प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km93 मार्च p. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—१९९३
हाम्रो राज्य सेवकाई—१९९३
km93 मार्च p. ७

घोषणाहरू

▪ प्रस्तुत गर्नुपर्ने प्रकाशनहरू: मार्च: यङ्‌ग पिपल आस्क पुस्तक रु० २०। यो पुस्तक उपलब्ध नभएको भाषाहरूमा सधैंभरि बाँच्न सक्नुहुन्छ पुस्तक रु० ४०। (सानोको रु० २०) अप्रिल र मई: वाचटावर-को ग्राहक बनाउने। अर्ध-मासिक संस्करणका लागि एक वर्षको ग्राहक दर रु० ६०। छ महिनाका लागि अर्ध-मासिक संस्करणको ग्राहक दर र मासिक संस्करणका लागि एक वर्षको ग्राहक दर प्रत्येकको रु० ३०। (मासिक संस्करणमा ६ महिनाको लागि ग्राहक बन्‍ने सुविधा छैन।) जुन: द ग्रेटेस्ट म्यान हु एभर लिभ्ड पुस्तक रु० ४०।

सूचना: माथि उल्लिखित अभियानका लागि प्रकाशनहरू नमगाएका मण्डलीहरूले अर्को पटक साहित्य माग फारम (S-14) भरेर मगाउन सक्छन्‌।

▪ मण्डलीको अध्यक्ष वा तिनले खटाएको कुनै एकजनाले मार्च १ वा सम्भव भएसम्म चाँडो मण्डलीको हिसाब किताबको लेखा परीक्षा गर्नुपर्छ। यो काम भइसकेपछि मण्डलीमा त्यसको घोषणा गर्नुहोस्‌।

▪ मिसनरीहरूलाई अ-आफ्नो घर फर्कन र यस वर्षको कुनै एउटा जिल्ला सम्मेलन धाउन सहयोग गर्न सबै मण्डलीहरूलाई सम्बोधित गरिएको फेब्रुअरी १४, १९९२ मितिको सोसाइटीको चिट्ठिले १९९३ सम्मेलन कोषको घोषणा गरेको थियो। यस १९९३ सम्मेलन कोषका लागि सोसाइटीलाई चन्दा पठाउने अन्तिम महिना मार्च हुनेछ। प्रबन्धका लागि तपाईंले देखाउनु भएको उदार सहयोगको धेरै मूल्याङ्‌कन गरिएको छ।

▪ मई १०, १९९३-को हप्तादेखि मण्डली पुस्तक अध्ययनमा द ग्रेटेस्ट म्यान हु एभर लिभ्ड नामक पुस्तकलाई छलफल गरिनेछ। अतः समयमै यस पुस्तकलाई प्राप्त गर्न मण्डलीहरूले अहिले नै आफ्नो अर्डरहरू दिनुपर्छ। हाल यो पुस्तक अंग्रेजी, गुजराती र मल्यालम भाषामा उपलब्ध छ।

▪ भारतमा आयोजन गरिएको ३० वटा “ज्योति वाहकहरू” जिल्ला सम्मेलनहरूमा कुल २०,६९७ मानिसहरू उपस्थित भएका थिए। जम्मा जम्मी ७१९ जनाले यी सम्मेलनहरूमा बप्तिस्मा लिए।

▪ ‘मेडिकल डकुमेन्ट’ (md) को प्लास्टिकको खोल अहिले सोसाइटीबाट मगाउन सकिन्छ। यो खोल अग्रगामी र प्रकाशक दुवैका निम्ति रु० १.५०-मा उपलब्ध गराइनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने