प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km93 फेब्रुअरी p. २
  • फेब्रुअरी महिनाका लागि सेवा सभाहरु

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी महिनाका लागि सेवा सभाहरु
  • हाम्रो राज्य सेवकाई—१९९३
  • उपशीर्षकहरू
  • फेब्रुअरी १-मा सुरु हुने हप्ता
  • फेब्रुअरी ८-मा सुरु हुने हप्ता
  • फेब्रुअरी १५-मा सुरु हुने हप्ता
  • फेब्रुअरी २२-मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—१९९३
km93 फेब्रुअरी p. २

फेब्रुअरी महिनाका लागि सेवा सभाहरु

फेब्रुअरी १-मा सुरु हुने हप्ता

गीत १७१ (५९)

१० मि०: स्थानीय घोषणाहरू र हाम्रो राज्य सेवकाई-बाट उपयुक्‍त घोषणाहरू र साथ-साथमा साहित्यको मूल्यमा भएको वृद्धिको सूचना। भर्खरै प्रकाशित भएका पत्रिकाहरूमा आधारित पत्रिका प्रस्तुति प्रस्तुत गर्नुहोस्‌।

२० मि०: “हाम्रो मण्डली पुस्तक अध्ययन सञ्चालकलाई सहयोग गर्नु।” प्रश्‍नोत्तर छलफल।

१५ मि०: “सरल तथा प्रभावकारी प्रस्तुतिहरू।” स्रोताहरूसँग छलफल गर्नुहोस्‌। कसरी एउटा प्रकाशकले सधैंभरि बाँच्नुहोस्‌ भन्‍ने पुस्तकमा घरधनीको ध्यान आकर्षण गर्छ भनेर अनुच्छेद ३ छलफल गर्दा एउटा प्रदर्शनद्वारा देखाउनुहोस्‌। ठीक ठीकै चासो भएका घरधनीसँग वार्तालाप जारी राख्न एउटा प्रकाशकले कसरी एउटा पर्चा चलाउँछ भनेर अनुच्छेद ५ छलफल गर्दा अर्को एउटा प्रदर्शनद्वारा देखाउनुहोस्‌।

गीत २१५ (११७) र समापन प्रार्थना।

फेब्रुअरी ८-मा सुरु हुने हप्ता

गीत १२६ (१०)

१० मि०: स्थानीय घोषणाहरू। ताजा पत्रिकाहरू बाट कुराकानी गर्न चलाउन सकिने बुँदाहरूको छलफल गर्नुहोस्‌। यस सप्ताहन्तमा क्षेत्र सेवकाईमा भाग लिन सबैलाई प्रोत्साहन दिनुहोस्‌।

२० मि०: “सधैंभरि बाँच्नुहोस्‌ भन्‍ने पुस्तकबाट बाइबल अध्ययन सञ्चालन गर्नुहोस्‌।” प्रश्‍नोत्तर छलफल। अनुच्छेद ६ छलफल गरिसकेपछि, एकजना जवान व्यक्‍तिले कसरी सधैंभरि बाँच्नुहोस्‌ पुस्तकलाई प्रस्तुत गर्दै अध्ययन समेत सुरुआत गर्न सक्छ भनेर एउटा प्रदर्शनद्वारा देखाउनुहोस्‌। अध्ययन सुरु गर्न सकेका जवानहरूको कुनै स्थानीय अनुभवहरू छन्‌ भने त्यसलाई पनि सुनाउनुहोस्‌।

१५ मि०: “परमेश्‍वरको वचनलाई व्यापार गर्ने होइनौं।” द वाचटावर, दिसम्बर १, १९९२ अङ्‌ग्रेजी अङ्‌कको पृष्ठ २६-९ मा आधारित, अध्यक्ष वा अरू कुनै प्राचीनद्वारा भाषण। स्थानीय मण्डली र सोसाइटीका विश्‍वव्यापी कामलाई सहयोग गर्न भाग लिएकोमा सबै भाइहरूको हार्दिक प्रशंसा गर्नुहोस्‌। जातीय भाषामा सभाहरू हुने मण्डलीहरूले दिसम्बर १, १९९२-को मासिक द वाचटावर-को पृष्ठ ३१ वा नोभेम्बर १५, १९९२-को अर्ध-मासिक अङ्‌कको पृष्ठ ३०-मा दिइएको “के तपाईंलाई सम्झना छ?” नामक लेखलाई चलाउन सक्छन्‌।

गीत ५३ (२७) र समापन प्रार्थना।

फेब्रुअरी १५-मा सुरु हुने हप्ता

गीत १४३ (७६)

१० मि०: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। चन्दाका निम्ति सोसाइटीले पठाएको मूल्याङ्‌कनलाई सुनाउनुहोस्‌ र स्थानीय मण्डलीको आवश्‍यकताहरूलाई वफादारी साथ सहयोग गरेकोमा मण्डलीको सराहना गर्नुहोस्‌। सप्ताहन्तमा क्षेत्र सेवकाईमा भाग लिन सबैलाई प्रोत्साहित गर्नुहोस्‌।

२० मि०: “जे जे मैले तिमीहरूलाई आज्ञा गरें, . . . ती . . . सिकाओ।” स्रोतासँग प्रश्‍नोत्तर विचार-विमर्श। अनुच्छेद ४ र ५ छलफल गर्दा, स्थानीय परिस्थितिलाई उपयुक्‍त हुने प्रकाशनहरू र शास्त्रपद्यहरूको उदाहरण दिनुहोस्‌। परिचयात्मक छलफलपछि कसरी वार्तालापलाई कुनै एउटा पर्चा तर्फ लैजान सकिन्छ भनेर देखाउन, राम्रो सँग तयारी गरेको एउटा प्रदर्शनद्वारा देखाउनुहोस्‌। समय भएमा पर्चाका एक दुईवटा अनुच्छेदहरूको छलफल गर्नुहोस्‌।

१५ मि०: “रगत,” रिजनिङ्‌ग पुस्तक, पृष्ठ ७२-४। उक्‍त सामग्रीमा भएको मोटो अक्षरमा छापिएको प्रश्‍नलाई घरधनीले पुनः भेटमा सोधेको देखाउनुहोस्‌। प्रकाशकले बोलेका कुराहरू रिजनिङ्‌ग पुस्तकको टिप्पणीहरूमा आधारित हुनुपर्छ।

गीत १८१ (१०५) र समापन प्रार्थना।

फेब्रुअरी २२-मा सुरु हुने हप्ता

गीत १५० (८३)

१० मि०: स्थानीय घोषणाहरू। “छरछिमेकमा ज्योति वाहकहरू” नामक लेखलाई छलफल गर्नुहोस्‌ र विमोचन भएका नयाँ प्रकाशनहरूलाई स्थानीय क्षेत्रमा प्रयोग गर्न सकिने तरिकाहरू माथि प्रकाश पार्नुहोस्‌।

२० मि०: “छुटकाराको बलिदानका लागि मूल्याङ्‌कन देखाउनु।” प्राचीनद्वारा भाषण।

१५ मि०: स्थानीय आवश्‍यकता अथवा जनवरी १, १९९३-को जातीय अर्धमासिक द वाचटावर वा अक्टोबर १, १९९२-को अङ्‌ग्रेजी द वाचटावर-मा भएको “अनुशासनलाई स्वीकारेर आज्ञा पालन गर्न सिक्नुहोस्‌” भन्‍ने लेखमा दिएको जानकारीमा आधारित सकारात्मक भाषण। यहोवाका सबै सेवकहरू—जवान र वृद्ध दुवैले अनुशासन कसरी पाउँछन भन्‍ने कुरा देखाउनुहोस्‌ र आज्ञाकारितालाई सकारात्मक दृष्टिकोणले हेर्नाले त्यसबाट हुने फाइदाहरू बारे चर्चा गर्नुहोस्‌। मासिक रूपमा द वाचटावर छापिने भाषाको प्रयोग गर्ने मण्डलीहरूले नोभेम्बर १, १९९२ अङ्‌कको “म तिर फर्क र म तिमीहरूतिर फर्कनेछु” भन्‍ने लेखलाई चलाउन सक्छन्‌।

गीत २११ (६६) र समापन प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने