प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km93 जून
  • प्रश्‍न पेटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रश्‍न पेटी
  • हाम्रो राज्य सेवकाई—१९९३
  • मिल्दोजुल्दो सामग्री
  • बप्तिस्मा गर्न तयार भएका व्यक्‍तिसित गरिने अन्तिम छलफल
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • के तपाईंको पहिरनले परमेश्‍वरको महिमा गर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • के मेरो पहिरनले मेरो साँचो परिचय दिन्छ?
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
  • बप्तिस्मा—एउटा अर्थपूर्ण लक्ष्य
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९३
km93 जून

प्रश्‍न पेटी

◼ बप्तिस्मा लिन लाग्दा कस्तो प्रकारको लुगालाई उपयुक्‍त मानिने छ?

लुगाका स्तरहरू संसारका विभिन्‍न भागहरूमा बेग्लाबेग्लै भए तापनि बाइबलले “लज्जालु र सरल भई” लुगा लगाउनु भनी दिएको सल्लाह सबै ठाउँका मसीहीहरूलाई लागू हुन्छ। (१ तिमो २:९) बप्तिस्माको निम्ति कस्तो लुगा सुहाउँदो हुन्छ भनेर विचार गर्दा यो सिद्धान्त प्रयोग गर्नुपर्छ।

बप्तिस्मा लिन लागेको एकजना मसीहीलाई जून १, १९८५ को वाचटावर पृष्ठ ३०-मा यो सल्लाह दिइएको छ: “पानीमा पस्दा लगाउने लुगा निश्‍चय नै भद्र किसिमको हुनुपर्छ। यो कुरा आज महत्त्वपूर्ण छ किनभने फेसन डिजाइनरहरू लैङ्‌गिकता प्रदर्शन गर्न र पूर्णतया नग्नता देखाउन चाहन्छन्‌। ध्यान दिनु पर्ने अर्को कुरा पानीमा नभिज्दा भद्र देखिने कुनै कुनै लुगा भिजेपछि अभद्र देखिन सक्छ। बप्तिस्मा जस्तो गम्भीर अवसरमा बप्तिस्मा लिने कोही पनि व्यक्‍ति अरूको ध्यान भङ्‌ग गर्न अथवा ठोकरको कारण बन्‍न चाहँदैन होला।—फिलिप्पी १:१०.”

यस सल्लाहअनुसार, अवसरको महत्त्वलाई ध्यानमा राखेर बप्तिस्मा लिन लागेका सबैजनाले भद्र लुगा नै लगाउन चाहने छन्‌। तसर्थ, ज्यादा अङ्‌ग प्रदर्शन हुने अथवा भिजेपछि शरीरमा चिपिक्क टाँसिने लुगाहरू मसीहीहरूलाई नसुहाउने अभद्र प्रकारका लुगाहरू हुन्‌ र त्यस्ता लुगाहरू लगाउनु हुँदैन। त्यस्तैगरि आफ्नो पहिरन झुत्रेझाम्रे अथवा फोहरी देखिनु पनि अनुपयुक्‍त हुनेछ। यस बाहेक, सांसारिक भनाईहरू अथवा व्यापारिक नाराहरू भएको टी-शर्ट लगाउनु उपयुक्‍त हुँदैन।

नियुक्‍त प्राचीनले बप्तिस्मा लिन लागेको व्यक्‍तिसँग बप्तिस्मा सम्बन्धी प्रश्‍नहरू पुनरावलोकन गर्दा उचित पोशाक लगाउनु पर्ने आवश्‍यकताबारे छलफल गर्नु बेस हुनेछ। यसो गरेमा यस अवसरको मर्यादा कायम हुन्छ र हामी संसारबाट अलग्गै छौं भनेर चिनिन्छौं।—यूहन्‍ना १५:१९ तुलना गर्नुहोस्‌.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने