ईश्वरतान्त्रिक समाचार
बोस्नेया र हर्ट्सेगोभिना: अस्ट्रिया र क्रोएशियाका भाइहरूद्वारा केही राहत सामग्रीहरू प्राप्त भएको थियो। तथापि, यस युद्ध ग्रसित क्षेत्रबाट धेरैजना भाइहरू अन्य स्थानहरूमा भागेका छन्।
फिजी: विशेष सम्मेलन दिनको कार्यक्रमहरूमा ३,८९० जना भेला भएका थिए, जुन सङ्खया सेप्टेम्बर महिनामा रिपोर्ट दिने १,४०४ जनाको दोब्बर भन्दा बढी छ।
फ्रेन्च गियाना: अक्टोबरको रिपोर्टले १५ वौं क्रमागत अधिकतम सङ्खया भएको देखाउँछ, त्यस महिना ९४८ जनाले रिपोर्ट दिएका थिए। मण्डलीका प्रकाशकहरूले क्षेत्र सेवामा औसतन १५.१ घण्टा लगाए।
हङकङ: अक्टोबर महिनामा प्रकाशकहरूको नयाँ अधिकतम सङ्खया २,७०४ भएको थियो। तिनीहरूले ४,०४३ वटा बाइबल अध्ययनहरू सञ्चालन गरेको देख्न पाउनु खुसीको कुरा हो।
जमैका: नोभेम्बर ७, १९९२-मा जमैकाको पहिलो सम्मेलन भवनको उद्घाटन गरियो। त्यस दिनको उपस्थिति सङ्खया ४,४६९ थियो।
जापान: सेप्टेम्बर महिनामा प्रकाशकहरूको नयाँ अधिकतम सङ्खया १,७२,५१२ थियो।
मडागास्कर: ५ वटा “ज्योति वाहकहरू” सम्मेलनहरूमा १०,६९४ जना उपस्थित भएका थिए र २४१ जनाले बप्तिस्मा लिए। उपस्थिति सङ्खया प्रकाशकहरूको अधिकतम सङ्खया ४,५४२ भन्दा दोब्बर थियो।
नाइजर: ३,२५२ पुनःभेटहरू र १६९ जना प्रकाशकहरूको नयाँ अधिकतम सङ्खया साथ नयाँ सेवा वर्ष सुरु गर्न पाएकोमा भाइहरू खुशी थिए।
रियुनियन: सेप्टेम्बर महिनामा प्रकाशकहरूको नयाँ अधिकतम सङ्खया २,११३-ले पुनःभेट र बाइबल अध्ययनहरूमा पनि नयाँ अधिकतम सङ्खया भएको रिपोर्ट गऱ्यो।
स्वाजिल्याण्ड: सेप्टेम्बर महिनामा प्रकाशकहरूको नयाँ अधिकतम सङ्खया १,५४३ थियो र क्षेत्र सेवकाईमा मण्डलीका प्रकाशकहरूले औसतन १३.८ घण्टा लगाए।