परमेश्वरको वचनको शक्ति
१ परमेश्वरको वचन शक्तिशाली छ। (हिब्रू ४:१२) यसको प्रमाणको रूपमा, बाइबलबाट सिकेका कुराहरूलाई व्यक्तिगत तवर्ले आफ्नो जीवनमा प्रयोगमा ल्याएको हुनाकारण आज लाखौं मानिसहरूको जीवनमा आमूल परिवर्तन देख्न सकिन्छ। प्रथम शताब्दीमा येशूका चेलाहरूले परमेश्वरको वचनको ज्ञान अरूहरू सित बाँड्ने गर्दा पनि यस्तै भएको थियो।—रोमी १२:२.
२ बाइबलका शिक्षाहरू बाट लाभ उठाउनका लागि, मानिसहरूले बाइबल परमेश्वरकै वचन हो भनी स्वीकार्नु पर्दछ। (१ थिस्स० २:१३) दिसम्बर महिनामा हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मद्दत दिनेछ? भन्ने ब्रोश्यर प्रस्तुत गरेर बाइबलबारे अझ धेरै कुरा सिक्ने मौका हामी मानिसहरूलाई दिने छौं। यस ब्रोशरयलाई सफलतापूर्वक प्रस्तुत गर्नका लागि, यसमा भएका कुराहरू सित हामी राम्रोगरी परिचित हुनुपर्दछ।
३ आउनु होस्, हाम्रा समस्याहरू ब्रोश्यरका केही चाखलाग्दा विशेषताहरूको पुनःरावलोकन गरौं। बाइबलको पृष्ठभूमिबारे धेरै जानकारी नहुने मानिसहरूलाई ध्यानमा राख्दै यसलाई सरल र एउटा कथाको रूपमा लेखिएको छ। यस ब्रोश्यरले हाम्रा दैनिक समस्याहरूको छलफल गर्दछ र तिनीहरूको समाधान गर्नका लागि यहोवाले चाँडै नै कसरी हस्तक्षेप गर्नु हुनेछ, सो यसले देखाउँदछ। यसमा उल्लेखित विभिन्न व्यक्तिहरू बीच भएको वार्तालाप रोचक छ। तर त्यति मात्र होइन। वार्तालापको सिलसिलामा बाइबलका आधारभूत सत्यताहरूलाई प्रष्टगरी प्रस्तुत गरिएको छ। साथै, अरू अन्य अस्पष्ट अथवा काल्पनिक धार्मिक शिक्षाहरू सित दाँजेर हेर्दा बाइबल कति तर्कसङ्गत छ भनी बुझ्ने मद्दत पनि यसले मानिसहरूलाई दिन्छ। बाइबल वास्तवमा परमेश्वरको वचन हो भनेर मानिसहरूलाई आफ्नो विश्वास बढाउने मद्दत दिन यसले कोशिश गर्दछ।
४ पाना ११, २४ र २६-मा, हाम्रा समस्याहरू ब्रोश्यरले छोटकरीमा बाइबलको इतिहास प्रस्तुत गर्दै, त्यसमा भएका कुराहरूलाई छुने गर्छ। पाना २१-का आखिरी दुई अनुच्छेदहरूमा बाइबलमा पाइने व्यावहारिक ज्ञानका केही अंशलाई सामने ल्याइएको छ। तर सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, बाइबलका भविष्यवाणीहरू सधैं नै सत्य साबित भएका छन् र यसैबाट यो वास्तवमा परमेश्वरको शक्तिशाली वचन हो भनी प्रमाणित हुँदछ भनेर यहाँ देखाइएको छ। अतः भविष्यबारे पनि बाइबलले प्रतिज्ञा गरेका कुराहरू पूरा हुनेछ भनेर हामी विश्वस्त हुन सक्तछौं। बाइबल एउटा शक्तिशाली पुस्तक हो र यसले हामीमाथि असल प्रभाव पार्न सक्तछ भनेर मूल्याङ्कन गर्ने मद्दत घरधनीलाई दिनुहोस्।
५ मसीही जगतको आचरण देखेर धेरैले बाइबल परमेश्वरको वचन हो भनी स्वीकार्न मान्दैनन्। पाना ६-को प्रथम २ अनुच्छेदहरूले यहोवाका साक्षीहरू र मसीही जगतका गिर्जाहरू बीचको भिन्नतालाई स्पष्ट पार्दछ। साक्षीहरू भने यहोवाका शान्त उपासकहरू हुन् र तिनीहरू यस संसारका झगडाहरूमा भाग लिंदैनन् भन्ने कुरा पनि त्यहाँ दखाइएको छ।
६ हामीले आफ्ना अङ्ग्रेजी बाइबलबाट एउटा पद्य पढेर सुनाइ दियौं भने, न्यु वर्ल्ड ट्रान्स्लेशन-मा प्रयोग गरिएको स्पष्ट भाषातिर घरपट्टीको ध्यान आकर्षित हुन सक्छ। घरपट्टीसित सायद एउटा बाइबल नहोला। यस्तो बेलामा हामी आफूले प्रयोग गर्ने बाइबलका विशेषताहरूको वर्णन गर्न सक्तछौं र अरू अनुवादहरू भन्दा हामीलाई यो अनुवाद नै राम्रो लागेको कारण पनि बताउन सक्छौं। अरू कुराहरूका साथै, बाइबलको पछाडि पाइने विषय-सूचि र “बाइबल सम्बन्धी वार्तालापका विषयहरू” भन्ने भागलाई हामीले औंल्याउन सक्छौं। यसो गर्यौं भने घरपट्टीलाई न्यु वर्ल्ड ट्रान्स्लेशन-को एक प्रति दिने मौका हामीले पाउन सक्छौं। त्यति खेर आफूसित त्यो छैन भने पनि, एउटा नयाँ प्रति लिएर हामी फर्की आउन चाहन्छौं भनी घरपट्टीलाई बताउन सकिन्छ।
७ मानिसजातिसँग उहाँले गर्नु भएको व्यवहारलाई यहोवाले बाइबलद्वारा प्रकट गर्नु भएको छ र यस प्रकार हामीलाई उहाँको अद्भुत व्यक्तित्वसित परिचित हुन दिनु भयो। अरूहरूलाई पनि यहोवा र उहाँको वचनको शक्तिबारे सिक्ने मद्दत दिने काममा हामीले बाइबल र हाम्रा समस्याहरू ब्रोश्यर प्रभावशाली ढङ्गमा प्रयोग गर्ने गरौं।—२ कोरिन्थी १०:४.