चाख देखाउनेहरू प्रति चासो देखाउनुहोस्
१ यहोवा परमेश्वरले मानिसहरू प्रति ठूलो चासो देखाउनु भएको छ। प्रचुर मात्रमा भौतिक वस्तुहरूको प्रबन्ध मात्र नभई उहाँले हाम्रा लागि आवश्यक र आनन्दायी आध्यात्मिक कुराहरू पनि दिनुभएको छ। उहाँ हाम्रो यति चिन्ता गर्नु हुन्छ कि उहाँ हाम्रो हृदयभित्र के छ भनेर जाँच्नु समेत हुन्छ।—भजन० १३९:२३.
२ अरूहरू प्रति चासो देखाउने कुरामा येशूले उहाँ पृथ्वीमा हुनु हुँदा आफ्नो पिताको नमुना सम्पुर्ण रूपमा पछ्याउनु भयो। त्यो मानिसलाई सम्झनुहोस् जसले येशूलाई “हे प्रभु तपाईंको इच्छा भए मलाई शुद्ध गर्नसक्नु हुन्छ” भनेका थिए। र जवाफमा येशूले “म इच्छा गर्छु” भन्नु भएको थियो। (मत्ती ८:१-३) एउटी विधवालाई शोकाकुल अवस्थामा देख्नु हुँदा येशूले के गर्नुभयो? तिनीलाई मद्दत गर्न उहाँ रोक्नुभयो। (लूका ७:११-१५) के तपाईं पनि चाख देखाउनेहरू प्रति चासो देखाउन अझ बढी सजग हुन सक्नु हुन्छ?
३ हाम्रो पिता यहोवा र उहाँको पुत्र ख्रीष्ट येशूको अनुकरण गर्दै हामीले पनि अरूहरू प्रति व्यक्तिगत चासो देखाउनु पर्छ। यो काम हामी प्रचार गरेका घरहरूको ठीक ठीक रिकर्ड राखेर गर्छौं। यसको अर्थ हामीले ती चाख देखाउने व्यक्तिको नाम र सही ठेगाना लेख्नु र पहिलो भेटमा छलफल गरिएको विषय उल्लेख गर्नु पनि हो। त्यसपछि पुनः भेट गर्नुभन्दा अघि, राम्रोसँग तयारी गर्नुहोस्। यदि हामीले गएको भेटमा पत्रिकाहरू छाडेका थियौं भने हाम्रो पुनः भेट ती पत्रिकाहरूका लेखमध्ये कुनै एकमा दिएको निश्चित विचारमाथि आधारित गर्न सक्छौं। ध्यान दिनुहोस् यसलाई कसरी गर्न सकिन्छ।
४ यदि तपाईंले नोभेम्बर १-को वॉचटावर छाड्नु भएको थियो र पृष्ठ ६-मा दिएको “परमेश्वरले दिनुहुने अनन्त जीवनको भेंट” भन्ने उपशीर्षकमाथि छलफल गर्नुभएको थियो भने यसपाली जाँदा प्रकाशितवाक्य २१:४ र यूहन्ना १७:३-लाई प्रकाश पार्न तपाईं तयारी गर्न सक्नु हुन्छ।
उदाहरणका लागि, प्रकाशितवाक्य २१:४ पढि सकेपछि तपाईं सोध्न सक्नु हुन्छ:
◼ “हामी कसरी अनन्त जीवन पाउनसक्छौं? [प्रतिउत्तर दिन मौका दिनुहोस्।] यहाँ पृष्ठ ७-मा देखाएजस्तै संसारमा जीवन पाउनका लागि के गर्नुपर्छ, सुन्नुहोस् यस विषयमा येशूले के भन्नुभयो।” त्यसपछि यूहन्ना १७:३ पढ्नुहोस् र परमेश्वर र ख्रीष्टको ज्ञान लिएर शान्तिमय नयाँ संसारमा अनन्त जीवन पाउन सकिन्छ भन्ने कुरालाई जोड दिनुहोस्। त्यो व्यक्तिले चासो देखाएमा शान्तिमय नयाँ संसारमा जीवन भन्ने पर्चाबाट अध्ययन सुरु गर्ने प्रयास गर्नुहोस्।
५ “विश्व जनसंख्या—भविष्यमा के नि?” भन्ने विषय भएको नोभेम्बर ८-को अवेक! बाट छानिएका बुँदाहरूमाथि छलफल गरेर राम्रो प्रतिक्रिया फेला पार्न सकिन्छ। पुनः भेटमा जाँदा तपाईं भजनसग्रंह ७२:१२, १६-माथि छलफल गर्न सक्नु हुनेछ।
तपाईं सोध्न सक्नु हुन्छ:
◼ “आज संसारमा स्पष्ट देखिने खाद्यन्नको कमीको समाधान तपाईंको विचारमा के हुनसक्छ?” प्रतिउत्तरलाई मानिलिनुहोस् र भन्नुहोस्: “चाखलाग्दो कुरा के हो भने, चाँडै नै भविष्यमा यो समस्यालाई हटाउछु भनेर यहोवाले प्रतिज्ञा गर्नुभएको छ। [भजनसग्रंह ७२:१२, १६ पढ्नुहोस्।] बाइबलले त्यो समयको चर्चा गर्छ जुनबेला खाद्यान्न आपूर्ति र सारा मानवजातिका समस्याहरूलाई पूर्णतया नियन्त्रणमा ल्याइने छ। आज भोग्नु परेको खाद्यान्नको कमी र बढ्दो मूल्यको कारण फेरि कसैले दुःख भोग्नु पर्ने छैन।” त्यसपछि शान्तिमय नयाँ संसारमा जीवन नामक पर्चालाई चलाउँदै भविष्यमा पाउने अरू आशिष्हरूलाई प्रकाश पार्नुहोस् र अध्ययन सुरु गर्ने चाँजो मिलाउनुहोस्।
६ तर घरधनीसँग हाम्रो प्रकाशन रहेछ भने के नि? त्यसोभए त्यसैलाई अध्ययन सुरु गर्न किन प्रयोग नगर्ने? यदि त्यो प्रकाशन सधैंभरि बाँच्नुहोस् पुस्तक रहेछ भने, विषय सूची पल्टाउनुहोस् र घरधनीलाई कुन विषयमा छलफल गर्न मनपर्छ सो विषय छान्न लगाउनुहोस्। त्यसपछि तपाईं एक दुईवटा अनुच्छेदहरू छलफल गरेर अध्ययनको सुरुवात गर्नसक्नु हुन्छ।
७ राम्रोसँग तयारी गरेर र प्रभावशाली पुनः भेटहरू गरेर चाख देखाउनेहरू प्रति हामी चासो देखाउन सक्छौं। यसो गऱ्यौं भने हामी परमेश्वरका र ख्रीष्टको देखा-सिकी गर्नेहरू हौं र सकेसम्म सबैको उद्धार भएको चाहन्छौं भन्ने कुरा प्रदर्शित हुने छ।—२ पत्रु० ३:९.