प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km92 अक्टोबर
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—१९९२
हाम्रो राज्य सेवकाई—१९९२
km92 अक्टोबर

घोषणाहरू

◼ साहित्य भेट: ओक्टोबर्‌: रू. ४०-मा सृष्ट पुस्तक। (Creation. नेपालीमा उपलब्ध छैन।) (सानोको रू. २०।) यो उपलब्ध नभएमा सधैंभरि बाँच्न सक्नु हुन्छ वा बाइबलका कथाहरू (Bible Stories. नेपालीमा उपलब्ध छैन।) प्रयोग गर्न सकिन्छ। नोभेम्बर्‌: अवेक! वा/र वॅचटावर्‌-का लागि वार्षिक ग्राहक बनाउनु होस्‌। पाक्षिक संस्करणहरूका लागि वार्षिक ग्राहक मूल्य दर रू. ६० तथा छ महिनाका लागि रू. ३०। मासिक संस्करणहरूका लागि वार्षिक ग्राहक मूल्य दर रू. ३०। मासिक संस्करणहरूका लागि छ महिनाका निम्ति मात्र ग्राहक हुने सुविधा छैन। दिसम्बर्‌: न्यु वर्ल्ड ट्र्यान्सलेशन्‌ बाइबल (New World Translation. नेपालीमा उपलब्ध छैन।) तथा बाइबल—परमेश्‍वरको वचन वा मानिसको? (The Bible—God’s Word or Man’s?  नेपालीमा उपलब्ध छैन।) दुवैको मूल्य रू. ६०। (आफ्नो भाषामा साहित्य भेट: विशेष मूल्यमा पुरानो प्रकाशनहरू।) जनवरी १९९३: सबैभन्दा महान पुरुष पुस्तक रू. ४०। (The Greatest Man.) यो पुस्तक उपलब्ध छैन भने बाइबलका कथाहरू पुस्तक  वा सघैंभरि बाँच्न सक्नु हुन्छ  पुस्तक चलाउनु होस्‌। फेब्रुअरी: प्रत्येकको रू. ६ गरेर १९२ पृष्ठ भएका पुरानो पुस्तकहरूको विशेष भेट।

◼ भविष्यमा आ-आफ्नो क्षेत्र निरीक्षकको [circuit overseer] भेट पछि यदि कसैलाई प्राचीन वा सहायक सेवक हुने वा हटाइने सिफारिस गरिएको छैन भने सोसाइटीले S-2b फारम मण्डलीलाई फिर्ता पठाउँने छैन। मण्डलीको फाइलमा रहेका हालको S-2b फारमलाई नै मण्डलीमा सेवा गरिरहेका मानिसहरूको वर्तमान सूची मानिने छ। नयाँ गरी सिफारिस हुने वा हटाइने व्यक्‍तिहरूको नाउँ छ भने मात्र सोसाइटीले यो S-2b फारम, पछाडि पट्टि वॅच टावर सोसाइटीको र मितिको छापा लगाएर फिर्ता पठाउने छ।

◼ सेप्टेम्बर्‌ १, १९९२-देखि लिएर, भारतमा तीनवटा नयाँ क्षेत्रहरूको [circuits] आयोजना गरिएको छ; केरलामा सातौं क्षेत्र सञ्चालन भइ सक्यो र आन्ध्र प्रदेश र करनाटकामा अझ दुइवटा क्षेत्रहरू सुरु गरिएको छ। यसप्रकार अब देशमा बीसवटा क्षेत्रहरू छन्‌, जसमध्ये पाँचवटा ‘क’ र ‘ख’ भागमा विभाजीत गरिएका छन्‌। अहिलेसम्म दर्ता भएका ३७५ मण्डलीहरू तथा ७५ दुर्गम क्षेत्रका समूहहरूको देखरेख एक्काइस जना क्षेत्र निरीक्षकहरूले गर्ने छन्‌। प्रत्येक मण्डलीमा वर्षको दुईपटक जाने तिनीहरूले निश्‍चय गर्ने छन्‌। एकजना पूरा समयको तथा एक जना पार्ट-टाइम जिल्ला निरीक्षक [district overseer]-ले १९९३-को सेवा सालमा आयोजित हुने छब्बीस क्षेत्र सम्मेलनहरूको सेवा गर्ने छन्‌। यी प्रबन्धहरूले भाइहरूको हित गरेको तथा मण्डलीलाई प्रबल बनाएको देख्न हामी इच्छुक छौं।—प्रे० १६:५.

◼ नोभेम्बर्‌ महिनामा सहायक अग्रगामी काम गर्ने योजना बनाउने प्रकाशकहरूले आआफ्नो निवेदन चाँडै दिनु होस्‌। यसले गर्दा प्राचीनहरूले साहित्य तथा क्षेत्रको लागि आवश्‍यक प्रबन्ध गर्न पाउने छन्‌।

◼ पुनःस्थापित हुन इच्छुक हुने बहिष्कृत वा सङ्‌गती गर्न प्रतिबन्घ लगाइएका मानिसहरूको सम्बन्घमा अप्रेल १५, १९९१, वॅचटावर-को पृष्ठ २१-३ मा दिएको सल्लाहलाई प्राचीनहरूले सम्झनु पऱ्‍यो।

◼ कुन कुन कामका लागि बिताइने समयलाई क्षेत्र सेवामा बिताइने समयसित समावेश गर्न सकिन्छ भन्‍ने विषयमा हाम्रो सेवकाईलाई सम्पन्‍न गर्नका लागि सङ्‌गठित (Organized to Accomplish Our Ministry. नेपालीमा उपलब्ध छैन।)-का पृष्ठहरू १०३-४ ले निर्देशन दिंदछ। जन भाषण दिने वक्‍ताका लागि अनुवाद गरी दिने प्रकाशकले त्यो समयलाई क्षेत्र सेवामा बिताएको समय ठान्‍न सकिन्छ कि सकिन्दैन भनेर कसै कसैले सोच्तछन्‌। हो, वक्‍ता तथा अनुवादक दुवैले नै यसरी बिताएको समयलाई क्षेत्र सेवाको रिपोर्टमा समावेश गर्न सक्छन्‌।

◼ नोभेम्बर महिना देखि यसो, कुनै कुनै महिनाहरूमा, जातीय भाषाको हाम्रो राज्य सेवकाइ-का संस्करणहरूमा हामीले क्षेत्रमा बेग्लै साहित्य प्रस्तुत गर्ने सुझाउ दिने छौं। त्यो भाषामा उपलब्ध साहित्यलाई ध्यानमा राखेर यसो गरिने छ। प्रस्तुत गरिने यी साहित्याहरूको सूचना धेरै समय अधि दिइने छ जसले गर्दा यस अभियानका लागि मण्डलीहरूले समयमै पऱ्‍याप्त मात्रामा साहित्य मंगाउन पाँउने छन्‌। यो अभियानको लागि साहित्य समयभन्दा निकै अघि मगाउन सेवा निरीक्षकले निश्‍चय गर्नु पर्छ जसद्वारा अभियानको शुरुमा यो उपलब्ध हुन सकोस्‌। प्रकाशकहरूले कुनै व्यक्‍तिगत माग पठाउनु हुँदैन तर यदि तपाईंलाई कुनै विषेश थोकको आवश्‍यकता छ भने त्यसलाई मण्डली मार्फत मगाइ पठाउन सक्नु हुन्छ।

◼ प्रत्येक मण्डलीले आआफ्ना इलाकाका लागि बेग्ल बेग्लै मानचित्र बनाएर त्यसको प्रयोग गरेको हामी चाहन्छौं। यसै कारण प्रत्येक मण्डलीका लागि हामी टेरीटोरी म्याप कार्डहरू [Territory Map Cards (S-12)] र तिनीहरूको प्ल्यास्टिक खोल लगायत टेरीटोरी असाइनमेट्‌ रेकोर्ड कार्ड [Territory Assignment Record Card (S-13)] पठाउँदै छौं। यदि तपाईंलाई यस प्रकारका अझ धेरै फारमको आवश्‍यकता पर्छ भने भविष्यमा यसलाई हामीबाट मगाइ पठाउन सक्नु हुन्छ। यी फारमहरूको प्रयोगबारे स्पष्टिकरण दिने एउटा पत्र पनि यसमा समावेश गरिने छ। हामी चाहन्छौं कि मण्डली सेवा समिति, र विशेष गरी सेवा निरीक्षक [service overseer] तथा इलाकाको हेरविचार गर्ने भाइले यी कुराहरूलाई तुरुन्तै व्यवहारमा ल्याऊन्‌। प्रथमतः तपाईंको इलाकाको राम्रो सडक म्याप र त्यो इलाका भित्र पर्ने हुलाकघरहरूका सूची प्राप्त गर्नु होस्‌। आफ्नो इलाकाको सिमाना निश्‍चित गर्नु होस्‌, र आवश्‍यक परेको खण्डमा तपाईंका नजिकका मण्डली(हरू)-का प्राचीनहरू सित यस मामिलाबारे छलफल गर्नु होस्‌। यसले गर्दा तपाईंलाई पठाउन लागेका अझ अरु निर्देशनहरू व्यवहारमा ल्याउन तपाईंलाई सजिलो हुने छ।

◼ नयाँ प्रकाशनहरू उपलब्ध: उरिया: ह्वट्‌ डू जेहोवाज्‌ ह्विट्‌ʹनेसस्‌ बिलीभ्‌ʹ? (T-14); लाईफ्‌ इन्‌ अ पीसफुल न्यु वर्ल्ड्‌ (T-15); ह्वट्‌ होप्‌ फॅर्‌ डेड्‌ लभ्ड्‌ वन्स्‌? (T-16); सिन्धी: आवर्‌ प्रॅब्‌ʹलम्स्‌—हू विल्‌ हेल्प्‌ अस्‌ सॅल्भ्‌ देम्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने