ईश्वरतान्त्रिक समाचार
आल्बेनिया: डिसेम्बर १९९१ देखि डिसेम्बर १९९२ सम्ममा प्रकाशकहरूको सङ्ख्या २४-बाट बढेर १०७ पुग्यो। त्यसै अवधिमा बाइबल अध्ययनहरूको सङ्ख्या ४-बाट बढेर २२१ पुग्यो।
सेन्ट्रल अफ्रिकन रिपब्लिक: जनवरी २०, १९९३-मा सरकारले यहोवाका साक्षीहरूको कार्यकलापहरू पुनः कायम गर्न अनुमति दिने घोषणा गऱ्यो। आफ्नो राज्य भवनहरू प्रयोग गर्न र “ज्योति वाहक” जिल्ला सम्मेलन खुल्लमखुल्ला आयोजना गर्न पाएकोमा त्यहाँ भएका भाइहरू आनन्दित छन्। त्यहाँ भएका छ वटा जिल्ला सम्मेलनहरूमा जम्मा ४,७३९ जना उपस्थित थिए र १२१ जनाले बप्तिस्मा लिए।