अक्टोबरका लागि सेवा सभाहरू
अक्टोबर १२ प्रारम्भ हुने सप्ताह
गीत ८४ (३०)
१५ मि०: स्थानीय घोषणाहरू तथा हाम्रो राज्य सेवकाई-बाट प्रासङ्गिक घोषणाहरू। “के त्यो चासोलाई पुनः जागृत गराउन सकिन्छ?” लेखमाथि छलफल गर्नु होस् तथा यस्ता भेट कसरी गर्न सकिन्छ प्रर्दशन गर्नु होस्।
१५ मि०: “सृष्टिको परमेश्वरलाई प्रशंसा गर्नु होस्।” लेखको प्रश्न तथा उत्तर गरेर छलफल। अनुकरणीय युवाहरूलाई अनुच्छेद ४-मा उद्धरण गरिएका प्रकाशनहरूबाट अनुभवहरूका वर्णन दिने अग्रिम प्रबन्ध मिलाउनु होस्। अनुच्छेद ५-मा उल्लेखित अनुभवको वर्णन अर्को प्रकाशकले दिन सक्छ। यो मूल्यवान प्रकाशनलाई प्रस्तुत गर्दा विवेक चलाउने खाँचोमाथि जोड दिनु होस्।
१५ मि०: “चासोलाई जगाउने प्रस्तुतीकरणहरू।” दिइएका सल्लाहहरूलाई तपाईंको स्थानीय इलाकामा कसरी कार्यान्वयन गर्न सकिन्छ सो श्रोतागणसित छलफल गर्नु होस्। दुई वा तीनवटा, राम्ररी तयार गरिएका प्रदर्शनहरूको प्रबन्ध गर्नु होस्।
गीत ९६ (७२) तथा समाप्तिको प्रार्थना।
अक्टोबर १९ प्रारम्भ हुने सप्ताह
गीत ७९ (५०)
१० मि०: स्थानिय घोषणाहरू। यसमा लेखा रिपोर्ट तथा अनुदानहरूका लागि धन्यवाद पनि समावेश गर्नु होस्। स्थानीय आवश्यकता लगायत सोसाइटीको विश्वव्यापी कार्यको निम्ति उदारतासाथ दिइएको सहयोगका लागि मण्डलीलाई सऱ्हानी दिनु होस्। समयले दिएमा, सृष्ट [Creation. नेपालीमा उपलब्ध छैन।] पुस्तकलाई प्रस्तुत गर्ने सम्बन्धमा गरिएका अनुभवहरू भन्ने निम्तो दिनु होस्।
२० मि०: “तपाईंको छोराछोरीलाई रगतको दुरूपयोग देखि सुरक्षित राख्नु।” अनुच्छेद १-११ माथि प्राचीनले भाषण दिने छन्। अनुच्छेद ५-७ मा उल्लेखित परिस्थिति अन्तर्गत यदि कुनै आमा-बाबुले चिकित्सकलाई आफ्ना बालकको उपचार गर्न दिन्छन् भने, यसलाई सम्झौता गरेको ठान्नु हुँदैन भनेर दिइएको तर्कलाई स्पष्ट पार्नु होस्।
१५ मि०: “फर्केर निश्चय पनि जानु होस्।” प्रश्न तथा उत्तरद्वारा छलफल। अनुच्छेद ६-मा छलफल गरिएका जानकारीमाथि एउटा राम्ररी तयार पारिएको प्रदर्शन प्रस्तुत गर्नु होस्। महिनाको सुरुसुरुमा भेट्टाएका चासो देखाउने मानिसहरूकहाँ फर्केर जाने आवश्यकतामाथि जोड दिनु होस्।
गीत १० (१८) तथा समाप्तिको प्रार्थना।
अक्टोबर २६ प्रारम्भ हुने सप्ताह
गीत १२५ (४४)
५ मि०: स्थानीय घोषणाहरू। स्थानीय क्षेत्रमा भएको कुनै एउटा छोटो अनुभवको वर्णन दिन लगाउँनु होस् वा यो साताको क्षेत्र सेवामा प्रयोग गर्न सकिने वार्तालापका बुँदाहरू उल्लेख गर्नु होस्।
१५ मि०: “तपाईंको छोराछोरीलाई रगतको दुरूपयोग देखि सुरक्षित राख्नु।” अनुच्छेदहरू १२-२८ माथि प्रश्न तथा उत्तरद्वारा छलफल। अनुच्छेद १२ तथा २०-मा दिइएका प्रश्नहरूको उत्तर माथि विशेष ध्यान दिनु होस्। छोरा-छोरीका लागि उपचार सम्बन्धी सेवा प्राप्त गर्न आमा-बाबुले अग्रिम तयारी गर्ने कुरामाथि जोड दिनु होस्। रक्तक्षेपणबाट सफलताका साथ जोगिने कुञ्जी नै अकसर यही हुन्छ।
१५ मि०: “मानिसहरूलाई अघि सर्न र सुयोग्य हुने मद्दत दिन।” प्रश्नहरू तथा उत्तरहरू। स्थानीय मण्डलीका भाइहरू जिम्मेवारीहरू उठाउने योग्यका हुने उद्देश्यले प्रगति गर्नका लागि कुन कुन व्यवहारिक कदम चाल्न सक्छन्, सो छलफल गर्नु होस्।
१० मि०: मण्डलीको गतिविधिको पुनःरावलोकन। सेप्टेम्बरको सुरुसुरुमा सोसाइटीलाई पठाइएको कघ्रीगेशन् एनालाईसेस् रिपोर्ट [Congregation Analysis Report (S-10)]-को अगाडि पट्टिका अङ्कहरूलाई चलाउँदै, अध्यक्ष [presiding overseer] तथा सेवा निरीक्षकले मण्डलीको गत वर्षको गतिविधिका विशेषताहरू बारे छलफल गर्ने छन्। अग्रगामीहरू र प्रकाशकहरूलाई तिनीहरूले सेवकाईको काममा गरेका आत्म-त्यागपूर्ण प्रयास र सभाहरूमा विश्वासिलो भएर धाएका लागि आत्मीयता साथ सऱ्हानी गर्नु होस्। जुन जुन क्षेत्रमा तिनीहरूले अति नै उच्च स्तरीय काम गरेका छन्, त्यसको विशेष उल्लेख गर्नु होस्। विगत वर्षहरूका गतिविधिहरू फाइलमा छन् भने ती सँग पनि तुलना गर्न सकिन्छ। साथै, १९९३ सेवा सालमा उन्नति गर्नु पर्ने कुन कुन क्षेत्रहरू छन्, सो औलाउनु होस्।
गीत ४३ (११) तथा समाप्तिको प्रार्थना।
नोभेम्बर् २ प्रारम्भ हुने सप्ताह
गीत ५१ (२४)
१५ मि०: स्थानीय घोषणाहरू। ईश्वरशासित समाचार। क्षेत्र सेवामा चलाउनका लागि उपलब्ध पत्रिकाहरूको घोषणा गर्नु होस्, र स्थानीय रूपमा आकर्षक हुने एक वा दुईवटा वार्तालापका बुँदाहरूको सुझाव दिनु होस्। शास्त्रमा आधारित कुनै प्रस्तुतीकरण चलाएर, वर्तमान पत्रिकाहरूलाई कसरी प्रस्तुत गर्न सकिन्छ यसको प्रदर्शन गर्नु होस्। यसका लागि पत्रिकाको पछाडि पट्टिको पानाको टुप्पोमा उल्लेखित लेखको प्रयोग गर्न सकिन्छ।
१५ मि०: “बप्तिस्मा,” रीʹजनइङ् (Reasoning. नेपालीमा उपलब्ध छैन।) पुस्तक, पृष्ठहरू ५४-८। “परिभाषा” (डेʹफिनिशन्)-माथि आधारित प्रारम्भिक भाषण। बप्तिस्मा लिनुवाट पछि सर्ने कुनै एकजना सित एउटा प्राचीन कसरी कुरा गर्न सक्छन यसको प्रदर्शन गर्नु होस्। पृष्ठ ५४-को जानकारीमाथि विशेष ध्यान दिनु होस्। समर्पण गर्न तथा पानीको बप्तिस्माद्वारा यसलाई प्रकट गर्ने महत्त्वमाथि जोड् दिनु होस्। पवित्र आत्माद्वारा बप्तिस्मा, मरेकाहरूको लागि बप्तिस्मा, तथा आगोद्वारा बप्तिस्माको जानकारीलाई संक्षिप्तमा छलफल गरेर वक्ताले कुरा टुङ्गयाउने छन्।
१५ मि०: नोभेम्बर्को महिनामा पत्रिकाहरू प्रस्तुत गर्नु होस्। अवेक! तथा द वॅचटावर्-को महत्त्वमाथि जोड् दिंदै संक्षिप्त भाषण। नयाँ अङ्कहरू निस्किन साथ प्रकाशकहरूले तिनलाई पढी हाल्नु पर्छ। यसो गरेमा यी पत्रिकाहरूलाई अरूको समक्ष सिफारिश गर्दा उत्साहपूर्वक ढङगमा कुरा गर्न, र तिनीहरूलाई वार्षिक ग्राहक हुने प्रोत्साहन प्रकाशकहरूले दिन सक्ने छन्। प्रकाशकले पत्रिका प्रस्तुत गरेको, तथा अर्को अङ्क लिएर आउने प्रबन्ध मिलाउँदै पत्रिका वितरण क्षेत्र सुरु गरेको प्रदर्शन देखाउनु होस्।
गीत ४८ (२८) तथा समाप्तिको प्रार्थना।