प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km92 नोभेम्बर
  • प्रेरणादायक परिचयको विकास गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रेरणादायक परिचयको विकास गर्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—१९९२
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईं कसरी बाइबलबारे छलफल शुरु गर्ने तथा कायम राख्ने र चर्चाका लागि बाइबल विषयहरू पुस्तिका प्रयोग गर्दै हुनुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२००८
  • बारम्बार प्रचार गरिसकिएको क्षेत्रमा प्रचार गर्न
    हाम्रो राज्य सेवकाई—१९९४
  • सरल तथा प्रभावकारी प्रस्तुतिहरू
    हाम्रो राज्य सेवकाई—१९९३
  • चासोलाई बढाउने परिचयहरू
    हाम्रो राज्य सेवकाई—१९९२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९२
km92 नोभेम्बर

प्रेरणादायक परिचयको विकास गर्नुहोस्‌

१ पाठकहरूको हृदय र मनमा सत्यको बीउ छर्न दुवै वॉचटावर र अवेक! लाभदायक छन्‌। त्यसकारण यसमा भएका आध्यात्मिक रत्नहरूबाट फाइदा उठाउन सक्ने व्यक्‍तिहरूका घरहरूमा यी पत्रिकाहरू पुऱ्‍याउन हामी प्रभावशाली तरिकाहरूको विकास गर्न चाहन्छौं।

२ घरधनीलाई यी पत्रिकाहरू लिने र पढ्‌ने प्रेरणा कसरी दिन सक्छौं? धेरै कुरा हामी तिनीहरूलाई कसरी प्रस्तुत गर्छौं त्यसमा भर पर्दछ। यसका लागि प्रभावशाली परिचयहरू तयार गर्न रिजनिङ्‌गʹ (Reasoning. नेपालीमा उपलब्ध छैन।) पुस्तकको पृष्ठ ९-१५-मा उत्कृष्ट सुझावहरू पाउदछौं।

३ नोभेम्बर १-को वचटावर प्रस्तुत गर्दा यसै रिजनिङ्‌गʹ पुस्तकको पृष्ठ १४-मा “वृद्धावस्था/मृत्यु” भन्‍ने शीर्षकमा दिएको पहिलो सुझावलाई प्रयोग गर्न सक्नु हुन्छ।

आफ्नो परिचय दिएपछि, तपाईं भन्‍न सक्नु हुन्छ:

◼ “यदि तपाईंलाई छान्‍ने मौका दिएमा आज संसारले भोग्नु परेका अनगिन्ती समस्याहरू मध्ये कुनचाहिंको सबैभन्दा पहिले समाधान भएको चाहनु हुन्छ?” घरधनीको प्रतिउत्तर सुन्‍नुहोस्‌ र उहाँले व्यक्‍त गरेका चासोलाई स्वीकार्नु होस्‌। त्यसपछि तपाईं यसो भन्दै सुरु गर्न सक्नु हुन्छ: “यस्ता समस्याहरूको समाधानको लागि बाइबलले के भन्दछ, यहाँ यसो विचार गर्नुहोस्‌। [यशैया ९:६, ७ पढ्‌नुहोस्‌।] अतः मानवजातिका सबै समस्याहरूको साँचो समाधान गर्नका लागि, सधैंभरि बाँच्ने र शासन गर्नसक्ने एकजना धार्मिक र न्यायसंगत शासक आवश्‍यक छ। बाइबलले यो पनि प्रतिज्ञा गर्दछ कि परमेश्‍वरले चाँडै नै वृद्धावस्था र मृत्युलाई नाश गर्नु हुनेछ र मानवजातिलाई सधैंभरि पार्थिव प्रमोदवनमा बस्ने मौका दिनु हुनेछ।” त्यसपछि वचटावर-को पृष्ठ ६ पल्टाउनुहोस्‌ अनि “परमेश्‍वरले दिनु हुने अनन्त जीवनको भेंट” भन्‍ने उपशीर्षक देखाउनुहोस्‌।

४ नोभेम्बर १-को वचटावर सँग तपाईंले चलाउन सक्नु हुने अर्को दुईवटा परिचयहरू, रिजनिङ्‌गʹ पुस्तकको पृष्ठ १३-को “जीवन/आनन्द” शीर्षकमा दिइएको पहिलो दुईवटा परिचयहरू हुन्‌। यहाँ दिइएका विचारहरू र प्रश्‍नहरूलाई तपाईं आफ्नै शब्दमा व्यक्‍त गर्न सक्नु हुन्छ वा रिजनिङ्‌गʹ पुस्तकमा दिएको कुरालाई दोहोऱ्‍याउन सक्नु हुन्छ। सो व्यक्‍तिको प्रतिउत्तरलाई मानिलिए पछि वचटावर-को पृष्ठ ७-मा लेखिएको जानकारीमाथि छलफल गर्दै अघि बढ्‌नुहोस्‌। त्यसपछि यशैया ६५:२१-२३ पढेर सबैले नै अनन्त जीवनको आशिष्‌ पाउनसक्छन्‌ भन्‍ने कुरालाई देखाउनुहोस्‌।

५ यदि तपाईं “जनसंख्या वृद्धि” विषय भएको नोभेम्बर ८-को अवेक! चलाउनु हुँदैछ भने “जीवन/आनन्द” शीर्षक अन्तर्गत दिएको तेस्रो परिचय चलाउन सक्नु हुन्छ। भजन० १:१, २ प्रयोग गर्नु भएपछि अवेक! को पृष्ठ २०-मा दिएको “यहोवाको ईश्‍वरीय शासनले के गर्नेछ”, भन्‍ने पेटीमा उहाँको ध्यान खिच्न सक्नु हुन्छ।

६ हाम्रो आफ्नै धार्मिक साहित्यहरू छ भन्‍ने घरधनीहरू पनि सम्भवतः तपाईंले भेट्‌नु हुनेछ। त्यत्तिबेला तपाईं भन्‍न सक्नु हुन्छ कि हाम्रा आफ्नै प्रयोगका लागि हामीसँग पनि पत्रिकाहरू छन्‌ (जस्तो हाम्रो राज्य सेवकाई) तर हाम्रा यी पत्रिकाहरू चाहिं लाखौं मानिसहरूले पढ्‌छन्‌ जो यहोवाका साक्षीहरू होइनन्‌।

७ “मैले रोपें, अपोल्लसले पानी हाले, तर परमेश्‍वरले चाहिं बढाउनुभयो” भनेर पावलले १ कोरिन्थी ३:६-मा भने। चासो देखाउने व्यक्‍तिहरूको हृदयमा यहोवाले सत्यको बीउलाई बढाउनु भएको हामी चाहन्छौं भने हामीले प्रेरणादायक परिचयहरू चलाएर यी बीउ छर्ने कुरामा ध्यान दिनु पर्दछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने