प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km93 फेब्रुअरी p. २
  • छुटकाराको बलिदानका लागि मूल्याङ्‌कन देखाउनु

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • छुटकाराको बलिदानका लागि मूल्याङ्‌कन देखाउनु
  • हाम्रो राज्य सेवकाई—१९९३
  • मिल्दोजुल्दो सामग्री
  • फिरौतीको बलिदानप्रति कृतज्ञता देखाइरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • फिरौतीको बलिदान​—⁠परमेश्‍वरले दिनुभएको सबैभन्दा अनमोल उपहार
    बाइबलले हामीलाई के सिकाउँछ?
  • फिरौतीको बलिदान परमेश्‍वरले दिनुभएको सबैभन्दा अनमोल उपहार
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • फिरौतीको बलिदान बुबाबाट पाएको “उत्तम उपहार”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९३
km93 फेब्रुअरी p. २

छुटकाराको बलिदानका लागि मूल्याङ्‌कन देखाउनु

१ मरिसकेका आफ्ना मित्र वा नातेदारका निम्ति मूल्याङ्‌कन देखाउने चाहना गर्नु सबै किसिमका संस्कृतिहरूमा प्रचलित छ। विशेषगरी आफ्नो प्रिय व्यक्‍ति अरू कसैको ज्यान बचाउने कोशिश गर्दा मरेको थियो भने यस्तो इच्छा झन तिव्र हुनसक्छ। अप्रिल ६ तारिखका दिन ख्रीष्टको मृत्युको स्मरणार्थमा भेला भएर छुटकाराको बलिदानको निम्ति मूल्याङ्‌कन देखाउन अनन्त जीवनका आशा भएका सबैजनासँग सबैभन्दा ठूलो कारण छ।—२ कोरि. ५:१४; १ यूह. २:२.

२ परमेश्‍वरको प्रेमको मूल्याङ्‌कन गर्नुहोस्‌: छुटकाराको बलिदानको प्रबन्ध गर्ने हाम्रा महान उपकारी, यहोवा परमेश्‍वरको निम्ति हामीले आफ्नो गहिरो मूल्याङ्‌कन प्रकट गर्नु कति सुहाउँदो कुरो हो! (१ यूह. ४:९, १०) ती लाखौं धार्मिक स्वर्गदूतहरू मध्ये कुनै एकजनालाई नदिएर उहाँले आफ्नो एकमात्र र अति प्रिय पुत्रलाई हाम्रो छुटकाराको बलिदानको रूपमा दिनुभयो। यसै अतुलनीय वरदानमानै यहोवाको प्रेमको गहिराइ झल्कन्छ। (हितो. ८:२२, ३०) यहोवालाई सबैभन्दा राम्रोसँग चिन्‍नु हुने यी पुत्र, येशू ख्रीष्टले हामीलाई यसो भनेर त्यस कुराको सम्झना गराउनुभयो: “परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्‍वास गर्ने प्रत्येक नाश नहोस्‌, तर त्यसले अनन्त जीवन पाओस्‌।”—यूह. ३:१६.

३ येशू ख्रीष्टको प्रेमको मूल्याङ्‌कन गर्नुहोस्‌: त्यस्तैगरी धेरैजनाको छुटकाराको निम्ति आफ्नो प्राण दिनुहुने येशू ख्रीष्टका लागि हामीले गहिरो मूल्याङ्‌कन देखाउनु पनि मनासिब छ। (मत्ती २०:२८) छुटकाराको बलिदानबारे यहोवाले उहाँको निम्ति इच्छा गर्नुभएका कुराहरूप्रति राजीखुशीसित विनम्र हुनुमा नै उहाँको प्रेम प्रकट हुँदछ। विचार गर्नुहोस्‌, कसरी उहाँले आफ्ना पिता र करोडौं धार्मिक स्वर्गदूतहरूसँग बिताउन पाउनुभएको सुखद परिस्थितिहरूलाई त्यागेर हाम्रो निम्ति छुटकाराको मोल चुकाउन आउनुभयो। नता असिद्ध मानिसहरूको बीचमा रहेर तिनीहरूको सामना गर्नुपर्ने कुराले न छुटकाराको मोल चुकाउनुको अर्थ मृत्युलाई अँगाल्नु हो भन्‍ने कुराले उहाँलाई रोक्नसक्यो। बरु उहाँले “आफूलाई रित्याईकन कमाराको रूप लिएर मानिसहरूको समानतामा हुनुभयो। . . . मृत्युसम्मै आज्ञाकारी हुनुभयो, क्रूसको मृत्युसम्मै आफूलाई होच्याउनुभयो।”—फिलि. २:५-८.

४ छुटकाराको बलिदानका लागि हामी कसरी मूल्याङ्‌कन प्रकट गर्छौं?: छुटकाराको बलिदानका लागि हाम्रो मूल्याङ्‌कन खाली धन्यवादमा मात्र सीमित हुनुहुँदैन। येशू ख्रीष्टद्वारा परमेश्‍वरले गर्नुभएको छुटकाराको बलिदानको प्रबन्धबारे हामीले सिक्नु जरुरी छ। (यूह० १७:३) त्यसपछि हामीले छुटकाराको बलिदानमाथि विश्‍वास गर्नुपर्छ। (प्रे. ३:१९) अनि आफूलाई समर्पण र बप्तिस्माद्वारा यहोवालाई अर्पण गर्न हामी अभिप्रेरित हुनुपर्छ। (मत्ती १६:२४) जसै हामी आफ्नो समर्पण अनुरूप चल्छौं, मुक्‍तीका लागि छुटकाराको बलिदानको अद्‌भुत प्रबन्धबारे अरू मानिसहरूलाई पनि बताउन यथेष्ट समय निकाल्ने कोशिश हामीले गर्नुपर्दछ।—रोमी १०:१०.

५ यी आवश्‍यकताहरूलाई पूरा गर्नु हामीमध्ये कसैको क्षमताभन्दा बाहिरको कुरो होइन। मीका ६:८-ले हामीलाई यसो भनेर आश्‍वासन दिन्छ: “परमप्रभुले तँबाट के चाहनुहुन्छ? केवल यति, कि न्याय गर्नू, दया गर्नू, र तेरा परमेश्‍वरसित नम्र भएर हिंड्‌नु।” त्यस्तैगरी यहोवालाई दाऊदले यसो भनेका थिए: “सबै कुरा तपाईबाटै आउँछन्‌, औ तपाईकै दानबाट हामी तपाईलाई दिंदैछौं।”—१ इति. २९:१४.

६ यहोवाले गर्नुभएको यस अद्‌भुत प्रबन्धका लागि हाम्रो मूल्याङ्‌कनलाई अझ गहिरो पार्न स्मरणार्थको दिनभन्दा अघि पूरै परिवार बसेर ग्रेटेस्ट म्यान (Greatest Man) पुस्तकको अध्याय ११२ देखि १२६ किन पढ्‌नुहुन्‍न? यसप्रकार अप्रिल ६, १९९३-मा हुने स्मरणार्थ उत्सवका दिन छुटकाराको बलिदानका निम्ति मूल्याङ्‌कन प्रकट गर्न हामी आफूलाई मानसिक रूपमा तयार राख्नसक्छौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने