिएका छन्‌, तिनीहरूको पनि उल्लेख गरिने छ। (१ पत्रु० ४:७) आमा-बाबु तथा तरुणहरूले विशेष गरी अपरान्हको कार्यक्रममा हुने भाषणहरू र अन्तरवार्ताहरूमा ध्यान दिन मनपराउने छन्‌। आनन्दमय ईश्‍वरतन्त्रीय भविष्यको निर्माण गर्नका लागि संयुक्‍त रूपमा कार्य गर्ने तथा इश्‍वरीय ज्ञान एवं अनुभव प्राप्त गर्ने आवश्‍यकता माथि यिनीहरूले जोड दिने छन्‌।

३ हाम्रो वरिपरि अधर्मी संसार भए तापनि, परमेश्‍वरको वचनले हामीलाई सबैभन्दा उत्तम मार्गको विषयमा निर्देशन दिंदछ। “एउटा आनन्दहीन संसारको माझमा आफ्ना आशिषलाई कदर गर” भन्‍ने भाषणद्वारा बाइबलको सल्लाह मानेर त्यसबाट प्राप्त हुने लाभहरूलाई महत्त्व दिइने छ। त्यहाँ उपस्थित हुन जसै हामी तयारी गर्छौं, हामी यो कुरा मनमा राख्ने छौं कि कार्यक्रममा राम्ररी ध्यान दिनाले तथा यसका सल्लाहहरू प्रयोगमा ल्याउनाले यहोवाका सेवामा अझ प्रभावकारी हुने मद्दत हामीले पाउने छौं।—फिलि० ३:१५, १६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने