ईश्वरशासित समाचार
बेनिन्: अप्रिलको रिपोर्टले २,७९३ प्रकाशकले ४,४४२ गृह बाइबल अध्ययन सञ्चालन गरेको सङ्ख्या तथा ३०,८१४ पुनः भेटहरूमा गएको देखायो। यी सङ्ख्याहरूले तीनवटा नयाँ शिखरहरूको प्रतिनिधित्व गर्दछ।
बुल्गेरिया: एक वर्षभित्र, मार्च महिनामा रिपोर्ट खसाल्ने प्रकाशकहरूको सङ्ख्या १०७ देखि बढेर २१८ भयो जुन १०४ प्रतिशतको वृद्धि हो। क्षेत्र सेवामा प्रकाशकहरूको औसत थियो १९.७ घण्टा तथा तिनीहरूले कुल ५८५ गृह बाइबल अध्ययन सञ्चालन गरे। मार्च महिनामा तिनीहरूको पहिलो विशेष सम्मेलनको आयोजना गरियो, जसमा ९०० जना उपस्थित थिए।
चेकस्लोभाकिया: मार्च महिनामा २५,१११ प्रकाशकहरूको नयाँ शिखरले रिपोर्ट बुझाए। यो गत वर्षको औसत उपर ९ प्रतिशतको वृद्धि थियो।
एक्वेडोर: यो वर्ष स्मरर्णाथमा ९९,९८७ उपस्थित थिए। अप्रिल महिनामा २१,७३४ प्रकाशकहरूको नयाँ शिखर भएको हुनाले, यो वृद्धि जारी रहने आशा गरिएको छ।
निकारागुआ: अप्रिल महिनामा राज्य सेवाको झन्डै झन्डै प्रत्येक पक्षमा नयाँ शिखर प्राप्त भयो। अथार्त त्यो महिनामा प्रकाशकहरूको सङ्खया ९,६२९ थियो। तर स्मरणार्थमा उपस्थित हुनेहरूको सङ्ख्या चाहिं प्रकाशकहरूको कुल सङ्ख्याभन्दा पाँच गुणा बढी थियो।